site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
हानले बैंगलोरमा नेपाल प्रवर्द्धन गर्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  होटल व्यवसायीहरूको छाता संगठन होटल एसोसिएसन नेपाल (हान) ले भारत बैंगलोरमा नेपालको पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गर्ने भएको छ । 

सन् ०२० मा २० लाख पर्यटक ल्याउने लक्ष्यमा सहयोग पु¥याउन हानले नेपाल पर्यटन बोर्ड, भारतस्थित नेपाली दूतावास तथा बैंगलोरमा बसोबास गरिरहेका नेपालीको सहकार्यमा आगामी मंसिर ३ गते ‘नेपाल प्रवर्द्धनात्मक कार्यक्रम’ आयोजना गर्ने जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपाली पर्यटन टोलीको नेतृत्व गर्दै बैंगलोर जान लागेका हान अध्यक्ष अमरमान शाक्यका अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि भारतीय पर्यटकको नेपाल भ्रमणमा उल्लेख्य वृद्धि भएको र यसलाई थप विस्तार गर्न त्यहाँका ट्राभल तथा टुर अपरेटरसँग नेपाली होटलको ‘बीटुबी’ बैठकसमेत गरिने छ ।   

हानको अर्धवार्षिक साधारणसभा बैंगलोरमै आयोजना गर्ने जानकारी शाक्यले दिए । साधारणभामा ३५ भन्दा बढी होटल व्यवसायी सहभागी हुनेछन् । साधारणसभाले २०२० मा २० लाख पर्यटक ल्याउने लक्ष्य पूरा गर्न हानले सरोकारवाला निकायसँग सहकार्य गर्दै नीति निर्माण तहमा उपयुक्त सुझाव दिने हानले जनाएको छ । 

Global Ime bank

हानका महासचिव विनायक शाहले सरकारद्वारा १ सय नयाँ पर्यटन गन्तव्य पहिचान गरिएको र ती गन्तव्यमा लगानी विस्तार गर्न सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०७५  १७:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC