site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मधुमेहको असर आँखामा बढी ! ध्यान दिन चिकित्सकको सुझाव 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा मधुमेह रोगका बिरामी बढेसँगै आँखाको ज्योति गुमाउनेको संख्या पनि बढिरहेको आँखा रोग विशेषज्ञहरु बताउँछन् । मधुमेहले आँखामा असर गर्छ भन्ने जानकारी नहुँदा धेरैले आँखाको ज्योति गुमाउनुपरिरहेको चिकित्सकहरू बताउँछन् ।

तिलगंगा आखाँ प्रतिष्ठानकी नेत्ररोग बिशेषज्ञ डा. रवा थापाले मधुमेहका बिरामीमा अन्य मानिसमा भन्दा दुईगुणा बढी आँखामा समस्या हुने बताइन् । “अन्य अङ्गलाई असर गरेजस्तो मधुमेहले पनि २५ गुणा बढी भन्दा बढी आँखालाई असर गरेको हुन्छ,” उनी भन्छिन् “मधुमेहका अधिकाश बिरामी आँखामा समस्या नदेखिएसम्म चेकजाचँका लागि चिकित्सककहाँ नजाने र गम्भीर समस्या भएपछि मात्र अस्पताल जाँदा आँखा गुमाउनुपर्ने खतरा बढी हुन्छ ।”

त्यसैगरी, मधुमेहले आँखाको पर्दामा रक्तस्राव हुने, चिल्लो पदार्थ जम्मा हुनेजस्ता समस्या देखापर्छ । जसको समयमै उपचार नभए अत्यधिक रक्तस्राव भई दृष्टि गुम्ने खतरा हुने डा. थापा बताउँछिन् । समयमै आँखाको परीक्षण गराइ मधुमेहबाट हुने अन्धोपनाबाट बच्न सकिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपालका ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा मधुमेह रोगका बिरामीहरु बढी रहेको चिकित्सकहरु बताउँछन् । शारीरिक व्यायामको अभाव, खानपानको कारणले गर्दा रगतमा ग्लुकोजको मात्रा बढ्दै गएपछि मधुमेह रोग लाग्ने विशेषज्ञहरु बताउँछन्  । नेपालमा करिब १० लाख मधुमेह रोगका बिरामी रहेको बताइएको छ । तिलगंगामा मधुमेहका कारण आँखा देखाउन आउने बिरामीमध्ये ५० प्रतिशतभन्दा बढी बिरामी गम्भीर समस्या देखिएपछि मात्र आउने गरेको अस्पतालका अधिकृत बलबहादुर क्षेत्रीले बताउँछन् । 

मुख्यतः मधुमेह दुई प्रकारका हुन्छन् ।  ३० वर्षभन्दा कम उमेरका मधुमेह रोगीलाई ७० देखि ८० प्रतिशत डायबेटिक रेटिनोप्याथी हुने सम्भावना रहन्छ  । किनभने त्यस उमेरमा मधुमेह भएका मानिसमा इन्सुलिन उत्पादन हुँदैन । इन्सुलिनले सुगर नियन्त्रणमा राख्छ। उनीहरुलाई इन्सुलिन सुइ दिइन्छ । तर ३० वर्ष माथिका विशेष गरी मोटो मानिसलाई त्यो सम्भावना अलि कम रहन्छ । त्यस्ता मानिसमा इन्सुलिन थोरै थोरै उत्पादन भएको हुन्छ र औषधीले पनि सुगर नियन्त्रणमा राख्न सहयोग गर्ने चिकित्सकहरु बताउँछन् ।

Global Ime bank

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरमा ३८ दशमलव ५ प्रतिशत मधुमेहका बिरामीको आँखामा असर परेको देखिएको छ । विश्वभरमा करिब पाँच प्रतिशत अन्धोपन मधुमेहका कारणले हुने अन्तर्राष्ट्रिय मधुमेह संघको अध्ययनले देखाएको छ ।  विश्वमा ४२ करोड ५० लाख मानिसमा मधुमेह रहेको संघको अध्ययनले देखाएको छ ।

के हो मधुमेह ?

रगतमा चिनीको मात्र आवश्यकताभन्दा बढी हुने हुने एक दिर्घ रोग हो । यसले शरीरका आँखा, मुटु, स्नायु, खुट्टा र मिर्गौलामा असर गर्छ । यस रोगलाई सामान्य बोलिचालिको भाषामा चिनीरोग भनेर चिनिन्छ । इन्सुलिन हर्मोनको अनियमितता हुँदा मधुमेह हुन्छ । इन्सुलिनले चिनि अर्थात कार्बोहाइड्रेटलाई पचाउने काम गर्छ र रगतमा यसको मात्रा सन्तुलित र नियमित गर्ने गर्छ । तर जब इन्सुलिनको उत्पादन हुन छाड्छ । रगतमा चिनिको मात्रा बढ्न थाल्छ । प्याङ्क्रियाजले पर्याप्त इन्सुलिन उत्पादन नगर्दा वा शरीरले इन्सुलिनको उपयोग गर्न नसक्दा मधुमेह हुने हुन्छ ।

यसका लक्षण 

मोटोपना कम गर्ने, उच्च रक्तचाप नियन्त्रण गर्नु, दृष्टि क्षमता कमजोर हुँदै जानु, धमिलो देखिने, आँखाको अगाडि रहेका बस्तु ठम्याउँन नसक्नु, मुख सुक्नु, शरीरमा रगत कम हुनु, दुब्लाउँदै जानु, छाला धेरै सुख्खा हुनु, हातखुट्टाका औंला बाउँडिनु, थकाइ बढी लाग्नु आदि ।

कसरी बच्ने

नियमित व्यायाम गर्ने ।

मधुमेह लाग्नेबित्तिकै आँखा चेकजाँच गर्ने

ब्लड प्रेसर नियन्त्रणमा राख्ने ।

धुमपान तथा मद्यपान नगर्ने।

चिनीको मात्रा नियन्त्रणमा राख्ने ।

गुलियो र चिल्लो खानेकुरा नखाने ।

व्यायाम गर्ने, तनावमुक्त रहने ।

गर्भावस्थामा विशेष ख्याल राख्ने ।

६–६ महिनामा आँखा चेकजाँच गनुपर्ने ।

आज विश्व मधुमेह दिवस ‘मधुमेह हरेक परिवारको सरोकार’ भन्ने नारा साथ देशैभर जनचेतना मुलक कार्यक्रम गरेर मनाइँदैछ । 


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०७५  ०७:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC