site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
घरघरको कथा भन्छ मेरो तिहार गीतले
Sarbottam CementSarbottam Cement

गायिका सुनिता दुलाल विशेषगरी तिज गायिकाको रुपमा चिनिन्छन् । यद्यपि उनले स्वदेश गानदेखि लोक तथा लोकदोहोरी गीत पनि गाएकी छन् । अरुका एल्बममा खासै गीत नगाउने उनी आफै लगानी गरेर गीत गाउँछिन् । संख्याभन्दा पनि गुणस्तरमा ध्यान दिनुपर्छ भन्ने उनी मान्यता राख्छिन् । उनले तिहारलाई लक्षित गर्दै देउसी–भैलो गीत सार्वजनिक गरेकी छन् । ‘उज्यालो तिहार....’ मा सुनिताले प्रकाश सपुतसँग सहकार्य गरेकी छन् । देउसी–भैलो गीतसँग केन्द्रित रहेर गायिका दुलालसँग केन्द्रित रहेर बाह्रखरीका नरेश फुयाँलले गरेको छोटो कुराकानीः 

प्रायः तिजका गीत गाउने तपार्ईंले तिहारको गीत गाउनु भएछ नि !
मलाई सबैभन्दा धेरै मनपर्ने चाड नै तिहार हो । यही तिहारसम्बन्धी गीत लिएर आउँदा निकै खुसी लागिरहेको छ । तिहारमा देउसीभैले खेल्न आउँदा पनि मलाई खुब रमाइलो लाग्थ्यो । अरुको घरमा देउसी खेलेर हाम्रो घरमा आएनन् भने मलाई नरमाइलो लाग्थ्यो । तिहारको गीत मलाई प्रत्येक वर्ष गाउन मन थियो । तर तिजदेखि तिहारपछिसम्म नेपाल बाहिर नै बस्ने भएकाले गाउन सकेको थिइन । हुनत मैलै निकै पहिला तिहारको एउटा गीत गाएको थिएँ । त्यो गीत निकै राम्रो पनि थियो । त्यो समय युट्युब थिएन । क्यासेट किनेर अडियो सुन्ने जमाना थियो, त्यही भएर धेरैले सुन्न पाउनु भएन । 

फरक खालको गीत त्यो पनि तिहारको लिएर आउन पाउँदा म आफैलाई पनि रमाइलो लागेको छ । नयाँ अनुभव पनि संगाल्ने मौका पाएँ । विमोचन गरेर सार्वजनिक गर्ने सोच थियो । तर युट्युबबाट रिलिज गर्दा पनि सञ्चारमाध्यमले आफैँ खोजीखोजी कभरेज गरिदिनुभएको छ । निकै खुसी छु यो सहयोग र साथका लागि । जतिले गीत हेर्नु भएको छ, सबैले राम्रो भन्नु भएको छ । यसले झनै उत्साह प्रदान गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

सोचेजस्तै रेस्पोन्स पाउँदा तिजका मात्रै गीत गाएर गल्ती पो गरेँछु भन्ने लाग्यो ?
मलाई त्यो कहिले पनि लागेन । लोकदोहोेरी, लोक गीत पनि गाएकी छु । अहिले पनि कति गायकगायिका तथा कम्पनीहरुले गीत गाउनका लागि आग्रह गरिरहनु भएको छ । रियालिटी शोहरुबाट पनि मलाई‘जज’का लागि अफरहरु आइरहेका छन् । तर म आफूले आफैलाई ‘जज’ गर्ने हो पहिला । म ‘जज’ बस्न योग्य भइसकेको छु जस्तो लाग्दैन । म अहिले पनि सिकिरहेको छु र सिक्न अझै धेरै बाँकीनै छ । 

गीतको कुरा गर्दा संख्या बढाउनेभन्दा पनि जति गाइन्छ त्यो राम्रो होस् भन्ने मेरो चाहना हो । अरुको गीत गाउँदा कति शब्द मन पर्दैन, कतिको लयमा चित्त बुझ्दैन । त्यसैले अरुको ‘प्रेसर’मा काम गर्नुभन्दा आफै लगानी गरेर भनेजस्तो राम्रो गाउनु नै ठीक हो जस्तो लागेकाले पनि मैले अरुका गीत नगाएको हुँ । 

Global Ime bank

‘मलाई तपाईं तीज गीत गाउनुहुन्छ है?’ भन्दा मलाई आनन्द लाग्छ । तिहारपछि दोहोरी गीत गाउँदैछु । तयारी अवस्थामा छ । प्रकाश सपुतसँग गाउँदैछु । 

\"\"

मौसमी गीत र अन्य गीतमा फरक के हुन्छ, गायन र लगानीका हिसावले ?
गायनका हिसावले सिजनल गीत गाउँदा फाइदा नै हुन्छ । दसैं, तिहार, तिजका गीत गाउँदा कार्यक्रमहरु धेरै हुन्छन् । त्यहाँ पर्व अनुसार आफ्नै गीत गाउन पाइन्छ । त्यस्ता कार्यक्रममा आफ्नै गीत गाउन पाउँदै खुसी लाग्छ । 

व्यावसायिक रुपमा हेर्दा अहिले युट्युबको समय छ । युट्युबमा जुनसुकै समयमा जुनसुकै गीत हेर्न सकिने भएकाले ‘भ्युज’कै आधारमा लगानी उठाउन सकिन्छ । 
फरक यति हो ‘पब्लिसिटी’ थोरै समय हुन्छ । तर, प्रविधिका कारण समयको सीमा छैन । त्यसैले बेफाइदा केही छैन मौसमी अथवा पर्व गीत गाउँदा पनि । 

प्रकाश सपुतलाई लिएर गीत गाउनु भयो, प्रकाशलाई अहिले बजारमा रुचाइएका बेला उहाँको लोकप्रियतालाई ‘क्यास’ गर्न खोज्नुभएको त हैन ?
प्रकाश सपुत र उहाँको लोकप्रियता आफ्नो ठाउँमा होला तर लाग्दैन मलाई दर्शक तथा स्रोताले चिन्नु हुन्न । उहाँलाई मसँग गीत गाउने पहिला देखि नै इच्छा रहेछ । मलाई पनि उहाँको रचना मनपथ्र्यो । नयाँ सर्जकमा उहाँ मलाई मन पथ्र्यो । उहाँ पनि मेरो फ्यान हुनुहुँदोरहेछ । उहाँले मसँग काम गर्नेमन छ भन्नुभयो । त्यसैले हामीले सँगै काम गरेका हौं । 
मलाई अब कसैसँग गाएर नयाँ परिचय स्थापित गर्नु छैन । यसको अर्थ मैले प्रकाश सपुतलाई नराम्रो भन्ने खोजेको होइन । प्रश्न अनुसारको जवाफमा यो प्रसंग आएको हो । म आफ्नै गीतले सुनिता दुलाल भइसकेको छु । दर्शक तथा स्रोताले मन पराइदिनु भएको छ । त्यो नै मेरा लागि ठूलो कुरा हो र म मेरा दर्शक तथा स्रोतालाई मलाई साथ र सहयोग गरिदिनु भएकोमा धन्यवाद पनि दिन चाहन्छु । 

पछिल्लो समय चलचित्र हुन् या गीत वैदेशिक रोजगारीको कथा समेटिन्छ, तपाईं तिहार गीतमा पनि त्यो देखियो किन ?
चलचित्र हुन् या गीत समाजकै कुरा उठाउने हो । समाजमा रहेका समस्या र सफलता समेट्ने हो । त्यसैले समाजमा जे छ त्यही कुराभन्दा विदेशमा धन कमाउन रोजगारीका लागि जाने ठूलो संख्या छ हाम्रोमा । उहाँहरुको कथा समेट्नु हामी श्रष्टा तथा सर्जकको दायित्व पनि हो । त्यही भएर पनि यो विषय समेटिएको हो । समाजमा जे देखिन्छ र त्यसले सर्जकलाई छुन्छ त्यही विषय उठान गर्ने त हो । अहिले विदेशमा गएका नेपालीको कथा समेटिएको त्योभन्दा अर्को जल्दोबल्दो विषय आएको खण्डमा त्यो पनि समेटिन्छ । 

\"\"गीतमा दुई जनाले सहकार्य गर्नुभएको छ, केही फरक छ तिहारका आम गीतभन्दा ?
अरुसँग प्रतिस्पर्धाका लागि मैले गीत निकालेको होइन । गीत सुन्दा र हेर्दा नै धेरै कुरा थाहा हुन्छ । बच्चा देखि वृद्धवृद्धासम्मलाई समेटेको छु । तडकभडक छैन । कमेडी र उश्रृंखल पनि छैन । हेर्दा र सुन्दा आनन्द आउने, सबैले मन पराउने खालको गीत लिएर आएकी छु । 

गीत वास्तविक कथामा आधारित छ । विदेशिएका दाजुभाइको कथा छ । भाइले दिदीलाई दिने ‘सरप्राइज’ छ । गीतमा जति  मेहनत छ । भिडियोमा पनि कुनै सम्झौता गरिएको छैन । फोर केमा खिचिएको छ । लक्ष्मी गिरी, शुरवीर पण्डित जस्ता अग्रज कलाकार भिडियोमा हुनुहुन्छ । 

तिहार गीत पनि विस्तारै व्यवसायिकतातर्फ ढल्किन थालेका हुन् ?
अहिलेसम्म तिहारको गीतमा चाहिँ त्यति धेरै विकृति आइसकेको छ जस्तो लाग्दैन । मौलिक गीत नै आइरहेका छन् । तिजको जस्तै तिहार गीत पनि व्यावसायिक बन्न गयो भने चाहिँ विकृति भित्रिएला । तर त्यस्तो नहोस् कामना गरौं । समग्रमा भन्दा अहिलेसम्म तिहारको पन मरेका छैन । 

गीत महङ्गो हुँदै गएको हो ?
हो, महङ्गो हुँदै गएको छ । पहिला कम्पनीका लागि कमाएर खाने ‘भाँडो’ बनेको थियो । तर अहिले युट्युब ‘भ्युज’का आधारमा लगानी भिडियोले उठाउँछ । मेरो आफ्नै कुरा गर्दा तिजको गीतमा जती लगानी गरेपनि युट्युबबाट लगानी उठिसकेको छ । 

नयाँ प्रविधिसँग कलाकार कत्तिको साक्षात्कार छन् ?
पछिल्लो समय धेरै कलाकारले आफ्नै युट्युब च्यानल खोल्नु भएको छ । आफ्नो गीत आफ्नै च्यानलबाट रिलिज गर्नुहुन्छ । त्यहाँबाट आउने पैसा आफैंले लिन थाल्नु भएको छ । केही वर्ष अगाडिसम्म रहेको अन्योल विस्तारै हट्दै गएको छ । त्यसैले ठगिन क्रम घटेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०७५  ११:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC