site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतमा बाटो काट्ने क्रममा तीन वर्षमा ५० हजारको मृत्यु
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । भारतमा सन् २०१५ देखि २०१७ सम्मको तीन वर्षको अवधिमा बाटो काट्ने क्रममा रेलले किचेर करिब ५० हजार जनाको मृत्यु भएको छ । 

रेलमार्गबाट बाटो काट्ने क्रममा तीन वर्षमै यति ठूलो सङ्ख्यामा नागरिकका मृत्यु भएको बताइएको हो । भारतीय रेलसेवाले मङ्गलबार उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

भारतको पञ्जाबमा हालैमात्र यसरी नै रेलको लिकमा परेर ६१ जनाको ज्यान गएको थियो । सो दुर्घटनापछि भारतीय रेलसेवा कार्यालयले यो जानकारी गराएको हो । 

रेलमार्गको नजिकैबाट भारतीय हिन्दूहरुको चाड नवरात्रका अवसरमा लागेको मेला हेर्ने क्रममा अकस्मात रेल आएर किच्दा उनीहरुको मृत्यु भएको बताइएको थियो । 

Global Ime bank

यस तीन वर्षमा ४९ हजार ७९० जनाको ज्यान गएको उक्त कार्यालयले जानकारी दिएको हो । भारतीय रेलसेवा कार्यालयले यस्तो दुर्घटना घटाउन कैयौँ कार्यक्रमहरु सञ्चालन गरिरहेको बताएको भए पनि यसरी हुन मृत्यु भने नघटेको बताइएको छ । 

भारत विश्वमै सबैभन्दा ठूलो रेल सञ्जाल भएको देश हो । भारतमा दैनिक लाखौं व्यक्तिले रेलमार्गबाट यात्रा गरिरहेका हुन्छन् । रासस/एपी
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०७५  ०३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC