site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
स्वास्थ्य मन्त्री यादव कतारमा
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव विश्व स्वास्थ्य सम्मेलनमा सहभागी हुन कतारको दोहा पुगेका छन् । सम्मेलन मंगलबारबाट सुरु भएको छ । 

सम्मेलनमा सहभागी हुनु अघि उपप्रधान मन्त्री यादवले मंगलबार विहान कतारका प्रकासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्री युसुफ विन मोहम्मद अल ओथम्यान फख्रोसँग द्विपक्षिय भेटवार्ता गरेका थिए । भेटमा नेपाल–कतार सम्बन्ध, कतारमा रहेका नेपाली कामदारको हित र सुरक्षाका विषयमा छलफल भएको दोहास्थित नेपाली दूतावासले जनाएको छ । 

भेटमा उपप्रधान मन्त्री यादवले नेपाली आप्रवासी कामदारलाई थप दक्ष बनाउन तालिमको व्यवस्था गर्न आग्रह गरेका थिए । कामदारको क्षमता अभिवृद्धि गर्न तालिम इन्स्टिच्यूटको स्थापना गर्ने विषयमा पनि छलफल भएको दूतावासले जनाएको छ ।  कतारका मन्त्रीसँग द्विपक्षिय भेटवार्ता सकिएपछि उपप्रधान मन्त्री यादव स्वास्थ्य सम्मेलनको उद्घाटन समारोहमा सहभागी भएका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०७५  १७:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC