site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
श्रीलंका संकटमा नेपालको टिप्पणी– नजिकबाट नियालेका छौं 
Ghorahi CementGhorahi Cement

काठमाडौं– परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले श्रीलंकाको बढ्दो राजनीतिक संकटलाई नेपालले नजिकबाट नियाली रहेको बताएका छन् । उनले श्रीलंकाको राजनीतिक संकट श्रीलंकन राजनीतिक दलका नेताहरुले आँफै समाधान गर्न सक्ने पनि उनले जनाए । 
परराष्ट्र मन्त्री ज्ञवालीले बुधबार श्रीलंकाको राजनीतिक संकटको विषयमा पहिलो पटक नेपालको आधिकारिक धारणा बाहिर ल्याएका हुन् । 

“श्रीलंकामा देखिएको पछिल्लो राजनीतिक संकटलाई हामीले नजिकबाट नियालीरहेका छौं,” परराष्ट्र मन्त्री ज्ञवालीले बुधबार पत्रकार सम्मेलनमा भने, “त्यहाँ देखिएको समस्या श्रीलंकाका राजनीतिक नेताहरुले आफैँ समाधान गर्न सक्नुहुन्छ भन्ने हाम्रो विश्वास छ ।”

Agni Group

श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेनाले त्यहाँका प्रधानमन्त्रीलाई अपदस्त गर्दै नयाँ प्रधानमन्त्रीमा पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेलाई नियुक्त गरेपछि उत्पन्न राजनीतिक संकटका विषयमा नेपालले पहिलो पटक मुख खोलेको हो । 
“संवाद मार्फत श्रीलंकाको समस्या समाधान हुनुपर्छ भन्ने हाम्रो धारणा हो,” मन्त्री ज्ञवालीले भने । 

श्रीलंकाका राष्ट्रपति सिरिसेनाले गएको अक्टोबर २६ तारेखमा प्रधानमन्त्री रनिल बिक्रमासिंघेलाई प्रधानमन्त्रीबाट हटाएर पूर्वराष्ट्रपति  महिन्दा राजापाक्षेलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका थिए । श्रीलंकाको संविधानअनुसार प्रधानमन्त्रीलाई त्यसरी अपदस्त गर्न नमिल्ने भएकोले सर्वत्र त्यसको आलोचना भएको थियो । 

Global Ime bank

त्यसपछि अपदस्त गरिएका प्रधानमन्त्री बिक्रमासिंघेका पक्षधरहरुले श्रीलंकाको सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सो रिटको सुनवाइ मंगलबार भएको थियो । यो बीचमा श्रीलंकाका राष्ट्रपतिले संसद विघटन गरी आगामी जनवरीको पहिलो साता निर्वाचनको घोषणा समेत गरेका थिए । 

श्रीलंकाको सर्वोच्च अदालतले राष्ट्रपतिले गरेको संसद विघटनलाई अस्वीकार गर्दै घोषणा गरिएको निर्वाचनको मितिलाई पनि ‘होल्ड’ गर्न भनेको छ । सर्वोच्चको आदेशपछि श्रीलंकाको राजनीतिक संकट झन् चुलिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०७५  १७:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC