site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘बहादुर गोर्खा’ लाई चिनाउने त्यो पहिलो विश्वयुद्ध 
Ghorahi CementGhorahi Cement


पेरिस । पहिलो विश्व युद्ध अन्त्यको  आज १  सय वर्ष पुगेको छ ।  यो युद्ध सन् १९१४को जुलाई २८मा शुरु भइ १९१८को नोभेम्बर ११का दिन अन्त्य भएको थियो । पहिलो विश्वयुद्ध सकिएको सय वर्ष पुगेको सन्दर्भमा फ्रान्सको राजधानी पेरिसमा आइतबार विशेष कार्यक्रम गरिएको छ ।

पेरिसमा आयोजना गरिएको कार्यक्रममा भाग लिन अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लगायतका विश्व नेताहरु पुगेका छन् । 

त्यसैगरी बेलायती महारानी एलिजाबेथ द्धितीया  समेत लण्डनमा छुट्टै कार्यक्रममा सहभागी भएकी छन् । यो युद्ध नेपाल र नेपालीका लागि पनि उत्तिकै स्मरणीय रहेको छ । थुप्रै नेपाली युवाहरुले सो युद्धमा सहादत प्राप्त गरेका थिए । सो युद्धमा नेपालका गोर्खा सेनाहरु ठूलो संख्यामा सहभागी भएको बताइने गरेपनि फरक फरक तथ्यांकहरु पाइने गरेको छ । 

Agni Group

पहिलो विश्व युद्धमा फ्रान्स,रसिया र बेलायत एक पक्षमा तथा  जर्मनी,अष्ट्रिया—हंगेरी र इटाली अर्को पक्षमा रहेका थिए र विश्वका अन्य मुलुकहरु ती दुई पक्षको ध्रुबमा बाँडिएका थिए । युद्धमा १० औं लाख योद्धा, त्यस्तै १० औं लाख सर्बसाधारण मानिस र युद्धपछिको महामारीबाट त्यो भन्दा ठूलो संख्यामा मानिसहरु मारिएको बताइने गरेको छ । 

नेपाली  युवाहरु बृटिश इण्डिया मार्फत युद्धमा सामेल भएका थिए । गोर्खाली सेना  पश्चिमी फ्रन्टमा लडेको बताइने गरेको छ । उनीहरु खासगरी  गल्लीपोली, इजिप्ट, प्यालेस्टाइन, मेसोपोटामिया तथा उत्तरपूर्वी फ्रन्टियरमाा लडेका थिए । फान्सको लुजमा भएको युद्धमा राइफलम्यान कुलबीर थापाले २५ सेप्टेम्बर १९१५मा भिक्टोरिया क्रस पाएका थिए । केफ्रेमा भएको युद्धमा राइलफलम्यान कर्णबहादुर रानाले पनि भिक्टोरिया क्रस  पाएका थिए ।  बेलायतले त्यसको बदलामा चन्द्र शमसेरलाई जनरल अफ बृटिश आर्मीको उपाधी  दिइएको थियो । त्यही बेलादेखि नेपालीलाई बहादुर गोखाका रुपमा  संसारले चिनाएको हो । 

Global Ime bank

नेपाली सेनाका तर्फबाट फस्ट राइफल, कालिबक्स, शमसेर दल, जब्बर जंग, पशुपतिप्रसाद, भैरवनाथ, सेकेण्ड राइफल, भैरुङ्ग र श्रीनाथ बटालियनको करिब १४ हजार सेना सहभागी थिए । कतिपयले यो संख्या १६ हजार भएको पनि बताएका छन् । नेपाली सेनालाई जनरल बबर शमसेर, तेज शमसेर  र पदम शमसेरले नेतृत्व गरेका थिए । नेपालले त्यतिबेला १ मिलियन पाउण्ड बेलायतलाई सहयोग नगद सहयोग समेत  गरेको थियो । 

१८१४ देखि १६ सम्म नेपाल अंग्रेज युद्ध भएको थियो र सुगौली सन्धीमा त्यसको अन्त्य भएको थियो  । त्यसको सेरोफेरोमा नेपाल र बेलायतको सम्बन्ध तिक्ततापूर्ण रहेपनि  जंगबहादुर राणा सत्तामा आएपछि  सम्बन्ध सुध्रिएको हो । उनले लामो बेलायत यात्रा पनि गरेका थिए । जंगबहादुर पहिला गएपनि औपचारिक भ्रमण चन्द्र शमसेरले १९०८मा गरेका थिए र राजा जर्ज पाचौ १९११मा नेपाल आएका थिए । राजा जर्जले २१ वटा बाघको शिकार गर्नुका साथै  १९ गैडा र २ भालुको समेत शिकार गरेका थिए । उनैले गोर्खालाई भिक्टोरिया क्रस पाउन सक्ने बाटो खोलिदिएको मानिन्छ । 

पहिलो विश्वयुद्धको चिहान भएको फ्रान्सको एइज्ने मार्नेको फ्रेन्च गाउँ बेलेउमा १९१८मा  ठूलो संख्यामा मानिस मारिएका थिए । अमेरिकी राष्टपति ट्रम्प त्यहाँ गएपनि पानी परेर त्यो स्थानमा जान नसकेको समाचारहरुमा जनाइएको छ । जुन फ्रान्सको राजधानीबाट ५० माइल टाढा रहेको छ । उनी हेलिकोप्टबाट जान लागेकोमा पानी परेर नगएको भनेर अमेरिकाका प्रतिपक्षीले ट्रम्पको आलोचना गरेका छन् । आलोचना गर्नेहरुले त्यतिबेला अमेरिकी सेना शत्रुसँग पनि लड्न सकेको तर अहिले राष्ट्रपतिले सामान्य वर्षालाई पनि पराजित गर्न नसकेको जनाएका छन् । 

(समाचार एजेन्सीहरुको सहयोगमा)
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०७५  ०५:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC