site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बर्खास्तमा परेका मन्त्री पार्टीबाटै निस्कासनमा, महिलासम्बन्धी विवादमा तानिएको आरोप !
Sarbottam CementSarbottam Cement

काठमाडौं । सुदूरपश्चिम प्रदेशको सामाजिक विकासमन्त्रीबाट पदच्यूत गरिएका दीर्घ सोडारी पार्टीबाटसमेत निष्कासनमा परेका छन् । नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले उनलाई साधारण सदस्यसमेत नरहनेगरी कारवाही गरेको हो । कारवाही गरिएको पुष्टि गर्दै पार्टीका सुदूरपश्चिम अध्यक्ष कर्ण थापाले बाह्रखरीसँग भने “पार्टीले नै कारवाही गरेर मन्त्रीबाट हटाएको हुनाले प्रदेश पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको छ ।” 

उनले पदीय मर्यादानुकूल कार्य नगरेकाले मन्त्री पद र पार्टीको साधारण सदस्यसमेतबाट हटाइएको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

कैलाली– ४(क) का निर्वाचित सोडारीको प्रदेशसभा सदस्य पद भने यथावत् रहनेछ । संसद् नियमावलीअनुसार सम्बन्धित प्रदेशसभा सदस्यले दलत्याग नगरेसम्म उनको पद यथावत् रहनेछ । सोडारी पार्टी एकतापूर्व एमालेको कैलाली जिल्ला कमिटी अध्यक्ष थिए । त्यस्तै उनी पार्टीनिकट भ्रातृ संगठनको युवा संघको जिम्मेवारीसमेत निभाइसकेका छन् । मन्त्री पदबाट बर्खास्त भएका सोडारीको ठाउँमा कैलाली– ४(ख)बाट निर्वाचित कृष्ण सुवेदी मन्त्री नियुक्त भइ शपथसमेत खाइसकेका छन् ।

सोडारीमाथि महिलालाई दुर्व्यवहार गरेको आरोप समेत लगाइएको छ । तर यसबारेमा केही बताइएको छैन भने उनी चढ्ने जिप भाइटिकाको दिनमा परिवारका सदस्यले लिएर हिँड्दा दुर्घटनामासमेत परेको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०७५  ०९:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC