site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बुद्धले उडायो एकै दिन ५४४० यात्रु 
Sarbottam CementSarbottam Cement

काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले एकै दिन ५ हजार ४ सय ४० यात्रुलाई गन्तव्य पुर्‍याएर नेपाली उड्डयन इतिहासमा फेरि नयाँ कीर्तिमान कायम गरेको छ ।

बुद्धले हिजो सोमबार (कात्तिक ५ गते) ११ जहाजबाट ती यात्रु बोकेको हो । सन् १९९७ मा कम्पनी स्थापना भएयता एकै दिन यति धेरै संख्याबराबरका यात्रु बोकेको पहिलो पटक भएको बुद्धले जानकारी दिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

गत आइतबार (कात्तिक ४ गते) ५ हजार ३ सय ७२ यात्रुलाई गन्तव्यमा पुर्‍याएर नयाँ रेकर्ड राखेको बुद्धले त्यही रेकर्ड सोमबार तोडेको हो । त्यसैगरी गत असोज २९ मा ५ हजार ९ र त्यसको दुई दिनअघि असोज २७ मा ४ हजार ९ सय ३८ र असोज २१ मा ४ हजार ६ सय यात्रुलाई गन्तव्यमा पुर्‍याएर नयाँ रेकर्ड राखेको थियो । 
“हामीले सोमबार ५ हजार ४ सय ४० यात्रु बोक्यौं,” बुद्धका बजार निर्देशक रुपेश जोशीले मंगलबार बाह्रखरीसँग भने, “२१ वर्षअघि कम्पनी स्थापना भएर पहिलो उडान गरेयता एकै दिन यति धेरै यात्रु बोकेको पहिलो पटक हो ।”

जोशीका अनुसार अधिकांश उडान काठमाडौंबाट भएका थिए । केही उडान भने भरतपुरबाट पोखरा, भैरहवाबाट पोखरा र तुम्लिङटारबाट विराटनगरका लागि भएको थियो । बुद्धले औसत दैनिक ४ हजार यात्रु बोक्ने गर्छ । असोज महिनामा दैनिक औसत ४ हजार ३ सय यात्रु बोकेको जोशीले जानकारी दिए । 

Global Ime bank

करिब १ हजार कर्मचारी कार्यरत बुद्धले वार्षिक १५ लाख यात्रुलाई गन्तव्यमा पुर्‍याइरहेको छ । कम्पनीसँग हाल फ्रान्सको एटिआर कम्पनीमा निर्मित ७२ सिट क्षमताका ६ थान ‘एटिआर७२–५००’, ४७ सिट क्षमतायुक्त तीनवटा ‘एटिआर४२–३२०’ तथा १८ सिट क्षमताका दुईवटा ‘बिचक्राफ्ट–१९००डी’ सिरिजका जहाज छन् । 
हाल बुद्धले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालगन्ज, भैरहवा, भरतपुर, सिमरा, जनकपुर, विराटनगर, भद्रपुर, पोखरा, धनगढी र तुम्लिङटार गन्तव्यका लागि दैनिक करिब तीन दर्जन उडान गरिरहेको छ । त्यसैगरी काठमाडौंबाट ‘माउन्टेन फ्लाइट’ र पोखरा विमानस्थलबाट ‘अन्नपूर्ण माउन्टेन फ्लाइट’ पनि गरिरहेको छ । त्यस्तै विराटनगरबाट तुम्लिङटार, पोखराबाट भरतपुर र भैरहवा उडान पनि गरिरहेको छ ।

बुद्धले सन् २०२१ अगस्ट १ देखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गत वर्ष नै गरेको थियो । अन्तर्राष्ट्रिय उडान भने पब्लिक कम्पनीमार्फत् गर्ने र यसका लागि ३० प्रतिशत सेयर आफू लिएर बाँकी ७० प्रतिशत पब्लिकलाई दिने योजना उसको छ । 

पोखरामा निर्माण भइरहेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तयार हुनासाथ अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने तथा त्यहाँबाट पहिलो चरणमा भारत र चीनका केही सहरमा उडान गर्ने बुद्धको तयारी छ । बुद्धले अमेरिकी जहाज निर्माता कम्पनीमा निर्मित ‘बोइङ ७३७म्याक्स’ सिरिजका जहाजबाट अन्तर्राष्ट्रिय उडान गर्ने योजना बनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०७५  १६:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC