site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

फुस्रो, न्यास्रो भैरहवा 
हिलोको तलाउबाट निस्केको भैँसीको ‘भै’ 
तावामा छुटेर जलेको रोटीको ‘र’ 
गालीजस्तो नरमाइलो तातो हावाको ‘हवा’ (भैरहवा, भूपी शेरचन) 

खासगरी रुपन्देही र कपिलवस्तुको तराई क्षेत्रमा रहेका ठाउँ विशेषका नाममा ‘हवा’ जोडिएको छ । तौलिहवा, भैरहवा, निग्लीहवा, कोेटिहवा, पक्लिहवा आदि केही उदाहरण हुन् । मधेशी मूलको बाहुल्य रहेको ती क्षेत्रमा बोल्ने स्थानीय भाषाका कारण ‘हवा’ जोडिन आएको संस्कृतिसम्बन्धी जानकारले बताएका छन् । संस्कृतिविद् डा गितु गिरी अवधी भाषामा ‘हवा’ भनेको स्थान भएको बताउँछिन् । “अधिकांश स्थानको भाषिकता र ऐतिहासिक महत्वका हिसाबले नामकरण भएको हुन्छ, त्यस्तै मधेशी मूलका ठाउँविशेषको नामकरण पनि भाषिकाबाट भएको हो”, उनले भनिन् । डा गिरीले भैरवको पूजा हुने भएकाले ‘भैरहवा’, निगालो रहेको स्थान भएकाले ‘निग्लीहवा’ र तौलेश्वर (तामेश्वर) महादेवको स्थान भएकाले ‘तौलिहवा’ भएको जानकारी दिइन् । 
यहाँ नामविशेषमा ‘हवा’ जोडिएको झण्डै पाँच दर्जन बढी स्थान रहेको बताइएको छ । रुपन्देही र कपिलवस्तु जिल्लाको तराई क्षेत्रमा रहेका र भारतसँग सिमाना जोडिएका क्षेत्रका ठाउँविशेषका नाममा ‘हवा’ जोडिएको छ । ‘प्राचीन कपिलवस्तुको इतिहास’ नामक पुस्तकमा पनि ठाउँविशेषका नामका विषयमा चर्चा भएको उल्लेख गर्दै डा गिरीले ‘बृहत् लुम्बिनी पर्यटकीय क्षेत्रका सम्पदा’ नामक पुस्तकमा पनि यसबारे उल्लेख गरेकी छन् । 
सो स्थानमा भैरवनाथ गुठी भएकाले कालान्तरमा भैरव र हवा मिलेर भैरहवा बनेको कृतिमा उल्लेख छ । बुद्धको बाल्यकालको नाम सिद्धार्थबाट सिद्धार्थनगर नामकरण गरिएको हो । यहाँ रहेका विभिन्न स्मारक तथा कलावस्तुले यसको पुरानो अस्तित्व प्रमाणित गर्न सघाएको छ । यस क्षेत्रमा ११५ भन्दा बढी मठ, मन्दिर, गुम्बा, विहार, मस्जिद, चर्चलगायत छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

भैरहवा साविकको सिद्धार्थनगर– १ मा पर्छ । सो स्थानमा विजयको झण्डा गाडिएको हुँदा झण्डी बजार पनि भन्ने गरिन्छ । नेपालमा १०४ वर्षसम्म तत्कालीन श्री ३ को हैसियतले शासन सञ्चालन गरेका राणाको अन्त्य गर्ने सिलसिलामा गोपालशम्शेरको परामर्श तथा डा केआइ सिंहको नेतृत्वमा विसं २००७ मा मोर्चाबन्दी गरिएको ऐतिहासिक स्थान भएको बताइएको छ । 
‘सगरहवा’ कौशल सम्राट् विरुधकले ७० हजार शाक्यको हत्या गरेको स्थानका रुपमा परिचित छ । तौलीहवा बजारको दक्षिणपश्चिम तथा कुदानको उत्तरपूर्वमा अवस्थित बर्दहवा अर्थात् बर्देवा यस क्षेत्रको पुरानो थलो हो । यसको नामकरणबारे रोचक भनाइ चलनमा छ, यहाँ घुमफिर गर्ने एउटा गोरुले किसानको बालीनाली नष्ट गर्दा एक गैरहिन्दू व्यक्तिले उसको टाउको काट्यो तर टाउको नभएको गोरु (थारु भाषामा बर्द) त्यसै ठाउँमा बसिरहेकाले ‘बर्दहवा’ नाम भएको ‘बृहत् लुम्विनी क्षेत्रका पर्यटकीय सम्पदा’ कृतिमा उल्लेख छ । 
यस्तै रुपन्देहीको भैरहवाबाट परासी जाने सडकमा छिपागढदेखि करीब दुई किमी दक्षिणमा एक नदीको किनारमा कोटहवा छ । यहाँ पूर्वपश्चिम ३० मिटर र उत्तरदक्षिण ५० मिटरमा प्राचीन एउटा ढिस्को छ । यसको बीचमा कोटही देवीको मन्दिर छ जसलाई ‘कोटहवा’ भनेर चिनिएको छ । 

रुपन्देहीको साविकको विष्णुपुरा गाविस– १ मा रहेको गैडहवा ताल कूल ५५ हेक्टर क्षेत्रफलमा विस्तारित छ । यसको नामबाट नै अहिले गैडहवा गाउँपालिका नामकरण भएको छ । शाक्य राज्यको दक्षिणपट्टिको किल्ला वा सुरक्षामोर्चा भएकाले कालान्तरमा मोर्चा वा मुर्चा भन्दै जादा मुर्चमा ‘हवा’ जोडी मुर्चहवा नामकरण भएको बताइएको छ । निग्लीहवा र गोटीहवा नेपालमा जन्मेका कनकमुनि र क्रकुच्छन्द बुद्धको जन्मस्थान मानिन्छन् । 
–युवराज पाण्डे (रासस)

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०७५  ०१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC