site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

पोखरा । पोखराका तालतलैया, गुफा, धार्मिकस्थल जहाँतही यतिखेर आन्तरिक पर्यटकको निकै चाप देखिएको छ । फेवातालमा डुङ्गा शयरदेखि सराङकोट, विश्वशान्ति स्तुपलगायतका स्थान पुगी सूर्योदयसहित हिमशृङ्खलाको अवलोकन गर्न पर्यटक लालायित देखिन्छन् । 

पोखरामा विशेषतः सेप्टेम्बरदेखि डिसेम्बरसम्मको समय अत्याधिक पर्यटक आउने याम हो । त्यस्तै मार्च, अप्रिल, नेपाली र अङ्ग्रेजी नयाँ वर्षको समयले पनि पर्यटकलाई पोखरामा लोभ्याउने गर्दछ । 

दशैंँको समयमा कार्यालयमा हुने बिदाका साथै घटस्थापनादेखि कोजाग्रतसम्म नै शैक्षिक संस्था बन्द हुने भएका कारण यसअवधिमा अत्याधिक आन्तरिक पर्यटक आउने गरेको पोखरा पर्यटन परिषद्का कोषाध्यक्ष एवम् होटल हेल्लो इन खहरेका सञ्चालक तारानाथ पहारीले जानकारी दिए । 
“पोखराका होटेल यतिखेर आन्तरिक पर्यटकले भरिएका छन्,” उनले भने, “दशैँको भोलिपल्ट त लेकसाइडमा पर्यटकले कोठा पाउनसमेत मुस्किल थियो, त्यसयता पनि होटेल पाहुनाले भरिभराउ छन् ।” 

Prabhu Bank
Agni Group
NIC Asia

सेप्टेम्बरदेखि डिसेम्बरसम्म पद्यात्रा र पर्वतीय पर्यटनका लागि विदेशी पर्यटक आउने गर्दछन् । विश्वकै उत्कृष्ट १० वटा पदमार्गमध्येको अन्नपूर्ण चक्रीय पदमार्ग पोखरा हुँदै जाने भएका कारण पदयात्री पर्यटकका कारण पनि यहाँ पर्यटकको चहलपहल हुन्छ । 

पोखराबाट मनाङ तथा मुस्ताङमा पद्यात्रा जानेको क्रम पनि निकै बढिरहेको पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष सोम थापाले जानकारी दिए । “पछिल्लो समयमा पद्यात्रा पर्यटनमा विदेशी पर्यटकका साथै आन्तरिक पर्यटकको चासो उत्तिकै बढ्दै गएको पाइन्छ,” उनले भन,े “यतिखेर पोखराका साथै मनाङ, मुस्ताङका विभिन्न स्थानमा पनि घुमफिर र पदयात्रा गर्ने आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ ।” 

Global Ime bank

दशैंँ तिहारजस्ता चाडबाडका कारण पर्यटन बजार चलायमान हुने गरेको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले बताए । पछिल्लो समय नेपालीहरूमा घुमफिर संस्कृति बढ्दै गएको बताउँदै उनले दशैँ तिहारको यो समय पदयात्राको लक्ष्यका साथ विदेशी पर्यटक पनि ठूलो सङ्ख्यामा आउने गरेको जानकारी दिए । विभिन्न देशबाट नेपाल आउने विदेशी पर्यटकमध्ये लगभग ३० प्रतिशत पोखरा आउने गर्दछन् । 

विसं २०७२ सालको भूकम्पले प्रभावित नेपालको पर्यटन गतवर्ष यता पुनः पूर्ववत् अवस्थामा फर्कदै उक्त सङ्ख्यामा वृद्धि भएको छ । प्रबन्धक थपलियाका अनुसार सन् २०१५ मा जम्मा पाँच लाख ३९ हजार विदेशी पर्यटक नेपाल भित्रिएकामा सन् २०१६ मा सो सङ्ख्या सात लाख ५८ हजार पुगेको थियो । 

विसं २०१७ मा नौ लाख ४० हजार विदेशी पर्यटक नेपाल आएको उनले जानकारी दिए । यो तथ्याङ्क हवाई मार्गबाट आएका पर्यटकको भएको जानकारी दिँदै थपलियाले यसमा स्थलमार्ग हुँदै आउने भारतीय पर्यटकको सङ्ख्या भने समावेश नभएको उल्लेख गरे । 

दशैंका अवसरमा सरकारी तथा निजी कार्यालय र कम्पनीले दशैँ पेश्की एवम् बोनस दिने गरेका कारण अधिकांशले यसको उपयोग घुमफिरमा खर्चने गरेका छन् । 

आन्तरिक पर्यटकको पहिलो रोजाइँ पोखरा पर्ने भएकोले अधिकांशले दुई देखि तीन दिनसम्मको समय छुट्याएर पोखरा आउँछन् । पोखरा आउने पर्यटकले माछापुच्छे हिमालको छायाँ देखिने फेवातालमा डुङ्गा शयर गरी तालबाराहीको दर्शन गर्दछन् भने हिमाली दृश्यावलोकनका लागि सराङ्कोट, विश्वशान्ति स्तुपलगायतका स्थान पुग्ने गर्दछन् । 

पोखराको तालबाराहीसहित विन्ध्यवासिनी, भद्रकाली, गुप्तेश्वर महादेव गुफा धार्मिक पर्यटकीय स्थल हुन् भने यहाँका पातले छाँगो, सेती नदीको गल्छी, महेन्द्र गुफा, चमेरे गुफा, अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय दर्शनीय स्थल हुन् । त्यस्तै लेखनाथ क्षेत्रका बेगनास, रुपा, दीपाङ, मैदी, गुँदे जस्ता तालले पनि पर्यटकलाई आकर्षित गरेका छन् । 
–वासुदेव पौडेल (रासस)

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०७५  ०३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC