site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
सरकारका कोरा नाराले जनता वाक्क भइसके : प्रदीप पौडेल
Sarbottam CementSarbottam Cement

टोकियो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान सरकारको कोरा नाराका कारण आम जनता वाक्कदिक्क भइसकेको बताएका छन् । जापानको राजधानी टोकियोमा नेपाल पत्रकार महासंघ जापान शाखाले आयोजना गरेको कार्यक्रममा नेता पौडेलले सरकारले हावादारी गफमात्र गरिरहेको आरोप लगाए । 

“प्रधानमन्त्री केपी ओलीको हरेक भाषणमा रेल र पानी जहाजका कुरा आउँछन्, तर आठ महिना बितिसक्दा पनि ती विषयमा कुनै सिन्को भाँचिएको छैन,” पौडेलले भने । दुई तिहाईको सरकारबाट जनताले धेरै आशा गरेपनि प्रधानमन्त्री स्वयंको त्यस्ता हावादारी गफका कारण जनता निराश भएको पौडेलको भनाइ थियो । “चिल्ला मिठा गफ गर्दै प्रधानमन्त्री ओलीले गरीब निमुखा जनताको भोट तान्ने काइदामात्र गर्नुभयो, के हाम्रा क्रान्तिकारी प्रधानमन्त्री ओलीको योग्यता यतिमात्र हो ?” पौडेलको प्रश्न थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

असुरक्षा, महँगी, फितलो प्रशासन, जर्जर भौतिक पूर्वाधारका कारण नेपालीहरुको दैनिकी कष्टकर हुँदा समेत सरकार मूकदर्शक हुनु राष्ट्रिय लज्जा भएको उनले बताए । जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्ने म्याण्डेट दिए अनुसार कांग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको भन्दै पौडेलले सरकारको सही काममा कांग्रेसको साथ रहने प्रतिबद्धता व्यक्त गरे । 

आम कांग्रेसी सुधारिएको कांग्रेसको पक्षमा रहेको भन्दै पौडेलले त्यसका लागि आफूहरु निरन्तर क्रियाशिल रहिरहेको बताए । लगानीमैत्री वातावरण भएमा विदेशीका नेपालीहरु स्वदेशमै फर्कन तयार रहेकाले त्यस्तो वातावरण बनाउन सरकार गम्भीर हुनुपर्ने उनको भनाइ थियो । मुलुुकको अन्तर्राष्ट्रिय नीति प्रष्ट नभएकाले सार्वभौमसत्ता नै जोखिममा पर्ने खतरा बढेको उनले बताए । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०७५  १३:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC