site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

कुनै विषयलाई लुकाउन खोजियो भने झन् धेरै कौतुहल र भ्रम उत्पन्न हुन्छ । नेपाल वायुसेवा निगमले खरिद गरेको एअरबसका वाइड बडी जहाज खरिद यसको उदाहरण हुन पुगेको छ । बोइङमा अभ्यस्त नेपाल वायुसेवा निगमले प्रतिस्पर्धि एअरबसका जहाज किन्नुको औचित्य अहिलेसम्म सार्वजनिक गरिएको छैन । एअरबसका जहाज उडाउनेदेखि मर्मतसम्भारसम्ममा कठिनाइका कारण निगमलाई कति नोक्सान भयो त्यसको कतै हिसाबकिताब भएको छैन । जहाज खरिदका क्रममा अपनाइएको प्रक्रिया र संलग्न कम्पनीहरूका सम्बन्धमा पनि विवाद कायमै छ । त्यतिमात्र हैन पछिल्ला दिनमा त खरिद गरिएको भनिएका दुई वाइड बडी जेटमध्ये एउटा लिजमा लिइएको समाचार प्रकाशित भएको छ । यस प्रकारको शंका र सन्देहले राज्यको पूर्ण स्वामित्वको वायुसेवाको छवि झन् बिग्रने जोखिम बढेको छ ।     

हुनत, नेपाल वायुसेवा निगम सधैँजसो विवादकै घेरामा रहेको हो । केही दशकदेखि निगम निरन्तर घाटामा पनि रहेको छ । विमान नभएकै कारणले निगम घाटामा गएको ठानियो । तर, चिनियाँ विमानका कारण घाटा झन् थपियो । अन्तर्राष्ट्रिय उडानबाट नाफा हुने ठहर गरेर ऋण लिएर वाइडबडी विमान खरिद गरियो तर त्यो पनि विवादरहित हुनसकेन । विवाद कति चर्को हुन पुगेको छ भन्ने उदाहरण त निगमका तालुकवाला मन्त्री वाइड बडी खरिदमा आफ्नो संलग्नता भए राजनीतिबाट सन्यास लिने घोषणा नै गर्न पुगे । मन्त्रीले वाइड बडीको खरिदमा अनियमितता नै नभएको दाबी भने गरेका छैनन् । आफू कुनै अनियमिततामा संलग्न नभएको दाबीमात्र गरेका छन् । यस प्रकारको सन्देह जति लामो समयसम्म रहन्छ उति नै बढी निगमको छवि बिग्रँदै जान्छ ।   

जहाज खरिद प्रक्रियामा प्रत्यक्ष संलग्न निगमका अधिकारीले लिजमा लिइएको समाचारको खण्डन पनि गरेका छन् । यस्तै, अरू अनियमितताको पनि खण्डन गरिएको छ । पुष्टि नहुँदासम्म शंकाको सुविधा नदिनु अन्याय हुन्छ । तर, शंका निवारणका लागि विश्वसनीय छानबिन गरेर प्रतिवेदन सार्वजनिक गरिनुपर्छ । महालेखा परीक्षकको विभागले जहाज खरिदका क्रममा अनियमितता भएको प्रतिवेदन दिएको छ । तिनमा सैद्धान्तिक प्रकृतिका अनियमितता पनि रहेका छन् । यसैले वाइड बडी जहाज खरिद प्रक्रियाको संसदीय छानबिन भएमा यथार्थ सामुन्ने आउनेछ र अनियमितताका आरोपहरूका सम्बन्धमा यथार्थ स्पष्ट हुनेछ । अभियोग पुष्टि नहुँदासम्म अपराध सिद्ध नभएजस्तै  आरोप गलत साबित नहुँदासम्म शंका कायमै रहन्छ । यसैले संसदीय छानबिनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्वयंले अग्रसरता लिनु उपयुक्त हुने देखिन्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०७५  १३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC