site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
प्रधानमन्त्रीको स्वास्थ्य र निर्मला प्रकरण 
Sarbottam CementSarbottam Cement

गएको साता नेपाली दैनिक पत्रिकामा मूलतः दुईटा विषयले महत्त्व पाए । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कात्तिक १० गते शनिवार आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिले खडा गरेको प्रश्न र निर्मला हत्याकाण्डको अनुसन्धानमा देखिएको असफलता । 

आइतवार प्रधानमन्त्री ओली शनिवार चियापानमा नआउनु कुनै कारण थियो कि भन्ने शंका जन्मिएको थियो । तर, सोमवारदेखि प्रधानमन्त्रीलाई अस्पतालमा नै भर्ना हुनुपर्ने स्थिति आयो । भाइरल ज्वरोको कारण केही दिनदेखि औषधि सेवन गरिरहेका प्रधानमन्त्रीलाई सोमवार त्रिवि शिक्षण अस्पताल लगियो । उनको उपचार त्यहीँको मनमोहन हार्ट सेन्टरमा भयो । 

प्रधानमन्त्री अस्पताल भर्ना भएको विषयमा पहिलो दिन सबै दैनिक पत्रिकाले समाचार प्रकाशित गरेका थिए । कान्तिपुर, हिमालय टाइम्स, नयाँ पत्रिका तथा नागरिकले औपचारिक समाचारलाई मुख्य बनाए । अन्य पत्रिकाले पनि प्रथम पृष्ठमा मध्य समाचार बनाए ।

Prabhu Bank
Agni Group
NIC Asia

मंगलवारकै पत्रिकामा प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएको समाचार तथा प्रधानमन्त्रीको सन्देश समेत प्रकाशित भयो । प्रधानमन्त्री सन्चो भएको समाचारलाई भने सबै पत्रिकाले उस्तै कभरेज दिएनन् । राजधानीले यो समाचारलाई ब्यानर न्युज नै बनायो । त्यस्तै हिमालय टाइम्सले पनि यो समाचारलाई ६ कोलमको ठूलो समाचार बनायो । यी दुईभन्दा गोरखापत्रको कभरेज बरु कम थियो । कान्तिपुर, नयाँ पत्रिका, नागरिक तथा अन्नपूर्ण पोस्टले यो समाचारलाई बिरामी भएको जत्ति ठूलो मानेनन् । बाँकी दिन प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आउँदै गएकोले पत्रिकाले खासै ठूलो समाचार त बनाएनन्  तर प्रथम पृष्ठमा धेरैले समाचार प्रकाशित गरी नै रहे । सोमवार अस्पताल भर्ना भएका प्रधानमन्त्री शुक्रवार निवास फर्के । प्रधानमन्त्री निको भएर फर्केको समाचारलाई गोरखापत्रले मुख्य समाचार बनायो भने राजधानीले ठूलो एन्कर । अन्य पत्रिकाले खासै महत्त्व दिएनन् । 

निर्मला प्रकरणको १०० दिन
गत बिहीवार कंचनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या भएको १०० दिन पुगेको छ तर सरकारले सो घटनाको दोषी पक्रन सकेको छैन । यस विषयमा पनि नेपालका दैनिक पत्रिकाले निकै सशक्त आवाज उठाएका छन् । शुक्रवारको नागरिकले सबैभन्दा ठूलो स्थान दियो । कंचनपुरबाट दिलबहादुर छन्त्यालले लेखेको समाचारमा पन्त प्रकरणम विभिन्न छानबिन समिति गठन र चौतर्फी दबाब सिर्जना भए पनि सरकारले हत्यारा पत्ता लगाउन नसकेको व्यहोरा लेखिएको थियो । छानबिनको क्रममा प्रहरीले करिब डेढसय व्यक्तिसँग सोधपुछ गरेको तर कुनै तथ्यमा पुग्न नसकेको पनि सो समाचारमा जनाइएको छ । 

Global Ime bank

सोही दिनको राजधानी दैनिकले पनि निर्मला हत्याको सय दिनमा ‘अनुसन्धान परिणाम शून्य’ भन्ने शीर्षकमा मुख्य समाचार बनाएको छ । सो समाचारमा स्वर्गीय निर्मला पन्तका बुबा यज्ञराज पन्तले आफ्नो परिवारलाई सुरक्षा खतरा भएको बताएका छन् । उनका अनुसार प्रहरीले सिभिलमा मान्छे पठाएर उनीहरूको परिवारलाई अझैपनि फकाउन प्रयास गरिरहेको छ । मिठाइ, फलुफूल लिएर विभिन्न मान्छे आउने र अब पुराना कुरा बिर्सनु भन्दै प्रभाव पार्ने कुरा पन्तले राजधानीलाई बताएका छन् । उनको विचारमा प्रहरी अझै पनि कुनै निर्दोष व्यक्तिलाई सो हत्या काण्डमा फँसाएर दोषीलाई उम्काउने दाउमा छ । स्मरणीय छ, यसअघि एकपटक निर्दोष व्यक्तिलाई अपराधी भनेर प्रहरीले सार्वजनिक गरेको थियो । तर, उनको डीएन नमिलेपछि मुक्त गरिएको थियो । 

मन्त्री स्थापित भए विस्थापित

तीन नंबर प्रदेशमा बसोबास गर्ने धेरै व्यक्तिलाई यो प्रदेशको मुख्यमन्त्रीको नाम त थाहा होला तर कुनै बेला काठमाडौंका विजयी मेयर र राजाबाट पनि नियुक्त भएका मेयर केशव स्थापित यो प्रदेशका भौतिक पूर्वाधार मन्त्री थिए भनेर थाहै थिएन होला । उनलाई पदबाट खारेज गर्ने चर्चा थालिएपछि बल्ल सबैले उनी त मन्त्री रहेछन् भन्ने थाहा पाएजस्तो भएको छ ।

प्रदेश नंबर तीनका मुख्यमन्त्री डोरमणि पौडेललाई बुधबार मन्त्रिपरिषद् बैठकमै भौतिक पूर्वाधारमन्त्री केशव स्थापितले मुख छाडेपछि विवाद उत्कर्षमा पुगेको थियो । अन्नपूर्ण पोस्टले शुक्रवारको अंकमा मुख्य बनाएको समाचारअनुसार मुख्यमन्त्रीले प्रदेशको भौतिक पूर्वाधारमा सबैभन्दा बढी बजेट गएको तर काम न्यून भएको गुनासो गरेका थिए । पोस्टलाई आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलले दिएको जानकारीअनुसार बैठक सकिनै लागेको बेला मन्त्री स्थापितले आफ्नो एजेन्डा छ भन्दै आक्रोशित भएर गाली गलौज गरेका थिए । 

नयाँ पत्रिकाले पनि यो समाचारलाई सात कोलममा प्रकाशित गर्दै ‘आन्तरिक तनावमा प्रदेशका मन्त्रिपरिषद्’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । सो समाचारका अनुसार डोरमणि पौडेल आफ्ना मन्त्री स्थापितलाई वर्खास्त गर्न सल्लाह लिन प्रधानमन्त्री भेट्न आइपुगेका थिए । उनलाई प्रधानमन्त्रीले केही दिन पर्खन निर्देशन दिएको भन्ने नयाँ पत्रिकाको समाचार भने एक दिन पनि टिकेन । शुक्रवार नै मुख्यमन्त्री पौडेलले प्रदेशमन्त्री केशव स्थापितलाई पदबाट बर्खास्त गरिदिए । 

नागरिकले शनिबार प्रकाशित गरेको समाचारअनुसार संविधानको धारा १६९ का उपधारा २ (ख) अनुसार स्थापितलाई शुक्रवार मन्त्री पदबाट बर्खास्त गरिएको हो ।  ‘मुख्यमन्त्रीज्यूले संविधानअनुसार स्थापितलाई पदमुक्त गर्नुभएको हो । मुख्यमन्त्रीको निर्देशन नटेर्ने र मन्त्रालयको बजेट सबैभन्दा बढी भए पनि प्रगति शून्य भएकाले बाध्य भएर उहाँले बर्खास्त गर्नुभयको हो,’ मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेललाई उद्धृत गर्दै नागरिकले लेखेको छ । यो समाचारलाई राजधानीले पनि प्रथम पृष्ठमा स्थान दिँदै ‘प्रदेशमन्त्री स्थापित बर्खास्त’ शीर्षक दिएको छ । 

तस्बिरः प्रधानमन्त्री सचिवालय

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १८, २०७५  ०६:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC