site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
दश वर्षमा एक लाखभन्दा बढी नेपालीले पाए अमेरिकामा ग्रिनकार्ड
Sarbottam CementSarbottam Cement

काठमाडौं । विभिन्न वहानामा अमेरिका पुगेका नेपालीमध्ये १ लाखभन्दा बढीले पछिल्लो १० वर्षमा ग्रिनकार्ड लिएको पाइएको छ । केहीले शरणार्थीको हैसियत माग गर्दै ग्रिनकार्ड लिएका छन् त केहीले कार्यक्षमताको आधारमा । केहीले डाइभर्सिटी भिसा (डिभी) मार्फत् त केहीले अमेरिकी नागरिकको नातेदार भएको प्रमाण पु¥याएर ग्रिनकार्ड लिएको देखिन्छ ।

अमेरिकी सरकारले निश्चित मापदण्ड पूरा गर्ने आप्रवासीहरुलाई अमेरिकामा स्थायी बसोबास (पीआर) अर्थात् ग्रिनकार्ड उपलब्ध गराउँदै आएको छ । अमेरिकाले प्रत्येक वर्ष १ लाखभन्दा बढी आप्रवासीलाई स्थायी बसोबासको लागि ग्रिनकार्ड उपलब्ध गराउँदै आएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले हालै सार्वजनिक गरेको नयाँ तथ्याङ्कअनुसार सन् २००८ देखि २०१८ मार्च सम्मको १० वर्ष ३ महिनाको अवधिमा १ लाख २ हजार ७ सय ५५ नेपालीले अमेरिकामा स्थायी बसोबासको लागि ग्रिन कार्ड पाएका छन् । यो अवधिमा २ लाख १९ हजार ३ सय ५९ नेपाली विभिन्न भिसामा अमेरिका पुगेको देखिन्छ । 

होमल्याण्ड सेक्युरिटीको तथ्याङ्कअनुसार पछिल्लो ७ वर्षयता प्रत्येक वर्ष १० हजारभन्दा बढी नेपालीले ग्रिनकार्ड पाएका छन् । सबैभन्दा बढी सन् २०१३ मा १३ हजार ४६ नेपालीले ग्रिनकार्ड पाएको देखिन्छ ।   

Global Ime bank

सन् २००८ मा ४ हजार ९३, २००९ मा ४ हजार ५ सय १४, २०१० मा ७ हजार १ सय १५, २०११ मा १० हजार १ सय ६६, २०१२ मा ११ हजार ३ सय १२, २०१३ मा १३ हजार ४६, २०१४ मा १२ हजार ३ सय ५७, २०१५ मा १२ हजार ९ सय २६, २०१६ मा १२ हजार ८ सय ५१ र सन् २०१७ मा ११ हजार ६ सय १० जना नेपालीले अमेरिकामा ग्रिनकार्ड पाएका छन् । सन् २०१८ को पहिलो तीन महिना (जनवरी, फेव्रुअरी र मार्च) मा २ हजार ७ सय ६५ जना नेपालीले अमेरिकी ग्रिनकार्ड पाइसकेका छन् । 

पछिल्लो वर्ष करिब ४० हजारको हाराहारीमा नेपाली विभिन्न भिसामा अमेरिका पुगेको देखिन्छ । यीमध्ये कति फर्किन्छन् र कति त्यहीँ बसेर ग्रिनकार्डको लागि आवेदन दिने गरेको पाइन्छ । सन् २०१६ मा मात्र ३५ हजार ६ सय ७२ नेपालीले पहिलो पटक अमेरिकामा पाइला टेकेका थिए । यो वर्ष ५३ हजार ६ सय ४५ अमेरिकी नेपाल आएका थिए ।  

होमल्याण्ड सेक्युरिटीको तथ्याङ्कअनुसार सन् २०१७ मा अमेरिकामा ग्रिनकार्ड पाउने ११ हजार ६ सय १० नेपालीमध्ये शरणार्थीको हैसियत माग्दै ३ हजार २ सय ८७, डिभी मार्फत ३ हजार २ सय ५, रोजगार मार्फत १ हजार ३ सय ५५, अमेरिकी नागरिकसँगको सम्बन्धको कारण २ हजार ६ सय ८४, आफ्नो परिवारको सदस्यका कारण १ हजार ६४ र अन्य कारण १५ जनाले ग्रिन कार्ड पाएको देखिन्छ । 

सबैभन्दा बढी न्यूयोर्क क्षेत्रमा बस्ने नेपालीले ग्रिनकार्ड पाएको देखिन्छ । सन् २०१७ मा न्यूयोर्कबाट १ हजार १ सय ९७ जना नेपालीले ग्रिनकार्ड पाएका थिए । यस्तै, वासिङ्टनमा बस्ने ८ सय ६५, सनफ्रान्सिस्कोमा बस्ने ४ सय ३५, लस एन्जलसमा बस्ने २ सय ४९, डलासमा बस्ने ९ सय ६८, बोस्टनमा बस्ने ३ सय ९३, बाल्टीमोरमा बस्ने ४ सय ७८ नेपालीले ग्रिनकार्ड पाएका थिए । अमेरिकाको प्रायः सबै राज्यबाट नेपालीले ग्रिनकार्ड पाएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०७५  १४:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC