site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
साढे दुई महिनामा पनि भेटिएनन् पत्रकार खड्का, पुनः खोजी सुरु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । बाजुराको प्रसिद्ध धार्मिक स्थल बुढीनन्दाबाट जनैपूर्णिमाको मेला भरेर फर्किने क्रममा सम्पर्कविहिन भएका पत्रकार तेजबहादुर खड्काको अवस्था अझैपनि अज्ञात नै छ । उनी धार्मिक स्थल बुढीनन्दाबाट कोल्टी फर्किने क्रममा गत भदौ १० गते बेपत्ता भएका थिए । 
स्थानीय प्रशासनले बुधबारबाट फेरि बेपत्ता पत्रकार खड्काको खोजीका लागि पहल शुरु गरेको छ । स्थानीय प्रशासनले नेपाल पत्रकार महासंघको आग्रहमा खड्काको खोजीका लागि बुढीनन्दा क्षेत्रमा नेपाली सेनाको हेलिकप्टर खटाएको छ । 
सेनाको हेलिकप्टरले हवाई मार्गबाट बेपत्ता पत्रकार खड्काको खोजी गर्नुका साथै २० जनालाई उनी बेपत्ता भएको स्थान छेउछाउको क्षेत्रमा उतारेको छ । ‘‘सेनाको हेलिकप्टरले आज (बुधबार) बिहान खड्काकी श्रीमती र आफन्त पर्ने अर्की महिलासँगै घटनास्थल ठानिएको क्षेत्र नजिकैको बस्ती कुरुका १८ जना स्थानीयलाई लगेर छाडेको छ । उनीहरुले हिँडडुल गरेर खोजी गरिरहेका छन्,’’ नेपाल पत्रकार महासंघ, सुदूरपश्चिमका महासचिव योगेश रावलले भने । 
उनका अनुसार उद्धारका लागि गएको आफन्तसहितको टोलीले भनेको ठाउँमा सेनाले हवाईमार्गबाट खोजीसमेत गरेको छ । ‘‘आफन्तको आग्रहमा सेनाले विभिन्न ठाउँमा हेलिकप्टरमार्फत् खोजी पनि गरेको रहेछ । अहिले उनीहरुलाई छोडेर हेलिकोप्टर फर्केको छ । तर आवश्यक परेको बेला जाने गरी स्ट्याण्डबाई छ,’’ महासचिव रावलले बाह्रखरीसँग भने ।   
सरकारले गत भदौमा सम्पर्कविहिन भएका पत्रकार खड्काको खोजीका लागि सेना र प्रहरीको संयुक्त टोली बुढीनन्दा क्षेत्रमा खटाएको थियो । सरकारले सुरक्षा निकायलाई बेपत्ता पत्रकार खड्काको खोजी तथा उद्धारका लागि हेलिकप्टर प्रयोग गर्न निर्देशन दिएपनि मौसम अनुकूल नभएका कारण भदौमा हेलिकप्टर बुढीनन्दा क्षेत्रमा जान सकेको थिएन । 
पत्रकार महासंघ बाजुरा शाखाका अध्यक्ष प्रकाश सिंहले पत्रकार खड्का सम्पर्कबिहिन भएको क्षेत्रमा बाहै्रमास कुहिरो लाग्ने भएकाले हवाई मार्गभन्दा पनि स्थलमार्ग नै उत्तम विकल्प भएको बताएका छन् । धार्मिक स्थल बुढीनन्दा समुद्री सतहबाट झण्डै ४२ सय मिटरको उचाईमा रहेको र पत्रकार खड्का ४१ सय मिटरको उचाई क्षेत्रमा पर्ने ‘बर माग्ने डाँडा’ क्षेत्रबाट सम्पर्कबिहिन भएका बताइएको छ । 
रेडियो नेपालको दिपायल क्षेत्रीय प्रशारण केन्द्र हुँदै केन्द्रीय प्रशारण केन्द्र सिंहदरबारमा समेत काम गरिसकेका पत्रकार खड्का पछिल्लो समय बजुराको कोल्टीस्थित रेडियो बुढीनन्दामा स्टेशन म्यानेजरको रुपमा कार्यरत थिए । बुढीनन्दामा मेला भरेर झण्डै ५ घण्टाको दूरीमा पर्ने ‘बर माग्ने डाँडा’ ‘बर माग्ने डाँडा’ क्षेत्रमा पुगिसकेपछि उनी थर्मस छुटेको भन्दै मेलास्थल फर्केका थिए । 
‘‘बर माग्ने डाँडा पुगेर उनी कसैलाई थर्मस त कसैलाई जुत्ता छुटेको भनेर फेरि मेलास्थल तर्फ फर्किएका भन्ने बुझिएको छ,’’ महासंघ बाजुराका अध्यक्ष सिंहले बाह्रखरीसँग टेलिफोनमा भने, ‘‘बाटोमा भेटिएका अरु तिर्थालुहरुले नफर्किन गरेको आग्रह बेवास्ता गर्दै उनी गएका रहेछन् ।’’
सिंहका अनुसार बुढीनन्दाको दर्शन गरेर फर्केर पनि हेर्न नहुने धार्मिक मान्यता रहिआएको छ । तिर्थालुहरुले धार्मिक स्थलभन्दा वरै पर्ने थाप्रे पाटनबाट जुत्ता–चप्पल नलगाएरै बुढीनन्दा दर्शन गर्न जाने गर्दछन् । जुता–चप्पल फुकालेर राखिने थाप्रे पाटनबाट बुढीनन्दा चार घण्टाको पैदल दूरी पर्दछ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०७५  १३:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC