site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘ठग्स अफ हिन्दोस्तान’का दर्शक चोर्दै ‘चङ्गा चेट’
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली चलचित्र ठूलो ब्यानरका हिन्दी चलचित्रको मारमा पर्ने गरेको पुरानै तथ्य हो । बलिउड स्टारका चलचित्र रिलिज हुँदा त्यसको प्रत्यक्ष मार नेपाली चलचित्रलाई पर्छ । बलिउडमा रिलिज भएकै दिन नेपमलमा पनि रिलिज हुने हिन्दी चलचित्रले नेपाली चलचित्रको बजारमा असर गर्दै आएका छन् । 

यसको पछिल्लो उदाहरणका रुपमा चलचित्र ‘सञ्जू’लाई लिन सकिन्छ । ‘सञ्जू’ रिलिज हुने भएपछि नेपालमा कुनै पनि नेपाली चलचित्र नेपालमा रिलिज भएनन् । भलै उक्त समयमा विश्वकप फुटवल पनि चलिरहेको थियो । बलिउड स्टारका चलचित्रको रिलिज डेट हेरेर मात्रै नेपाली चलचित्रले आफ्नो रिलिज डेट लक गर्दै आएका छन् । नेपाली दुईतीन वटा चलचित्रसँग जुध्न तम्तयार हुने चलचित्र हिन्दी चलचित्रसँग भने डराउँछन् । 

यद्यपि राम्रा चलचित्र बनेको खण्डमा भने डराउनु पर्ने अवस्था नरहेको नेपाली चलचित्रले नै उदाहरण प्रस्तुत गरिसकेका छन् । यसको उदाहरणका रुपमा चलचित्र ‘छक्का पञ्जा’लाई लिन सकिन्छ । १६ करोडभन्दा माथि ब्यापार गरेको यसका निर्माताले दाबी गर्दै आएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यही विहीबारबाट संसारभर एकै दिन बलिउड स्टारहरुको चलचित्र ‘ठग्स अफ हिन्दोस्तान’ रिलिज भयो । ‘ठग्स अफ हिन्दोस्तान’ अमिताव बच्चन र आमिर खान जस्ता सुपर स्टार रहेको प्रतिक्षित चलचित्र हो । 

यही चलचित्र रिलिज भइरहँदा नेपालमा चलचित्र ‘चङ्गा चेट’ र ‘मालिका’ प्रदर्शनरत छन् । दीपावलीको छेको पारेर रिलिज भएका यी दुई चलचित्र अहिले पनि प्रदर्शनमा छन् । चलचित्र ‘पशुपतिप्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र के खानल निर्देशित चलचित्र ‘चङ्गा चेट’ उत्साहप्रद रुपमा हलमा चलिरहेको छ । ‘ठग्स अफ हिन्दोस्तान’को समीक्षा राम्रो नआएपछि यसको प्रत्यक्ष असर ‘चङ्गा चेटले उठाएको छ । बिहीबार र शुक्रबार दर्शकको आकर्षण देखिए पनि शनिबारसम्म आइपुग्दा ‘ठग्स अफ हिन्दोस्तान’मा दर्शकको संख्या कम भएको छ । विस्तारै ‘ठग्स अफ हिन्दोस्तान’मा दर्शकको संख्या घटेपछि हलसंख्या र शो बाँडेको चङ्गाचेटले फेरि गुमेका हल र शो पाउने सम्भावना देखिएको छ । “गुण, गोपी, अष्टनारायण लगायतका हलमा अहिले पनि हाउसफुल छ चलचित्र,” चङ्गा चेट निर्देशक दीपेन्द्र के खानल भन्छन्, “‘ठग्स अफ हिन्दोस्तान’को रिभ्यू राम्रो नआएपछि अब मल्टिप्लेक्समा पनि दर्शक हाम्रो चलचित्रले तान्ने निश्चित छ । बिहीबार र शुक्रबार मल्टिप्लेक्समा हाम्रो चलचित्रमा दर्शकको संख्या केही घटे पनि आजबाट पुनः करिब करिब हाउसफुल छ ।” सिंगल थिएटरमा शुक्रबार ‘चङ्गा चेट’ हाउसफुल भएको उनले बताए । 

Global Ime bank

राम्रो चलचित्र बने हिन्दी चलचित्रलाई नेपाली बजारमा नेपाली मुभीले पछि पार्ने पनि निर्देशक खनाल बताउँछन् । बलिउड  सुपर स्टारका चलचित्रले केही प्रभाव पारे पनि दर्शकको चहाना र रुची बुझेर बनाउन सके नेपाली चलचित्रले हिन्दीका दर्शक खोस्न सक्ने खनाल बताउँछन् । सलमानको चलचित्र ‘ट्यूबलाइट’ पनि फल्प भएको थियो । यसको अर्थ स्टारडमले चलचित्र चल्दैनन् भन्ने हो । 

यसलाई पुष्टि गर्दै दीपकराज गिरी भन्छन्, “पक्कै पनि राम्रो कथा चाहिन्छ । फण्डाले दुई दिन काम गर्छ । एक्टरले दुई दिन चल्छ । कलरफुल चिजले दुईदिन चल्छ । अर्को दिनदेखि भगवान महादेव नै आउनुभयो भने पनि चलचित्र चल्दैन । चलचित्र नै राम्रो हुनुपर्छ । बलिउडकै चलचित्र हेर्दा सलमानका कुनै चलचित्र महिनौं चल्छन् कुनै आइतबार नै थला पर्छन् । चलचित्र राम्रो छैन भने संसारका सबै पावर ल्याएर प्रयोग गरेपनि काम छैन ।”

गोजीमा दाम हुनेको रवाफ र नहुनेहरुको संघर्षको कथा बोकेको ‘चङ्गा चेट’ सिचुवेसनल कमेडी चलचित्र हो । चलचित्रमा आयुषमान देषराज जोशी, प्रियंका कार्की, रवीन्द्र झा, सन्दिप क्षेत्री, सुरक्षा पन्त, अर्पण थापा, ऋचा शर्मा, माओत्से गुरुङ लगायतका कलाकारले अभिनय गरेका छन् । 


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०७५  ११:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC