site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
तातोपानी कुण्डमा नुहाउँदै प्रचण्ड
Sarbottam CementSarbottam Cement

बेनी (रासस) । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ म्याग्दी पुगेका छन् । पत्नी सीताको तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउन नेता दाहाल त्यहाँ पुगेका हुन् । बेनी नगरपालिका–४ मा रहेको तातोपानी कुण्डमा नसासम्बन्धी रोगबाट पीडित प्रचण्ड पत्नी दाहाललाई उपचार गराउन ल्याइएको छ ।

हेलिकप्टरमार्फत अर्थुङ्गेस्थित नेपाली सेनाको गणमा अवतरण गराइएपछि सवारी साधनमार्फत बेनी हुँदै दाहाल दम्पती तातोपानी कुण्डमा पुगेका थिए ।सो टोलीमा गृहमन्त्री रामबहादुर थापा र उनकी पत्नी नैनकला, अध्यक्ष दाहालकी छोरी गङ्गालगायत सहभागी छन् । 
प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी कुण्डमा शरीरको बाहिरी भाग डुबाएर सीताको उपचार गराउन शुरु गरिएको छ । सीतालाई यसअघि सिङ्गापुर लगेर उपचार गरिएको थियो । तातोपानी कुण्डमा स्नान गरेमा नसासम्बन्धी समस्या हल हुने थाहा पाएपछि उनलाई यहाँ ल्याइएको अध्यक्षका निजी सचिव जोगबहादुर महराले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

पहिलो दिन सीतासहितको टोलीले नै तातोपानी कुण्डभित्र करीब साढे १ घण्टा शरीरको बाहिरी भाग डुबाएर स्नान गरेको छ । उनलाई बेनीस्थित एक होटलमा बसेर केही दिन नियमित रूपमा कुण्डमा पुगेर स्थान गरी उपचार गराइने व्यवस्था मिलाइएको छ । अध्यक्षको कार्यकर्ता भेटघाट लगायतका कार्यक्रमसमेत तय गरिएको नेकपाका नेता एवम् पूर्वसांसद गोविन्द पौडेलले जानकारी दिए ।

नेकपा अध्यक्ष दाहाल र गृहमन्त्री थापाका परिवारका अन्य सदस्यहरूसमेत सहभागी सो टोली तीन दिनसम्म म्याग्दीमै रहनेछ । सो क्रममा तातोपानी कुण्ड व्यवस्थापन समितिले पूर्वप्रधानमन्त्री दाहाल, गृहमन्त्री थापासहितको टोलीलाई स्वागत गरेका थिए । नेकपाका नेताहरूले समेत बेनीस्थित होटलमा अध्यक्ष दाहाल र गृहमन्त्री थापालाई स्वागत गरेका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०७५  ०७:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC