site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
घुम्नैपर्ने विश्वका उत्कृष्ट १० सहरमा काठमाडौं पाँचौं
Sarbottam CementSarbottam Cement

काठमाडौं । संसारकै सबैभन्दा विश्वासिलो गाइडबुक तथा ट्राभल वेबसाइट कम्पनी अमेरिकाको ‘लोन्ली प्लानेट’ ले तयार पारेको आगामी एक वर्षका लागि घुम्नैपर्ने संसारका उत्कृष्ट १० गन्तव्यको सूचीमा काठमाडौं पाँचौं स्थानमा परेको छ । 

लोन्ली प्लानेटले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेअनुसार सन् २०१९ का लागि ती गन्तव्यको सूची तयार पारिएको हो । यो सूचीको पहिलो स्थानमा डेनमार्कको कोपेनहेगन सहर परेको छ भने नेपालको राजधानी काठमाडौं पाँचौं स्थानमा परेको परेको हो । काठमाडौंले मेक्सिको, सेनेगल, अमेरिका, क्रोएसिया र मोरक्ककोका सहरलाई पछाडि पारेको छ । 

ती सबै सहर घुमेका आफ्ना लेखक, ट्राभल विज्ञ र लाखौं पर्यटकबाट प्राप्त प्रतिक्रिया र सुझाव समेटेर सूची सार्वजनिक गरेको लोन्ली प्लानेटले जनाएको छ । लोन्ली प्लानेटले एक वर्षका लागि भ्रमण गर्नैपर्ने उत्कृष्ट सहरको सूचीमा काठमाडौं पर्नुलाई पर्यटन क्षेत्रले ठूलो उपलब्धि मानेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवद्र्धनको जिम्मेवारी पाएको नेपाल पर्यटन बोर्डले यसबाट नेपालमा पर्यटक आगमनमा सकारात्मक प्रभाव पर्ने जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

पर्यटन व्यवसायीहरूका अनुसार लोन्ली प्लानेटको सूचीमा पर्दा अन्तर्राष्ट्रिय जगतमा काठमाडौंमात्र नभई समग्र नेपालको छवि थप आकासिएको छ । नेपाल अझै सुरक्षित र सदाबहार गन्तव्यका रुपमा रहेको पुष्टि भएको छ । लोन्ली प्लानेटको यो सूचीले बोर्डलाई विदेशका पर्यटन मेलामा भाग लिन जाँदा नेपालको प्रचार गर्न सजिलो बनाउने छ ।

संसारका ठूला टुर तथा ट्राभल अपरेटरले लोन्ली प्लानेटको यो सूची आफ्ना ‘ब्रोसर’ (जानकारी पुस्तिका) मा राख्ने तथा प्लानेटकै वेबसाइट पछ्याउँदै करोडौं पर्यटक यी गन्तव्य पुग्ने गर्छन् । त्यसकारण यसबाट नेपाललाई उल्लेख्य फाइदा पुग्ने व्यवसायीको भनाइ छ । 

Global Ime bank

“तीन वर्षअघि सन् २०१५ मा विनाशकारी भूकम्पपछि काठमाडौं भग्नावशेष भएको र शोकमा रहेका समाचार बाहिरिएका थिए, तर आज ती सबैमा कायाकल्प भएको छ किनभने पुनर्निर्माण चलिरहेको छ,” लोन्ली प्लानेटले आफ्नो सूचीमा लेखेको छ, “भूकम्पमा लगभग भत्किसकेका विश्वसम्पदा स्थल पुनःनिर्माणबाट ब्युँतिएका छन् र ऐतिहासिक स्थल पुरानै विशेषता र महिमा प्राप्त गर्न सफल भएका छन् । त्यसबाहेक बदनाम ट्राफिक जाम, धुवाँधुलो र ध्वनि प्रदूषणले काठमाडौंलाई दशकौं अघिको भन्दा थप जीवन्त बनाएको छ ।”

लोन्ली प्लानेटको उत्कृष्ट सहर सूचीको दोस्रो स्थानमा चीनको सेन्झेन, तेस्रो सर्बियाको नोभी स्याड, चौथो अमेरिकाको माएमी, छैठौं मेक्सिकोको मेक्सिको सिटी, सातौं सेनेगलको डकार, आठौं अमेरिकाको सियाटल, नवौं क्रोएसियाको जाडर र दसौं स्थानमा मोरक्कोको मेकेन्स परेका छन् । 

लोन्ली प्लानेटले यसअघि २०७३ चैतमा पनि ‘बेस्ट भ्यालु’ गन्तव्य सूचीको पहिलो नम्बरमा नेपाललाई राखेको थियो । “भूकम्पले ऐतिहासिक मठमन्दिर, प्रख्यात पदयात्रा मार्ग लगायत ध्वस्त भए पनि नेपालसँग ती सम्पदा र पूर्वाधार मर्मत गर्ने क्षमता छ,” लोन्ली प्लानेटले त्यसबेला लेखेको थियो, “अहिले नेपाललाई आम्दानीको खाँचो छ । त्यसकारण नेपालको स्थानीय संस्कृति, जनतालाई सहयोग गर्न नेपाल भ्रमण गर्नैपर्छ जसबाट एउटा राष्ट्र पुनर्निर्माण हुनेछ र अझ बलियो भएर आउने छ ।”

बेस्ट भ्यालु सूचीको पहिलो नम्बरमा परेको नेपालका लागि लोन्ली प्लानेटले ‘भूकम्प र भारतीय नाकाबन्दीपछि उत्पन्न इन्धन अभावबाट नेपाल समस्यामा परे पनि सचेत भएर खर्च गर्ने पर्यटकको रोजाइमा नेपाल उत्कृष्ट गन्तव्य रहँदै आएको’ उल्लेख गरेको थियो । 

‘नेपालमा प्रतिदिन ५० अमेरिकी डलर खर्च गरे विश्वप्रसिद्ध पदयात्रा मार्गदेखि वन्यजन्तु दृश्यावलोकनको मज्जा लिन सकिन्छ,’ त्यसबेलाको बेस्ट भ्यालु सूचीमा थियो, ‘नेपालमा विस्तारै पर्यटक बढ्दैछन् । तपाईं नेपालका जुनसुकै ठाउँ जानुहोस्, सदैव न्यानो स्वागत पाउनुहुने छ र यो नै नेपाल र नेपालीको विशेषता हो ।’ 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०७५  १७:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC