site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
जिम्बाब्वेविरुद्धको दोस्रो टेस्टमा बंगलादेश जितउन्मुख
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । महमुदुल्लाहले शतक बनाएपछि जिम्बाब्वेविरुद्धको दोस्रो टेस्टमा बंगलादेश बलियो स्थितिमा देखिएको छ । ४ सय ४३ रनको लक्ष्य पछ्याएको जिम्बाब्वेले चौथो दिन सकिँदा दुई विकेट गुमाएर ७६ रन बनाएको छ ।
बंगलादेशले चौथो दिन दोस्रो इनिङ सुरुआत गरेको थियो । महमुदुल्लाहले अविजित १ सय १ रन बनाएपछि बंगलादेशले ६ विकेट गुमाएर २ सय २४ रन बनाउँदा दोस्रो इनिङ समाप्तीको घोषणा गरेको थियो । चौथो दिनको बिहानी सत्रमा बंगलादेशले ४ विकेट गुमाए पनि मोहमम्मद मिथुन र महमुदुल्लाहले घरेलु टोलीको इनिङ सम्हालेका थिए । बंगलादेशले २५ रन बनाउँदा ४ विकेट गुमाइसकेको थियो । मिथुन र महमुदुल्लाहले पाँचौं विकेटका लागि १ सय १८ रनको साझेदारी गरे । मिथुनले ६७ रन बनाए भने मेहदी हसन मिराज २७ रनमा अविजित रहे । जिम्बाब्वेका केली जर्भिस र डोनाल्ड टिरिपानोले २–२ विकेट लिँदा सिकन्दर राजा र सिन विलियम्सको नाममा १–१ विकेट रह्यो । जर्भिसले पहिलो इनिङमा पाँच विकेट लिएका थिए । 
चौथो दिन सकिँदा जिम्बाब्वेले ओपनर ह्यामिल्टन मासाकाड्जा र ब्रेन चरीलाई गुमाइसकेको छ । मासाकाड्जाले २५ तथा चरीले ४३ रन बनाए । ब्रेन्डन टेलर ४ तथा विलियम्सन २ रन बनाएर क्रिजमा छन् । मासाकाड्जालाई मेहदी हसन र चरीलाई तैजुल इस्लामले पवेलियनको बाटो देखाएको थियो । पहिलो इनिङमा तैजुल इस्लाम ५ र मेहन्दी हसनले ३ विकेट लिएका थिए ।
मुस्फिकर रहिमले दोहोरो शतक र मोमिनुल हकले शतक बनाएपछि बंगलादेशले ७ विकेट गुमाएर ५ सय २२ रन बनाउँदा पहिलो इनिङ समाप्तिको घोषणा गरेका थिए । जिम्बाब्वेले दोस्रो इनिङमा ३ सय ४ रन बनाएको थियो । भ्रमणकारी टोलीका ब्रेन्डन टेलरले १ सय १० तथा पिटर मुरले ८३ रन बनाए । पहिलो टेस्ट जिम्बाब्वले १ सय ५१ रनले जितेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०७५  १७:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC