site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

अफगानिस्तान । दक्षिण आफगानिस्तानमा आफैले बनाएको विस्फोटक पदार्थ विस्फोटमा परी कम्तीमा एघार तालिबान आतङ्ककारी मारिएका छन् । 

स्थानीय अधिकारीहरुले मङ्गलबार उक्त जानकारी दिएका छन् । सोमबार अबेर राती मिजान र छिमेकमा पर्ने अर्घान्दाब जिल्लामा आतङ्ककारी दुई समूहले सुरक्षा अधिकारी लक्षित यो विस्फोटक पदार्थ बोकेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

सोही विस्फोटक पदार्थ बिस्फोटमा परी एघार जना तालिबान आतङ्ककारी मारिएका प्रान्तीय प्रहरी प्रमुख मोहमद मुस्ताफा मयारले सिन्ह्वा समाचार समितिलाई बताएका छन् । 
 
तालिबान र इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूहले सुरक्षा अधिकारीहरु लक्षित बारम्बार सडक किनारमा रहेको बम र बारुदी सुरुङ्गको हमला गर्दै आएका छन् । 

सोमबार भएको यस विस्फोटमा परी सर्वसाधारणलाई भने कुनै क्षति नभएको बताइएको छ । गत आइतबार विस्फोटक पदार्थ विस्फोटमा परी सात बालबालिकासहित ११ सर्बसाधारणको मृत्यु भएको थियो । 

Global Ime bank

अफगानिस्तानको पूर्वी प्रान्त नान्घार्हार प्रान्त गुडिरहेको एक सवारी साधन विस्फोटक पदार्थ ठोक्किँदा उक्त दुर्घटना भएको थियो । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०७५  ०१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !