साहित्य
काठमाडौं । नेपाली कथानक चलचित्र ‘दाल भात तरकारी’को शुभमुर्हत गरिएको छ । किरण केसीको निर्माण चलचित्रको मंगलबार काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा चलचित्रको मुर्हत गरिएको हो ।
चलचित्रका नायक पुष्प खड्का र नायिका आँचल शर्माले डाइलग बोलेर चलचित्रको मुहर्त गरिएको थियो । मह सञ्चारको प्रस्तुति चलचित्र ‘दाल भात तरकारी’लाई किरण केसीका छोरा सुदन केसीले निर्देशन गर्दैछन् ।
चलचित्रमा स्वस्तिमा खड्काले समय अभाव देखाउँदै काम नगर्ने भएपछि आँचल अनुबन्द भएकी हुन् । चलचित्रमा मह जोडीको अभिनय रहने छ । मंसिर १ गतेबाट छायांकन शुरु हुने चलचित्र बैशाख १३ गते रिलिज हुने बताइएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०७५ २१:०३
प्रतिक्रिया दिनुहोस्