site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रपतिको टीका कार्यक्रममा पत्रकारलाई प्रवेश निषेध
Sarbottam CementSarbottam Cement

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले टीका लगाएको फोटो खिच्न पत्रकारलाई निषेध गरियो । फोटो खिच्न शीतल निवास पुगेका पत्रकार गेटबाटै फर्काइएका थिए ।

दसैँमा घुँडा टेकाएर राष्ट्रपतिले टीका लगाएको फोटो सार्वजनिक भएपछि निकै आलोचना भएको थियो । त्यसैका कारण तिहारको टीकाको फोटो खिच्न नदिइएको आशंका गरिएको छ । यद्यपि यो कार्यको पनि सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ ।

राष्ट्पति भण्डारीले शुक्रबार बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाइदिएकी थिइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रपति भवन शीतलनिवासमा भएको भाइटीकाको कार्यक्रममा राष्ट्रपति भण्डारीले टीका लगाएर भाइलाई आशीर्वाद दिँदै दुबो, मखमलीयुक्त माला लगाइ कटुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गरिन् । भाइ डेगेन्द्र पाण्डेले यथाशक्य दक्षिणा प्रदान गरेर उनीसँग आशीर्वाद लिएको राससले जनाएको छ ।

त्यसअघि राष्ट्रपतिले शास्त्रोक्त विधिपूर्वक दीप, कलश, गणेशका साथै अष्टचिरञ्जीवी र यमयमुनाको पूजा अर्चना गरेकी थिइन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०७५  २०:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC