site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अभिनयको एकेडेमी सञ्चालन गर्दै सरोज खनाल, विद्यार्थीलाई टेलिफिल्म र सर्ट मुभीमा अवसर
Ghorahi CementGhorahi Cement

काठमाडौं । अभिनयका विद्यार्थीलाई लक्षित गर्दै नयाँ एकेडेमी खुल्ने भएको छ । अभिनेता सरोज खनाल र थिएटर आर्टिस्ट चन्द्रमाला शर्माले ‘माला आर्टस एकेडेमी’ खोल्न लागेका हुन् । 

काठमाडौंको दरबारमार्गमा शनिबार उक्त एकेडेमीको उद्घाटन हुँदैछ । ७५ लाख लगानीमा खुल्ने माला आर्टसले तीन महिनाको कोर्ष सञ्चालन गर्नेछ । प्रत्येक ब्याचमा १५ जना विद्यार्थी रहने अभिनेता सरोज खनालले जानकारी दिए । 

Agni Group

“अरुभन्दा हामी केही फरक हुनेछौं । हाम्रा विद्यार्थीलाई हामी टेलिफिल्म र सर्ट मुभीमा पनि अवसर दिनेछौं,” अभिनेता खनालले भने, “हामी फिचर फिल्म पनि बनाउँदैछौं तर फिचर फिल्ममा पनि हामी अबर दिन्छौं भनेर ठूलो सपना बाँड्दैनौं ।” उनले प्रत्येक तीन महिनामा एउटा नाटक माला आर्टसले गर्ने सम्झौता राष्ट्रिय नाचघरसँग गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए । 

वर्षमा तीन वटा ब्याच सञ्चालन गरिने छ । खनालका अनुसार प्रति विद्यार्थी माला आर्टस्ले ६० हजार रुपैयाँ लिनेछ । तीन वर्षमा पढाई हुने कोर्ष तीन महिनामा पढाउने गरि डिजाइन गरिएको खनालले बताए । 

Global Ime bank

उनका अनुसार रङ्गकर्मी वीरेन्द्र हमाल र सुवर्ण थापाले नियमित कक्षा लिनेछन् । नीर शाह, हरिहर शर्मा, गौरी मल्ल, सौगात मल्ललगायतका कलाकार गेष्ट टिचरको रुपमा रहने छन् । उनीहरुले पढाउनेभन्दा पनि आफ्नो अनुभव साट्नेछन् । सरोज खनाल स्वयम्ले पनि पढाउने छैनन् । 

“हामीले मुनाफा कमाउनेभन्दा पनि विद्यार्थीसँग उठाएको फिले उनीहरुलाई अभिनयका लागि पूर्ण बनाउने योजना हो,” सरोज बाह्रखरीसँग भन्छन्, “भोली बजारमा जाँदा हाम्रो विद्यार्थीले मैले यो वा त्यो जानेको छैन भनेर भन्ने अवस्था नहोस भन्ने हाम्रो मुख्य उदेश्य हो ।”
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०७५  १५:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC