site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
धनगढीले पीपीएल जिते ४ खेलाडीले अष्ट्रेलियामा खेल्ने अवसर पाउने
Ghorahi CementGhorahi Cement

काठमाडौं । शुक्रबारदेखी पोखरा रंगशालामा शुरु हुन लागेको पोखरा प्रिमियर लिग (पीपीएल) का लागि आफ्नो टिमले राम्रो प्रदर्शन गर्ने एक्स्पर्ट धनगढी ब्लुजका प्रशिक्षक मनोज कटुवालले बताएका छन् ।  
“प्रतियोगितामा सहभागिता जनाइसकेपछि पक्कै पनि टिमको लक्ष्य जीत हात पार्नु नै हुन्छ, हाम्रो पनि त्यही हो,” कटुवालले भने । युवा खेलाडीले भरिएको धनगढीमा केही अनुभवी खेलाडीसमेत रहेका छन् । 
कटुवालले थपे, “युवा खेलाडीकासाथै केही अनुभवी खेलाडी हुँदा उनीहरुका लागि अभिभावकत्व हुन्छ ।”

कात्तिक ९ देखि २० गतेसम्म प्रतियोगिताका चल्नेछ । दसैं—तिहारको बीचमा प्रतियोगिता हुने भएपछि सहभागी टिमले अभ्यासका लागि पर्याप्त समय नपाएको धनगढीका प्रशिक्षक कटुवालले बताए । उनले एक—दुई दिनमात्रै तयारी गर्दा बलिङ, ब्याटिङ सुधार्नेभन्दा पनि खेलाडीलाई मेन्टल्ली तयार पार्ने बताए ।

एक्स्पर्टका निर्देशक सुवासचन्द्र प्रधानले युुवा खेलाडीलाई अवसर दिएको र उनीहरुको युवा जोशले पीपीएलमा राम्रो प्रदर्शन गर्ने बताए । उनले भने “अक्सनमै यु—१९ का खेलाडीलाई लक्षीत गरेका थियौं, ४ वर्षसम्म चल्ने प्रतियोगिता हो त्यसैले अहिलेदेखि नै यु—१९ का खेलाडी टिममा भयो भने ४ वर्षसम्म एउटा बलियो टिम बन्छ भन्ने टिम व्यवस्थापनले सोचेर युवालाई जोड दिएको हो ।” 

Agni Group

प्रत्येक टिमले २ जना विदेशी खेलाडी खेलाउन पाउने प्रावधान अनुसार नै धनगढीले पनि इग्ल्यान्डका काउन्टी क्रिकेट खेलिसकेका खेलाडीलाई टिममा अनुवन्ध गरेको छ ।

एक्स्पर्र्ट धनगढी ब्लुजका ‘वनर’ सञ्जिव शर्माले आफ्नो टिमले पीपीएलमा राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । एक्सपर्टका सिइओले भने,“टिमले जितेको खण्डमा ४ जना खेलाडीलाई अष्ट्रेलिया लिएर त्यहाँ एक्सपोजर दिने योजना छ ।”

Global Ime bank

पीपीएलमा पारस खड्का मार्की खेलाडी रहेको चितवन टाइगर्स र शरद भेषावकर मार्की खेलाडी रहेको पोखरा पल्टन बलियो देखिएपनि टि—ट्वान्टी फर्म्याटमा खेलका दौरान राम्रो प्रदर्शन गर्ने टिम नै बलियो हुुने धनगढीका प्रशिक्षक कटुवालले बताए ।

“हामीले शुरुदेखि अलराउन्डर खेलाडीलाई टिममा लिएका छौं । पीपीएलमा अलराउण्ड प्रदर्शन गछौं धनगढीका मार्की खेलाडी दीपेन्द्र सिंह ऐरीले भने ।”

धनगढीका खेलाडीः दीपेन्द्रसिंह ऐरी, बिक्रम ठगुन्ना, सौरभ खनाल, दिलीप नाथ, फ्रिदोस अन्सारी, सागर ढकाल, मञ्जीत श्रेष्ठ, कमल सिंह ऐरी, रोविन क्षेत्री, सन्दीप सुनार, सुन्दिप जोरा, सन्दिप रजाली, सन्तोष भट्ट र योगेन्द्र सिंह ऐरी छन् ।

विदेशी खेलाडीः ड्यानियल विलियम लरेन्स, पिटर डेभिड ट्रेगो 

आइकोनिक खेलाडीः सुवेन्धु पाण्डे, अरुन सिंह ऐरी   

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०७५  १८:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC