site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘लिलामे माइलो’को तयारी अन्तिम चरणमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । लोक नाटक ‘लिलामे माइलो’को मन्चनको अन्तिम तयारीमा पुगेको छ । थापागाउँस्थित कुञ्ज थिएटरमा नाटकको रिहर्सल भइरहेको हो ।

कुञ्ज नाटक घरको प्रस्तुति रहेको नाटक मंसिर १४ देखि पुस ७ गतेसम्म कुञ्ज नाटक घरमा मञ्चन हुनेछ । नाटकको कथा, निर्देशक प्रभाकर न्यौपाने हुन् भने यसलाई नाट्य रूपान्तरण राज थापा काउचाले गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

नाटकमा सलमान गुरुङ, निशा पाख्रिन, राजन भुजेल, पुष्प अवस्थी, विजय नेपाल, विरेन्द्र खाती, अलविना न्यौपाने, विपना थापाको भूमिका रहनेछ । फोटोग्राफी डकुमेन्टेसन युसव गौतम गरेको थिएटरले जानकारी दिएको छ । 

मोरङ जिल्लाको पर्यटकीय क्षेत्र लेटाङ आसपासको मगर समुदायलाई आधार बनाएर नाटक तयार पारिएको निर्माण पक्षले जानकारी दिएको छ  । 

Global Ime bank

लिलामे माइलो नाटकको प्रोमोसन भिडियो पनि सार्वजनिक गरिएको छ । भिडियोमा मगर समुदायमा गाइने प्रख्यात हुर्रा गीत र लाफा नाच देखाइएको छ । नाटकको चरित्र निर्माणको लागि मोरङ जिल्लाको लेटाङ, राजारानी आसपासको क्षेत्रमा कलाकार टोली जाँदाको समयमा गरिएका विविध कृयाकलापलाई समेटिएको छ ।

यसैबीच नाटक निर्माण पक्षले ‘लिलामे माइलो’को ट्रोल बनाउनेलाई पुरस्कृत गर्ने समेत जनाएको छ । उत्कृष्ट ट्रोललाई नगद पाँचहजार पुरस्कार प्रदान गरिनेछ भने दुई जनालाई दार्जिलिङ घुमाउन लगिने बताइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०७५  १७:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC