site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
पूर्वदेखि पश्चिमसम्म नेपथ्य यात्रा हुने
Sarbottam CementSarbottam Cement

काठमाडौं । लोकरक ब्याण्ड नेपथ्यले मुलुकको पूर्वी भेगदेखि पश्चिमी किनारसम्म समेट्ने गरि तराइ मधेसका चारवटा सहरको सांगीतिक यात्रा गर्ने भएको छ । मंसिरको पहिलो साता झापाको बिर्तामोडबाट सुरुहुने यो यात्रा धरान, बुटवल हुँदै कैलालीको धनगढीमा टुंगिने नेपालयले जनाएको छ । 

केहि समयअघि मात्र काठमाडौं र सिक्किमका दर्शकहरु सामु प्रस्तुत भइसकेको ब्याण्डले आफ्नो स्थापनाको २५ औं वर्ष मुलुकका अन्य भागका संगीतप्रेमी सँग पनि मनाउने उद्देश्यले यो कार्यक्रम तय गरेको हो । मंसिर ४ गते झापाको बिर्तामोड बाट सुरु हुने यो यात्रा मंसिर ७ गते धरान, १० गते बुटवल हुँदै १३ गते धनगढी पुगेर सम्पन्न हुनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

कन्सर्टमा दर्शकहरुका लागि नेपथ्यले नयाँ पुराना सबै लोकप्रिय गीतहरु मध्येबाट प्रस्तुतीका लागि चयन गरेको छ । त्यस बाहेक दसौं एल्बम सार्वजनिक गर्ने तयारीको सँघारमै रहेको ब्याण्डले ताजा गीतहरु पनि आफ्ना श्रोता दर्शकलाई सुनाउनेछ ।
“द्वन्द्वका बेला सबैभन्दा बढी बिथोलिएको पश्चिमी भेगमा हामीले धेरै पटक पुगेर कन्सर्ट आयोजना गर्दै संगीतका माध्यमबाट भारी मनहरुलाई हलुका पार्न खोजेका थियौं,” नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, “त्यति बेला खतरालाई चिर्दै यात्रा गर्ने नेपथ्य अब पनि मुलुकभरका दर्शकहरुसँग निरन्तर जोडिएर अघि बढ्न प्रयत्नरत छ ।”

देशको जटिल र सहज सबै परिस्थितिमा देशवासीको साथ पाउँदा आफुलाई खुसी लागिरहेको गुरुङ सुनाउँछन् ।

Global Ime bank

नेपथ्य यात्रा अन्तर्गत सबै ठाँउहरुमा कार्यक्रम बेलुकी पौने छ बजेदेखि सुरु हुनेछ र कार्यक्रम स्थलको लागी स्थानीय रंगशालाहरु चयन गरिएको छ । नेपथ्यले बिर्तामोडको डोमालाल राजवंशी रंगशाला, धरान रंगशाला, बुटवल रंगशाला ९एन्फा टेक्निकल सेन्टर० र धनगढी रंगशालामा प्रस्तुति दिनेछ । 

“हामीले काठमाडौं भित्र वा वाहिर जता कन्सर्ट गर्दा पनि प्राविधिक हिसाबले दर्शक र श्रोताहरुलाई एक रुपता दिँदै आएका थियौं,” नेपथ्यको व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, “यस पटक पनि कलाकार र प्राविधिक सहितको भ्रमण दल देखि लिएर अत्याधुनिक साउण्ड सिस्टम सहितको यात्रा यी चार वटै सहरमा गर्नेछौं ।”
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०७५  १६:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC