site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सही समय, सही लगानी
Sarbottam CementSarbottam Cement

काठमाडौं । लगानी गर्ने समय हुन पुगेको सानासाना गल्तीले भविष्यमा ठूलो नोक्सान पुर्‍याउन सक्छ । लगानी गर्दा भएको गल्तीले सम्पत्तिमा हुन सक्ने वृद्धिलाई रोक्न पनि सक्छ । 

पहिलो कुरा त लगानी गर्दा गरिने ढिलाइ सबैभन्दा ठूलो गल्ती हो । भ्याल्यु रिसर्चका प्रमुख कार्यकारी (सीईओ) धीरेन्द्र कुमार भन्छन्, ‘लगानी गर्न कहिल्यै ढिला नगर्नुस् । जुन दिनदेखि तपाईं काम सुरु गर्नुहुन्छ त्यही दिनदेखि नै आफ्नो प्रपर्टी म्यानेजमेन्ट गर्न सुरु गर्नुस् । र, सम्पत्ति बढाउने आकांक्षा राख्नुस् ।’ उनका अनुसार थोरै लगानीबाट काम आरम्भ गर्नु बुद्धिमानी हुन्छ । हरेक मान्छेलाई बचत गर्ने अधिकार हुन्छ । समयले कसैलाई पनि नपर्खने हुनाले लगानी तत्काल थाल्नुपर्ने कुमारको भनाइ छ । मान्छेहरु लगानीको मौका आउँदा पनि ‘पर्ख र हेर’को मानसिकता बनाउँछन् । यस्तो विचारले लगानीको अवसर गुम्ने डर बढाउँछ । 

आफ्नो हातमा नगद उतिविधि राख्नु आवश्यक हुँदैन । आकस्मिक कोष बनाएर त्यसमार्फत दैनिक र भैपरी आउने काम चलाउन सकिन्छ । बिर्सन के हुँदैन भने, जुन दिन तपाईं लगानी आरम्भ गर्नुहुन्छ त्यही दिनदेखि बचत गर्न पनि सुरु गर्नुपर्छ । तपाईंको एउटा नियमित आम्दानीको स्रोत छ भने आकस्मिक कोष तयार गर्न सहज हुन्छ । स्मरण राख्नुपर्छ, पहिला कमाइ–त्यसपछिमात्र खर्च । एउटा निश्चित रकम आकस्मिक कोषमा राख्नाले अचानक आइपर्ने काममा उपयोग गर्न सकिन्छ । यस्तो कोष जसले बनाएको छ, उसले विवेकपूर्ण ढंगमा खर्च गर्न पनि जानेको हुन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

निश्चित तथा स्थिर आम्दानी भएका मान्छेले कम ‘रिस्क’ बोकेर जिन्दगी अगाडि बढाइरहेका हुन्छन् । तर कहिलेकाही अवस्था यस्तो पनि आउन सक्छ, जुन बेला मुलुकमा मुद्रास्फीति हुन्छ । मुद्रास्फीतिको समयमा पैसाको मूल्य घट्छ । र, आकस्मिक कोषमा रहको रकम अपुग हुन जान्छ । यसकारण पनि सबै प्रकारका ‘इन्भेस्टमेन्ट टूल्स’ प्रयोग गर्नु लाभदायी हुन्छ ।  

बीमा गर्नुको अर्थ यो होइन कि, तपाईंले लगानी पनि गर्नुभएको छ । लगानी र बीमा फरकफरक प्रडक्ट हुन् । यसलाई एकै ढंगमा हेर्नु र उस्तै परिस्थितिमा काम आउने वस्तु मान्नु गलत हुन जान्छ । भ्याल्यु रिसर्चका सीईओ कुमार भन्छन्, ‘बीमा तपाईंको वा तपाईंको परिवारका लागि हो । यसको लक्ष्य फरक हुन्छ । लगानी र बीमाको उद्देश्य पनि फरक हुन्छ । लगानीको उद्देश्य सक्रिय ढंगमा आर्जन गर्नु रहेको हुन्छ भने बीमाको उद्देश्य स्वास्थ्यसम्बन्धी अनिश्चितता र सुरक्षासँग जोडिएको हुन्छ ।’ लगानी गरेको यति समयपछि यति प्रतिफल आउँछ भन्ने कुरामा हामी पहिले नै स्पष्ट हुनुपर्छ । 

Global Ime bank

आकर्षक नारा दिने लगाी वा बीमाको पछि लाग्दा घाटा पनि हुन सक्छ । कुनै कम्पनीले आफ्नो कुनै पनि प्रडक्टलाई सर्वश्रेष्ठ भन्छ भने राम्ररी बुझ्नतिर लाग्नुपर्छ । भीडको पछि लागेर गरिएको लगानीले भविष्य अन्धकार बनाइदिन सक्छ । वर्तमानमा मान्छेहरु तत्काल प्रतिफल खोज्न थाल्छन् । अलिकति धैर्य पनि राख्दैनन् । यसले लगानी डुब्न सक्ने खतरा बढाइदिन्छ । 

पछिल्लो समय क्रेडिट कार्डजस्ता माध्यमले मान्छेलाई भविष्यमा हुने आम्दानी पहिल्यै खर्च गर्न उक्साइरहेको छ । यस्तो आदतले भविष्य नै अनिश्चित बन्न पुगेका उदाहरण थुप्रै छन् । केही समयपछि किने पनि हुने सामान अग्रिम खरिद गर्दा त्यसको असर अत्यावश्यक वस्तुको खरिदमा पर्न जान्छ । यसकारण पनि अत्यावश्यक वस्तु र नभए पनि हुने वस्तुको खरिदमा बढी ध्यान पु¥याउनु आवश्यक हुन्छ । तपाईं यदि घर किन्दै हुनुहुन्छ भने, त्यसमा हुने लगानीले भविष्यमा फाइदा हुन सक्छ । पहिलो कुरा त घर किनेपछि मासिक रुपमा वा आवधिक बुझाउनुपर्ने भाडा तिनुपर्दैन । यसबाट ठूलो खर्च जोगिन्छ । घर अत्यावश्यक वस्तुमध्येको एउटा र प्रमुख चीज हो । तर अन्य वस्तु खरिद गर्दा भने सोच्नु लाभदायी हुन्छ ।   

इकोनोमिक टाइम्स टडकम

   
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०७५  ०६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC