site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
देउवाको कार्यशैलीविरुद्ध सुजाताकहाँ ‘लञ्च मिटिङ’–नेतृत्वको चरित्र अधिनायकवादी भएको निष्कर्ष
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीभित्र अधिनायवादी चरित्र देखाएर स्वेच्छाचारी ढंगले अगाडि बढेको निष्कर्ष निकालेको छ । मण्डिखाटारस्थित नेतृ सुजाता कोइरालाको निवासमा सोमबार बसेको संस्थापन इतर समूहको बैठकले सभापति देउवा पार्टीभित्र अधिनायवादी चरित्र देखाएर स्वेच्छाचारी ढंगले अगाडि बढेको निष्कर्ष निकालेको हो । 

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. सशांक कोइराला, डा. शेखर कोइराला, प्रकाशमान सिँह, अर्जुननरसिँह केसी, डा. रामशरण महत र नेतृ कोइराला सहभागी थिए । उनीहरुका बीचमा पार्टीको महासमिति बैठक, नेविसंघ र नेतृत्वले बहुमतका आधारमा गरिरहेको निर्णय लगायतका विषयमा गम्भीर ढंगले छलफल भएको बैठकमा सहभागी स्रोतले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

स्रोतका अनुसार बैठकमा केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आफूले संस्थापन पक्ष फेरि महासमितिको बैठक सार्ने तयारीमा लागेको सूचना पाएको भन्दै महासमिति बैठक सार्न नदिने रणनीति बनाएर एकजुट भएर प्रस्तुत हुनुपर्नेमा जोड दिएका छन् । ‘‘मैले सभापति नजिककै मान्छेबाट महासमिति बैठक सार्ने तयारी भइरहेको सुने । उनीहरु आफू बलियो हुने प्रयासमा महासमिति बैठक सारेर पार्टीलाई झन कमजोर बनाउँदैछन् । अब हामीले एकजुट भएर महासमितिको तयारीका लागि छुट्टै रणनीति बनाउन आवश्यक छ,’’ डा. कोइरालाको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी स्रोतले बाह्रखरीसँग भन्यो । 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पछि सभापति देउवाविरुद्ध आक्रामक ढंगले प्रस्तुत हुँदै आएका नेता प्रकाशमान सिँहले छलफलका क्रममा अन्य नेताहरु संस्थापन पक्षको कार्यशैलीमा रहेको कमी–कमजोरीमा पनि बोल्न नसकेको गुनासो गरेका थिए ।
पार्टीभित्र र बाहिर नेताद्वय कृष्णप्रसाद सिटौला, अजुर्ननरसिँह केसी र आफूले मात्रै सभापति देउवाका कमी–कमजोरीलाई सशक्त ढंगले उठाइरहेको र आगामी दिनमा अरु नेताले पनि त्यसतर्फ ध्यान दिनुपर्ने उनको आशय थियो । 
अर्का प्रभावशाली नेता केसीले छलफलका क्रममा विजयकुमार गच्छदारलाई उपसभापतिमा मनोनयन गरिएको विषयमा कुनै आपत्ति नभएपनि प्रक्रिया मिचिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । 

Global Ime bank

‘‘उहाँमा गच्छदारलाई उपसभापति बनाउनुमा कुनै आपत्ति होइन, पहिले नै बनाउनु पर्ने पक्षमा हुनुहुन्थ्यो । तर उपसभापतिमा मनोनित गर्दा आफूहरुसँग छलफल–परामर्श आदि नगरिएको प्रति उहाँको आक्रोश देखियो,’’ बैठकमा सहभागी स्रोतले बतायो । 

छलफलमा नेताहरुबीच संस्थापन पक्षले महाधिवेशन नगरेर मनोमानी ढंगले नेविसंघको तदर्थ समिति गठन गरे आफू निकटका विद्यार्थीहरुलाई समानान्तर कमिटि गठन गर्न लगाउने र त्यसको सम्पूर्ण दोष पार्टी नेतृत्वको टाउकोमा थुपार्नेसमेत सहमति भएको छ । ‘‘संस्थापन पक्षले टीका लगाएर नेविसंघमा भाइ–भारदारको तदर्थ समिति गठन गर्यो भने त्यसको प्रभाव देशभर जाने र विद्यार्थीहरुमा निराशा छाउँछ । त्यस कारण हामीले महाधिवेशनकै लागि दबाब दिनु पर्दछ । यदि भएन भने समानान्तर कमिटि गठन हुन्छ, त्यसको जिम्मा नेतृत्वले लिनुपर्छ भन्नेमा नेताहरु एकमत जस्तै देखिनुभयो,’’स्रोतले भन्यो ।  

बैठकका लागि समन्वयकारी भूमिकामा देखिएकी नेतृ कोइरालाले संस्थापन पक्षले पार्टीलाई कमजोर र खोक्रो बनाइसकेको दाबी गर्दै नेताहरुलाई पार्टी सुदृढिकरणका लागि एकढिक्का हुन आग्रह गरेको बताइएको छ । त्यस्तै अर्का नेता डा. रामशरण महतले मुलुकको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले सजग हुनुपर्ने समय आएको बताएका थिए । 

संस्थापन इतर समूहको सोमबारको बैठकमा सहभागी महामन्त्री डा. कोइरालाले भने केही कुरा नराखेको स्रोतको भनाइ छ । यसअघि महामन्त्री कोइरालाले नै गत असोज २९ गते आफ्नै निवासमा संस्थापन इतर समूहको बैठक बोलाएका थिए । उक्त बैठकमा वरिष्ठ नेता पौडेल, र केन्द्रीय सदस्यहरु अर्जुननरसिँह केसी, प्रकाशमान सिँह, डा. रामशरण महत, दिलेन्द्रप्रसाद बडू, नवीन्द्रराज जोशी, प्रदीप पौडेल लगायतका नेताहरु उपस्थित थिए । 
    

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०७५  ०४:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC