site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘अश्लील हर्कत’ गरेपछि मन्त्री र पार्टीबाट हटाइए
Sarbottam CementSarbottam Cement

काठमाडौं । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री रहेका दीर्घ सोडारी पदीय आचरण र सामाजिक मर्यादाभन्दा बाहिर गएर ‘अश्लील हर्कत’ गर्न थालेपछि मन्त्री र पार्टी दुवैबाट बर्खास्त गर्नुपरेको ने क पाले जनाएको छ । ने क पाको सुदूरपश्चिम प्रदेश स्रोतले जानकारी दिएअनुसार सोडारीको ‘यौनजन्य हर्कत’बारे मन्त्री हुनुपूर्व नै पार्टीमा उजुरी परेको थियो ।

तर, पूर्वएमाले कैलालीको नेतृत्वमा रहँदा नेता माधव नेपालसँग नजिक रहेकैले उनी सामाजिक विकासमन्त्री पदमा नियुक्त भएका थिए । मन्त्री पदमा बहाल रहेपछि पनि त्यस्तै हर्कत दोहोर्याइरहेकाले मन्त्री र पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गर्नुपरेको प्रदेश सचिवालयले जनाएको छ ।

“उहाँको हर्कतबारे पार्टीमा अडियो टेपसहित लिखित उजुरी परेको थियो,” प्रदेश स्रोतले बाह्रखरीसँग भन्यो, “यस विषयमा पार्टीको उच्चस्तरीय नेतृत्व (प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल)सम्मै उजुरी पुगेर दुवैको निर्देशनमा सोडारी बर्खासीमा परेका हुन् ।”

Prabhu Bank
Agni Group
NIC Asia

स्रोतका अनुसार सोडारी धनगढीकै एक महिलासँग ‘अनैतिक सम्बन्ध’मा थिए । परस्त्रीसँग ‘अनैतिक हर्कत’ गर्दै आएको उनकी पत्नीलेसमेत चाल पाएकी थिइन् । यसै विषयलाई लिएर उनको घरझगडा चुलिएको गुनासो पार्टीमा आएको थियो ।

तर, उपयुक्त प्रमाण फेला नपरेपछि र गुटले आँखा चिम्लिएकाले उनी मन्त्री बन्न सफल भएका थिए । तर, यसपटक अडियोसहित फेला परेपछि उनी पदमुक्त भएको ने क पा स्रोत बताउँछ ।

Global Ime bank

पारिवारिक तनाव
बर्खासीमा परेका मन्त्री सोडारी पारिवारिक तनावमा समेत छन् । उनकै गाडी दुईपटक दुर्घटनामा परिसकेको छ । त्यसबाहेक उनका छोराले उमेर नपुगेकी केटी भगाएको उजुरीसमेत पार्टीको प्रदेश सचिवालयमा आइपुगेको स्रोतको दाबी छ ।

उनका छोराले तीन महिनाअघि १६–१७ वर्षकी किशोरी भगाएपछि  सामाजिक विकासमन्त्रीकै छोराले कानुन मिचेको आरोपसमेत उनले खेपेका थिए । त्यसबाहेक उनको छोरा लागु–लत (दुव्र्यसनी)मा फसेको र सुधारकेन्द्रमा राख्दासमेत नसुध्रिएकाले उनी रनाहामा थिए ।

लेखराज भन्छन्– महिलासँग नाम जोडिएको थाहा छैन !
स्रोतका अनुसार सोडारीलाई बर्खास्त गर्ने विषयमा सोमबार बेलुका बालुवाटरमा दुई अध्यक्ष र नेता नेपालबीच छलफल भएको थियो । उनी ‘यौनजन्य हर्कत’मा फसेको र अडियो नै बालुवाटार आइपुगेपछि मुख्यमन्त्री त्रिलोचन भट्टलाई प्रधानमन्त्रीले नै हटाउन निर्देशन दिएको स्रोतको दाबी छ ।

तर, ने क पा नेता लेखराज भट्टले भने ‘अनैतिक हर्कत’ देखाएकाले कारवाही गरिएको निर्णय नभएको बताए । “एमाले हुँदा उहाँका बारेमा के–के उजुरी थियो, थाहा भएन । अहिलेचाहिँ पदीय मर्यादाअनुकूल काम नगरेकाले कारवाही गर्नुपरेको हो,” उनको बारेमा पार्टी नेतृत्वसँगै छलफल गरिएको र ‘हटाउनू’ भनेपछि यही निर्देशनलाई निर्णयमा बदलेको भट्टको भनाइ थियो ।

स्रोतका अनुसार सोडारीका विषयमा प्रधानमन्त्री ओली पहिलेदेखि नै सन्तुष्ट थिएनन् । भीम रावलको जोडबलमा उनी मन्त्री नियुक्त भएका हुन् ।

सोडारी निकटस्थ स्रोतका अनुसार उनी माले पृष्ठभूमिका हुन् र शुरूमा वामदेव गौतम निकट मानिन्थे । ०६५ को पार्टी महाधिवेशनमा झलनाथ खनालको कित्तामा उभिए भने ०७१ को महाधिवेशनमा नेता नेपालको पक्षमा खडा भए ।

०७४ को स्थानीय तह निर्वाचनमा एमाले कैलालीका अध्यक्ष थिए सोडारी  । अधिकांश स्थानीय तहमा जित हासिल गराएका थिए ।

तथापि ओली रुष्ट भएकाले उनले प्रदेशसभाको टिकटसमेत पाउने अवस्था थिएन । त्यसबेला पनि नेपालकै जोडबलमा उनी प्रदेशसभाको टिकट पाएर चुनाव जिते ।

तर, सामाजिक विकासमन्त्री बनेपछि नेपाललाई टेर्न छाडेको र पार्टी नेतृत्व, मुख्यमन्त्रीसँग समन्वय नगरी जिल्ला दौडने र योजना तर्जुमाका नाममा ‘भ्रष्टाचारमा संलग्न’ हुन थालेको गुनासो बढेको थियो ।

‘कर्ण थापादेखि नारदमुनिसम्म बहुबिहे गर्ने नेता’
‘महिलासँग नाम जोडिएकै’ले मन्त्री र पार्टीबाट बर्खास्त गर्ने नेता स्वयम् बहुबिहेधारी भएको सोडारीनिकट बताउँछन् । “सोडारीलाई जे आरोप लगाएर कारवाही गरियो, कर्ण थापादेखि लेखराज भट्टसम्मलाई बहुविवाहको आरोप लागेको छ । यसविषयमा पनि पार्टीले छानवीन गर्नुपर्छ,” सोडारीनिकट स्रोतले बाह्रखरीसँग भन्यो । स्रोतका अनुसार सोडारी गुटकै सिकार भएका हुन् ।

“महिलासँग नाम जोेडिएकै आधारमा कारवाही गर्ने हो भने प्रदेश अध्यक्ष कर्ण थापा, कैलाली–५ का सभासद् नारदमुनि राना, लेखराज भट्ट सबै कारवाहीको भागिदार हुनुपर्छ,” स्रोतको तर्क छ, “बहुविवाह गर्ने थापालाई प्रदेशको अध्यक्ष बनाएर पुरस्कृत गर्ने तर सोडारीलाई आफूनिकट नभएकै आधारमा साधारण सदस्यसमेत नरहनेगरी कारवाही गर्ने दुवै कदम ठिक भएनन् ।”

सोडारी भन्छन्– पार्टी निर्णय थाहा छैन !
पार्टीको साधारण सदस्यसमेत नरहनेगरी कारवाही गरेको विषय आफूलाई थाहा नभएको सोडारीले प्रतिक्रिया दिए । पार्टीका जिम्मेवार नेताले मन्त्रीबाट फिर्ता बोलाउने निर्णय सुनाएको भए पनि पार्टीबाट हटाउने निर्णय गरेको बारे आफूलाई जानकारी नदिइएको उनको भनाइ थियो ।

“पार्टी सदस्यबाट समेत हटाएको कुरा मलाई थाहा भएन, मलाई कुनै नेताले जानकारी गराएका छैनन्,” उनले भने । तर, हटाएको भए पनि पार्टीको निर्णय शिरोधार्य गर्ने उनको भनाइ थियो ।

“म पार्टीको इमान्दार सिपाही हुँ । कर्तव्यननिष्ठ छु । पार्टीका हरेक निर्णय मलाई मान्य हुन्छन्,” उनले भने । उनले पार्टीका नेताले जाने–बुझेरै निर्णय लिएको विश्वास व्यक्त गर्दै आफूमाथि लागेको आरोपको खण्डन गर्न चाहेनन् ।

“तपाईंमाथि लागेको ‘अनैतिक हर्कत’को आरोप सत्य हो त ?” भन्ने बाह्रखरीको प्रश्नमा उनले भने, “यस विषयमा म पार्टीमै कुरा राख्छु, सार्वजनिक ठाउँमा बोल्दिनँ ।”
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०७५  १४:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC