site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
६ महिना बित्दा पनि बुझाएनन् यी मन्त्रीले सम्पत्ति विवरण 
Sarbottam CementSarbottam Cement

काठमाडौं । मन्त्रिमण्डलमा सहभागी भएको ६ महिना बित्दा पनि संघीय समाजवादी फोरमबाट प्रतिनिधित्व गरेका मन्त्रीहरूले सम्पत्ति विवरण बुझाएका छैनन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले उनीहरुको सम्पत्ति विवरण अझै अद्यावधिक गरेको छैन । 
जेठ १८ गते उपप्रधानमन्त्री सहित स्वास्थ्यमन्त्री बनेका फोरम अध्यक्ष उपेन्द्र यादव, सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राइन र गत साउन १८ गते स्वास्थ्य राज्यमन्त्रीको शपथ खाएका सुरेन्द्रकुमार यादवले सम्पत्ति विवरण नबुझाएका हुन् ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० मा प्रत्येक सार्वजनिक पद धारणा गरेको व्यक्तिले आफ्नो वा आफ्नो परिवारका नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण पदधारण गरेको मितिले ६० दिनभित्र तोकिएको निकायसमक्ष पेश गर्नुपर्ने प्रावधान भए पनि मन्त्रीहरूले ६ महिना बित्दा पनि विवरण नबुझाएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सम्पत्ति विवरण पेश नगर्नेमा फोरमका मन्त्रीमात्रै छैनन् । सत्तारूढ दल ने क पाका तर्फबाट कानुनमन्त्री बनेका भानुभक्त ढकाल पनि छन् । ढकाल पनि गत साउन १८ गते मन्त्री नियुक्त भएका हुन् ।  प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले सम्पत्ति विवरण नबुझाएका मन्त्रीहरु ढिला नियुक्त भएकाले विवरण बुझाउन ढिलाइ भएको हुन सक्ने बताए ।

सम्पत्ति विवरण नबुझाउने व्यक्तिलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० अनुसार पाँचहजार रुपैयाँ जरिबाना हुन्छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०७५  ०६:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC