site stats
बाह्रखरी :: Baahrakhari
पुनर्निर्माण
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

बेत्रावती । साढे तीन वर्षअघि गएको विनाशकारी भूकम्पको कारण प्रभावित भएकालाई नेपाल सरकारले उपलब्ध गराएको विभिन्न सहयोग र अनुदान कार्यक्रमले पुनःनिर्माण अघि बढाउन सहयोग पुगेको लाभग्राहीले बताएका छन् । 

विसं २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पले क्षति पुगेका संरचनाको भूकम्पलगायतका विपद् प्रतिरोधी आवास पुनःनिर्माण गर्न बैंकमार्फत नुवाकोटका ४३ जना लाभग्राहीले रु १५ लाखको दरले ऋण लिएका छन् । 

नेपाल सरकारले काठमाडौं उपत्यकाभित्र घर बनाउनेलाई रु २५ लाख र उपत्यका बाहिर घर बनाउने भूकम्पपीडित लाभग्राहीलाई रु १५ लाखसम्म सहुलियत ब्याजदरमा ऋण दिने व्यवस्था कार्यान्वयनले आर्थिक अवस्था कमजोर भएकालाई घर निर्माण गर्न सहज भएको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय नुवाकोटका सूचना अधिकारी सुन्दर पोखरेलले बताए । 
उनका अनुसार हालसम्म यहाँ सानिमा बैंकबाट १६ र प्राइम कमर्शियल बैंकबाट २७ जनागरी ४३ लाभग्राहीले दुई प्रतिशत ब्याजदरको रु १५ लाख रकम सुविधा लिएका छन् । रकम लिएकालाई आवास निर्माणको चरणअनुसार चार किस्तामा रु १५ लाखसम्म बैंकले लगानी गरेका हुन् । 

Agni Group

बैंकले सहुलियत ऋण उपलब्ध गरापछि भूकम्पले लडाएको घर पुर्ननिर्माण गर्न रकम अभावको समस्या हटेको सूर्यगढी गाउँपालिका–३ घर भएर हाल बट्टारमा आवास निर्माण गरेका लाभग्राही पर्शुराम श्रेष्ठले बताए । 
भूकम्पपछि असामान्य बनेको जनजीवन र निरन्तर सञ्चालनमा रहेको जीविकोपार्जनको माध्यमसमेत खोसिएपछि घर बनाउन नसक्ने अवस्थामा अनुदानको ऋण कार्यान्वयनलाई सरल र सहज भए अन्य पीडितलाई पनि राहत पुग्ने र पुनःनिर्माण छिट्टो हुने उनको भनाइ छ । 

भूकम्पको कारण क्षति पुगेका संरचना पाँच वर्षभित्र पूरा गर्न सरकारले भूकम्पपीडित लाभग्राहीलाई सहयोगस्वरुप घोषणा गरेका विभिन्न कार्यक्रममध्ये दुई प्रतिशत ब्याजदरको सहुलियत ऋण धेरैको आकर्षण बने पनि रकम पाउन भने मुस्किल छ । 

Global Ime bank

जिल्लामा एक दर्जन भन्दाबढी बैंक भए पनि सानिमा र प्राइम बाहेकले रकम प्रवाह कार्यान्वयन गर्न बेवास्था गर्दै आएकाले तिनीलाई जिम्मेवार बनाउन पहल भइरहेको जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले बताए । उनका अनुसार राष्ट्र बैंकको निर्देशन र सामाजिक उत्तरदायित्व बहनअन्तर्गत सबैलाई अनिवार्य कार्यान्वयन गर्न दबाब दिने योजना छ । 

“हाल नेपाल सरकारको मुख्य लक्ष्य भूकम्पले क्षति पुगेको संरचना तोकिएको समयमा पुनःनिर्माण गर्नु रहेको छ,” उनले भने,  “त्यो पूरा गर्न अन्तर्राष्ट्रिय दाता सम्मेलनदेखि विभिन्न सहयोगका कार्यक्रम घोषणा गरेअनुसार कार्यान्वयन गर्नतर्फ पनि जिम्मेवारी हुनुपर्ने देखिन्छ ।” 

सहुलियत ब्याजदरको ऋण प्रवाह कार्यविधिमा रहेको झण्झटिलो प्रक्रियाले सबैको पहुँचमा पुर्याउन कठिन भएको यहाँ रहेका बैंकहरुले बताएका छन् । लाभग्राहीले घर निर्माणको चरणअनसार चार किस्तामा रु १५ लाख ऋण पाउने र घर सम्पन्न भएपश्चात दुई प्रतिशत ब्याजसहित साँवा रकमको किस्ता दश वर्षभित्र तिर्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । 
नुवाकोटमा ७६ हजार ४०६ भूकम्पपीडित लाभग्राहीमध्ये हालसम्म घर निर्माण सम्पन्न गर्ने लाभग्राही २६ हजार ८३९ मात्र रहेको स्थानीय पूर्वाधार कार्यालयले जनाएको छ । 

– रामहरि न्यौपाने (रासस)
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०७५  २१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC