site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
जापानका प्रधानमन्त्रीले चीनको भ्रमण गर्ने
Sarbottam CementSarbottam Cement

टोकियो । जापानका प्रधानमन्त्री शिन्जो आबेले चीनसँगको सम्बन्ध सुधार गर्ने तथा नयाँ आर्थिक साझेदारी निर्माण गर्ने उद्देश्यसहित यसै साता चीनको भ्रमण गर्ने भएका छन् । दुबै मुलुक पछिल्लो समय अमेरिकी व्यापारिक तनाबबाट गुज्रिरहेका छन् । 

जापानका प्रधानमन्त्री शिन्जो आबेको यो चीन भ्रमण सन् २०११ यता पहिलो पटक हुन लागेको हो । दुबै मुलुकबीच दक्षिणी चीन सागरका केही द्वीपहरुको स्वामित्व विवाद चुलिएसँगै सन् २०१२ देखि उच्चस्तरीय भ्रमण हुन सकेका छैनन् । 

Prabhu Bank
Agni Group
NIC Asia

सन् २०१२ मा जापानले केही द्वीपलाई आफ्नो स्वामित्वमा ल्याएको घोषणा गरेलगत्तै चीनमा जापान विरोधी घटनाहरु भएका थिए । तर पछिल्ला वर्षहरुमा दुबै मुलुकबीच सम्बन्ध सामान्यीकरण गर्ने निकै प्रयास भएका छन् । सन् २०१४ मा प्रधानमन्त्री आबे र चिनीया राष्ट्रपति सी जिनपिङबीच एक शिखर बैठकका क्रममा भेटवार्ता भएपछि मात्र दुबै देशबीच मन्त्रीस्तरीय भ्रमण आदानप्रदान भएका थिए । 

जापानका प्रधानमन्त्री आबेको भ्रमणले दुबै मुलुकबीचको सम्बन्धमा सुधार ल्याउन एउटा परीक्षण गर्नेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै मुलुकका कतिपय वस्तुमा करवृद्धि गर्ने घोषणासँगै विश्व बजारमा तनाव उत्पन्न भइरहेको सन्दर्भमा दुई महाशक्ति राष्ट्रका नेताहरुको भ्रमणलाई महत्वका साथ हेरिएको छ । 

Global Ime bank

“संयुक्तराज्य अमेरिकासँगको व्यापार युद्धले दुई मुलुकलाई केही नजिक ल्याउन मद्दत गरेको देखिन्छ,” मेन विश्वविद्यालयका उपप्राध्यापक एवं जापान–चीन सम्बन्धी विज्ञ क्रिस्टिन वेकासीले बताए । “यस अर्थमा, दुबै मुलुक एउटै डुङ्गामा छन् । र आर्थिक अवसरका कारणले अमेरिकाबाट जापान केही टाढिएको अवस्थामा चीनसँगको सम्बन्धमा निकटता आउने सम्भावना बढी छ ।” 

दुबै नेताले इन्डोनेसिया र फिलिपिन्स समेतका मुलुकमा पूर्वाधार निर्माणका लागि संयुक्त लगानी गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने सम्भावना छ । प्रधानमन्त्री आबेले चीनको महत्वाकाँक्षी “बेल्ट एन्ड रोड इनिसिएटिभ” परियोजनामा समेत अभिरुचि राखेका छन् तर विज्ञहरुले यो परियोजनामा यही भ्रमणमा कुनै सम्झौता नहुने बताएका छन् । 

दुबै मुलुकले आर्थिक सहयोगका क्षेत्रमा सुधार ल्याउने इच्छा देखाएका छन् । जापानका व्यवसायीहरु चीनको ठूलो बजारमा पहुँच बढ्ने विश्वासमा छन् भने बेइजिङले जापानी प्रविधि र कर्पोरेट सञ्चालन सम्बन्धी ज्ञान हासिल गर्न चाहेको छ । राससरएएफपी
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०७५  ०२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC