site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

महाराजगन्ज स्थित नेपाल प्रहरीको तालिम केन्द्र सारेर राष्ट्रपति निवासका लागि शीतलनिवासको परिसर विस्तार गर्ने सरकारको निर्णयप्रति पूर्व नेपाल प्रहरीका पूर्वअधिकृतहरूले असन्तुष्टि प्रकट गरेका छन् । सरकारले गत भदौमा प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई महाराजगन्जबाट हटाएर पूर्वाधार नभएको काभ्रे पलाञ्चोक जिल्लाको पनौती सार्ने निर्णय गरेको थियो । हाल प्रतिष्ठान रहेको परिसरमा प्रहरी तालिमका लागि आवश्यक पूर्वाधार विद्यमान छन् । प्रहरी प्रतिष्ठानसँगै रहेको शीतलनिवासलाई राष्ट्रपति भवन बनाइएको छ । राष्ट्रपति भवनका लागि थप जग्गा लिन सात दशक पुरानो प्रहरी प्रशिक्षण प्रतिष्ठान पनौती सार्न खोजिएको हो । नेपाल प्रहरीसँग तालिम केन्द्र पनि स्थापना गरिएको थियो ।

सरकारको यस निर्णयप्रति असन्तुष्टि व्यक्त गर्ने प्रहरीका पूर्वअधिकारीहरूका अनुसार पनौतीमा पूर्वाधार तयार गर्नै लामो समय लाग्ने हुनाले महाराजगन्जबाट प्रतिष्ठान हचुवामा सारियो भने तालिम सञ्चालन गर्न कठिन हुनेछ । यसैले उनीहरूले प्रतिष्ठान महाराजगन्जबाट हटाउने निर्णयलाई अव्यवहारिक र अदूरदर्शी भनेका छन् । उनीहरूका अनुसार महाराजगन्जको प्रहरी प्रतिष्ठानका लागि व्यक्तिले समेत जमिन दिएका छन् । प्रहरी तालिमको निम्ति दिएको जमिन अर्को प्रयोजनमा प्रयोग गर्नु नैतिक दृष्टिले उचित पनि हुँदैन । हुन पनि राष्ट्रपति निवासका लागि नयाँ संरचना बनाउनु पर्ने हो भने नयाँ ठाउँमै बनाए हुन्छ । सहरको बीचमा व्यस्त सडकको छेउमा राष्ट्रपतिको निवास हुँदा अहिले नै जनताले अनावश्यक सास्ती पाएका छन् । जनताको सुविधा एवं प्रहरीको आवश्यकता र औचित्य हेर्दा प्रतिष्ठान सार्ने निर्णय गलत देखिन्छ ।

महाराजगन्जबाट प्रहरी प्रशिक्षण प्रतिष्ठान सार्ने निर्णय आर्थिक दृष्टिबाट पनि उचित देखिँदैन । राष्ट्रपति निवासका त्यहाँ थप संरचना निर्माण गर्न पनि ठूलै धनराशि खर्च हुनेछ भने पनौतीमा प्रहरी प्रशिक्षणका लागि आवश्यक भौतिक पूर्वाधार तयार गर्न पनि सानोतिनो रकमले पुग्दैन । आलंकारिक राष्ट्रपतिका लागि अहिलेको सुविधा किन अपर्याप्त भएको हो भन्ने स्पष्ट कारण सरकारले खुलाएको छैन । पूरानो दरबार भएकाले आधुनिक कार्यालय तथा निवासको व्यवस्थापनका लागि अप्ठेरो भएको हो वा भत्कन लागेकाले जोखिमपूर्ण भएको हो भने राष्ट्रपति भवन सहरबाहिर एकान्तमा निर्माण गरे हुन्छ । राष्ट्रपति निवास व्यस्त सहरभन्दा बाहिर बनाएमा सुरक्षा र सुविधा पनि बढ्नेछ भने नयाँ ठाउँमा भौतिक सुविधा पनि पुग्छ । त्यसो त शीतलनिवासलगायतका सरकारी स्वामित्वमा रहेका सबै दरबारहरूको सबलीकरण गरेर होटल, संग्रहालयजस्ता प्रयोजनमा प्रयोग गर्नु अझ बुद्धिमानी हुन्थ्यो । जेहोस्, सरकारले प्रहरी प्रशिक्षण सार्ने निर्णयमा पुनर्विचार गर्नु उचित हुनेछ । राष्ट्रपति निवास र कार्यालय पनि भव्य होस् तर विलासी नहोस् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०७५  १४:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC