साहित्य
काठमाडौं । नेपाली कथानक चलचित्र ‘गोपी’को रिलिज डेट परिवर्तन भएको छ । चैत १५ गतेका लागि रिलिज डेट लक गरेको ‘गोपी’ अब माघ १८ गते प्रदर्शन हुने निर्देशक दीपेन्द्र लामाले जानकारी दिए ।
“पोस्ट प्रडक्सन काम चाँडै सकियो । विदेशबाट पनि छिटो रिलिज गर्न आग्रह आयो,” निर्देशक लामाले भने, “त्यसैले हामीले पूर्व निर्धारित मितिभन्दा अगाडि नै गापी रिलिज गर्न लागेका हौं ।”
विपिन कार्की, वर्षा राउत र सुरक्षा पन्त चलचित्रको मुख्य भूमिकामा छन् ।
निजी ब्यबसाय गर्ने क्रममा एक युवकले भोगेको चुुनौती नै चलचित्र ‘गोपी’को मुख्य कथा हो । अभिनेता खगेन्द्र लामिछानेले छोडेपछि विपिन कार्की यो चलचित्रमा आबद्ध भएका थिए । निर्देशक लामा ‘घामपानी’का निर्देशक हुन् ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०७५ १५:५४
प्रतिक्रिया दिनुहोस्