site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
जोन्टी र प्रशिक्षकबीच छलफल
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल भ्रमणमा रहेका दक्षिण अफ्रिकाका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर जोन्टी रोड्सले मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली प्रशिक्षकहरुसँग अन्र्तक्रिया गरेका छन् । जोन्टीले प्रशिक्षकहरुसँग बुधबारबाट हुने विशेष प्रशिक्षणबारे छलफल गरेका हुन् ।

नेपाल क्रिकेट स्कुल र स्पोट्स एडको संयोजनमा आयोजना गरिएको क्याम्पमा जोन्टीले बुधबारबाट दश दिनसम्म नेपाली युवा खेलाडीलाई प्रशिक्षण दिनेछन् । विश्व क्रिकेट इतिहासकै सर्वोत्कृष्ट फिल्डरमध्ये एक मानिने जोन्टीले यसबीचमा यु—१९, यु—१६ राष्ट्रिय क्रिकेट टोलीका खेलाडी र सिनीयर क्रिकेट टोलीलाई त्रिवि मैदानमा प्रशिक्षण दिने जनाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल क्रिकेट स्कुलका निर्देशक अभिशेक केसीका अनुसार जोन्टीले राष्ट्रिय टोली र यु–१९ राष्ट्रिय टिमलाई ३–३ सेसन जोन्टीले प्रशिक्षण दिनेछन् । मंगलबार भएको छलफल कार्यक्रममा नेपालका प्रशिक्षकहरुमा राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमटासहित मञ्जित आलम खान, कलाम अलि, दीपेन्द्र चौधरी, नरेश बुढाएर, सुनिल लामा र महिलामा निराराज उपाध्याय र बिना बुढामगर सहभागि भएका थिए ।

दश दिन चल्ने क्याम्पमा नेपाली प्रशिक्षकसमेत जोन्टीसँगै क्याम्पमा रहने आयोजकले बताएका छन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०७५  १८:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC