site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
दुईदिन घटेर दोहोरो अंकले बढेको सेयर बजार चौथो दिन स्थिर, एभरेस्ट इन्स्योरेन्सको मूल्य ४५ प्रतिशतले कसरी घट्यो ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । बुधबार नेप्से परिसूचकमा झिनो सुधार देखिएको छ । अनलाइन सेयर कारोबार प्रणाली स्थापनापछि नेप्से परिसूचकले पहिलोपल्ट लगातार दुईदिनको सुधार आत्मसात् गरेको हो ।

बुधबारको सुधारले अनलाइन कारोबार प्रणालीको सुरु भएसँगै उब्जिएका हलचल विस्तारै मत्थर हुँदै गएको संकेत गरेको लगानीकर्ताले बताएका छन् । प्रणाली सुरु हुँदै आएका प्राविधिक कठिनाइ विस्तारै हल हुँदै गएको र लगानीकर्ता पनि प्रणालीसँग अभ्यस्त हुन थालेपछि सेयर बजार बढेको जानकारको दाबी छ ।

नेप्से परिसूचक बुधबार ० दशमलव ९८ अंकले बढेको छ । दिनैभरिको आरोहअवरोहपछि बजार परिसूचक १ हजार २ सय ८ दशमलव ५६ अंकमा आएको हो । नेप्से बढ्दा यसदिन सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव १७ अंकले बढेको हो । त्यसैगरी कारोबार रकममा भने सुधार आएको छ । कारोबार रकममा आएको गिरावटका बाबजुद टर्नओभरमा सुधार आएको हो ।\"\"

Prabhu Bank
Agni Group
NIC Asia

यसदिन बजारमा २ हजार ६ सय २८ वटा कारोबार भए । सोक्रममा १ सय ४४ कम्पनीका ७ लाख ८५ हजार ९ सय ९३ कित्ता सेयर १७ करोड ८३ लाख ८० हजार ९ सय ३७ रुपैयाँमा किनबेच भए । मंगलबार १७ करोड ४१ लाख ५५ हजार ३ सय ९० रुपैयाँको कारोबार भएको थियो ।

\"\"

Global Ime bank

यसअघि नेप्से अनलाइन कारोबार प्रणालीमा देखिएको समस्या समाधान गर्न लगानीकर्ताले नेप्सेलाई आग्रह गरेका थिए । त्यसको भोलिपल्ट (मंगलबार) नै परिसूचकमा १४ अंकको सुधार देखिएको थियो ।

अझै समस्या

\"\"

नेप्से परिसूचक बढेपनि नेप्सेको वेबसाइटमा समस्या देखापरेको छ । नेप्से बढ्दा बुधबार एभरेस्ट इन्स्योरेन्स कम्पनी, माहुली सामुदायिक लघुवित्त, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरमा ३० प्रतिशतभन्दा बढीको गिरावट देखिएको छ ।

सामान्यतयाः कुनै पनि कम्पनीको सेयर मूल्य एक दिनमा १० प्रतिशतभन्दा बढीले घटबढ हुन सक्दैन । तर, बुधबारको कारोबारमा सबैभन्दा बढी एभरेस्ट इन्स्योरेन्सको सेयर मूल्यमा एकैदिन ४५ दशमलव ३३ प्रतिशतको गिरावट आएको छ । त्यसैगरी माहुली सामुदायिक लघुवित्तका लगानीकर्ताले ३४ दशमलव ७३ प्रतिशत गुमाएका छन् भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमोटर सेयरको मूल्य २९ दशमलव ७२ प्रतिशतले घटेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०७५  १६:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC