site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मन्त्रीबाट हटाइएका सोडारी पार्टीबाट पनि लखेटिए
Ghorahi CementGhorahi Cement

काठमाडौं । सुदूरपश्चिम प्रदेशको सामाजिक विकासमन्त्रीबाट पदच्यूत गरिएका दीर्घ सोडारी पार्टीबाटसमेत निष्कासनमा परेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले उनलाई साधारण सदस्यसमेत नरहनेगरी कारवाही गरेको हो ।

Agni Group

कारवाही गरिएको पुष्टि गर्दै पार्टीका सुदूरपश्चिम  प्रदेशका अध्यक्ष कर्ण थापाले बाह्रखरीसँग भने “पार्टीले नै कारवाही गरेर मन्त्रीबाट हटाएको हुनाले प्रदेश पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको छ ।”
उनले पदीय मर्यादानुकूल कार्य नगरेकाले मन्त्री पद र पार्टीको साधारण सदस्यसमेतबाट हटाइएको बताए ।

कैलाली– ४(क)का निर्वाचित सोडारीको प्रदेशसभा सदस्य पद भने यथावत् रहनेछ । संसद् नियमावलीअनुसार सम्बन्धित प्रदेशसभा सदस्यले दलत्याग नगरेसम्म उनको पद यथावत् रहनेछ । 

Global Ime bank

सोडारी पार्टी एकतापूर्व एमालेको कैलाली जिल्ला कमिटी अध्यक्ष थिए । त्यस्तै उनी पार्टीनिकट भ्रातृ संगठनको युवा संघको जिम्मेवारीसमेत निभाइसकेका छन् ।

आजै मन्त्री पदबाट बर्खास्त भएका सोडारीको ठाउँमा कैलाली– ४(ख)बाट निर्वाचित कृष्ण सुवेदी मन्त्री नियुक्त भइ शपथसमेत खाइसकेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०७५  २०:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC