site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मंसिर तेस्रो साता राष्ट्रपति भण्डारी पोल्याण्ड जाने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी मंसिर तेस्रो साता पोल्याण्डको भ्रमणमा जाने भएकी छन् । संयुक्त राष्ट्रसंघले पोल्याण्डको क्याटोवाइसमा मंसिर १७ गतेदेखि १४ गतेसम्म आयोजना गर्ने जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ जाने भएकी हुन् । 
परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीका अनुसार राष्ट्रपति भण्डारी सम्मेलनमा सहभागी हुन मंसिर १५ गते पोल्याण्ड प्रस्थान गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रपतिको पोल्याण्ड भ्रमण पाँच दिनको हुने उनले जनाए । राष्ट्रपति भण्डारीले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । 
“राष्ट्रपतिज्यूले मंसिर १५ देखि १९ गतेसम्म पोल्याण्डको भ्रमण गर्ने तय भएको छ,” परराष्ट्र मन्त्री ज्ञवालीले बुधबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने, “उहाँ जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागी हुन पोल्याण्ड जान लाग्नुभएको हो ।”
सम्मेलनमा राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनका सम्बन्धमा नेपालको धारणा राख्ने उनले जनाए । जलवायु परिवर्तन नेपालको लागि खाँदै नखाएको विष लागेजस्तो भएको उल्लेख गर्दै मन्त्री ज्ञवालीले उच्चस्तरीय तहबाट यसले नेपालमा पारेको असरमा बारेमा सम्मेलनमा कुरा राख्दा प्रभावकारी हुने बताए । यसै कारण राष्ट्रपतिलाई सम्मेलनमा सहभागी हुन पठाउन लागिएको उनले जनाए । 
“जलवायु परिवर्तनका कारण सबैभन्दा बढी जोखिममा हामी छौं । जलवायु परिवर्तनका कारण हामी केकस्तो जोखिममा परेका छौं, सो कुरा राष्ट्रपतिज्यूले सम्मेलनमा राख्नु हुनेछ,” मन्त्री ज्ञवालीले भने । 


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०७५  १६:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC