site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भाइरल तस्बिरबारे प्रचण्डले भने– म्याग्दीको पर्यटन प्रवर्धन भयो
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । ने क पाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’को एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । तस्बिरमा अध्यक्ष प्रचण्ड र गृहमन्त्री बादल एउटा तलाउमा आधा शरीर डुबाएको अवस्थामा देखिन्छन् । 
म्याग्दीको तातोपानी कुण्डमा नुहाउँदै गरेको उक्त तस्बिरलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रचण्ड र बादलको आलोचना पनि गरिरहेका छन् । कतिपयले भने यसलाई सामान्य रुपमा लिनुपर्ने धारणा राखेका छन् । 
सामाजिक सञ्जालमा तस्बिरको आलोचना भएको दुई दिनपछि ने क पाका अध्यक्ष प्रचण्डले यसको बारेमा मुख खोलेका छन् । बुधबार बिहान म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालमा भइरल भएको आफूहरुको तस्बिरका कारण म्याग्दीको पर्यटन क्षेत्रमा फाइदा पुगेको दाबी गरे । 
‘‘म्याग्दीको विकास र व्यवसायका निम्ति यो तीन दिन धेरै महत्वपूर्ण रह्यो । तातोपानी बसाइ स्वतः राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रचारको विषय बन्यो । त्यसले यहाँ आउने पर्यटकहरु मेडिकल टुरिजमको दृष्टिकोणले अझै बढ्ने देखियो । मिडियामा अध्यक्ष र गृहमन्त्रीको तस्बिर जसरी प्रचार भयो, त्यसले म्याग्दीको टुरिजम वर्ष २०७५ लाई मद्दतै भयो,’’ उनले भाइरल तस्बिरबारे प्रष्टीकरण दिँदै भने । 
अध्यक्ष प्रचण्डले आफू नितान्त व्यक्तिगत कामले र गृहमन्त्री बादल केही प्रशासनिक कामले म्याग्दी पुगेको पनि बताए । ‘‘म म्याग्दीमा कसैले नबोलाइकनै आएको हुँ । गृहमन्त्रीजी पनि कसैले बोलाएर, विकासको निम्ति अथवा यहाँको कुनै खास प्रयोजनका लागि नभइकन थोरै प्रशासनिक कामले आउनुभएको हो,’’ उनले भने । 
सम्बोधनको सुरुवातमै अध्यक्ष प्रचण्डले आफू पत्नी सीता दाहालको उपचारका लागि म्याग्दीको तातोपानी कुण्ड पुगेको प्रष्ट्याए, ‘‘मेरै कुरो गर्दा पारिवारिक, मेरी श्रीमतिको जो स्वास्थ्यको समस्या छ । तातोपानीमा नुहाउँदा स्वास्थ्यलाभ हुन्छ भन्ने उनलाई विश्वास भयो । कसैले उनलाई भन्दियो, तातोपानीमा गएर डुबुल्की मार्यो भने छिटो सञ्चो हुन्छ भनेर । दुई महिनादेखि उनी तातोपानी जाऊँ कि तातोपानी जाऊँ भनिरहेकी थिइन् ।’’
उनले आफ्नो तातोपानी भ्रमणका बारेमा प्रधानमन्त्रीसमेत रहेका ने क पाका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग सल्लाहसमेत भएको जिकिर गरे । ‘‘अस्ति प्रधानमन्त्रीजीलाई पनि २–३ दिनका लागि तातोपानी जाने भएँ भनेर भनेको थिएँ । गृहमन्त्रीजीसँग पनि मेरो कुरा भैराखेकै थियो । उहाँको थोरै प्रशासनिक काम पनि थियो र हामी आयौं पनि,’’ प्रचण्डले खुलस्त पारे । 
बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक चिकित्सालयको रुपमा प्रसिद्ध तातोपानी कुण्डमा स्नान गर्दा छाला, नशा, ग्याष्ट्रिक, बाथलगायत रोगका बिरामीलाई फाइदा पुग्ने भएकाले मानिसहरु तातोपानीमा नुहाउन जाने गरेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०७५  १४:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC