site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
निद्रा पुर्याउन भन्दै फिलिपिन्सका राष्ट्रपतिले महत्वपूर्ण बैठक छुटाएपछि...
Ghorahi CementGhorahi Cement

बीबीसी । फिलिपिन्सका राष्ट्रपति रोड्रिगोले अनौठो कारण देखाउँदै पूर्वी एसियाको क्षेत्रीय सम्मेलनका चारवटा महत्वपूर्ण बैठक छुटाएका छन् । यसअघि पनि रोड्रिगो आफ्ना विवादित बयानका कारण आलोचित रहँदै आएका छन् । यसरी रोड्रिगोले बुधबारका निर्धारित कार्यक्रमहरुमा भने आफू निद्रा पुर्याउनका लागि उपस्थित हुन नसकेको खुलासा गरेपछि पुनः चर्चामा आएका हुन् । उनका प्रवक्ताले यसबारे जानकारी गराउँदै केही समय आराम गर्नुपर्ने भएकाले रोड्रिगोले सुत्नका लागि बैठक छुटाएको बताएका हुन् ।

हाल सिंगापूरमा जारी यस अन्तराष्ट्रिय सम्मेलनमा रोड्रिगो सहित राष्ट्रपति पुटिन, जापानका प्रधानमन्त्री सिन्जो आबे, चिनियाँ प्रधानमन्त्री लिक किकिआङ लगायत अन्य थुुप्रै प्रमुखहरु सहभागी छन् । यस्तोमा ७३ वर्षीय राष्ट्रपतिले आफ्नो व्यवहारको स्पष्टिकरण दिँदै सुत्नु कुनै अपराध नभएकाले आफूले कुनै गलती नगरेको समेत ठहर गरेका हुन् । यसअघि पनि रोड्रिगोले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका महत्वपूर्ण बैठकहरुमा अनुपस्थित रहेर सबैलाई अचम्मित पारेका छन् । यसमा उनको स्वास्थ्यलाई पनि प्रमुख कारण मानिएको छ र गत अक्टोबरमा मात्र उनले आफूलाई क्यानसरको लक्षण देखा परेको खुलासा गरेका थिए । तर उनका प्रवक्ता साल्भाडर पानेलोले भने यो घटना उनको स्वास्थ्यसँग सम्बन्धित नरहेको दाबी गरेका हुन् ।  

Agni Group

उनका अनुसार रोड्रिगोले ढिलो समयसम्म काम गरेको र अघिल्लो दिन केबल तीन घण्टा मात्र सुतेको हुनाले नै उनलाई आरामको आवश्यकता परेको हो । पछि यसबारेमा संचारकर्मीहरुले रोड्रिगोसँग प्रश्न गर्दा भने उनले अझै आफूले पर्याप्त विश्राम गर्न नपाएको बताएका हुन् । यो भन्दा अगाडि पनि रोड्रिगोले एक कार्यक्रममा आफू अत्यन्तै थकित भएकाले पद छाड्न समेत तयार रहेको तर आफ्नो उपयुक्त उत्तराधिकारी फेला नपारेको बताएका थिए । 

वास्तवमा रोड्रिगो मात्र नभएर दक्षिण कोरियाली राष्ट्रपति मुन जे इन पनि सो सम्मेलनमा अमेरिकी उपराष्ट्रपति पेन्ससँगको बैठपूर्व निदाइरहेको अवस्थामा देखा परेका थिए । संचार एजेन्सी वासिङटन पोस्टका संचारकर्मीले त्यो समयको उनको तस्बिर ट्वीटरमा शेयर गरेपछि यो विषय पनि चर्चामा आएको थियो । वास्तवमा पेन्सले १५ मिनेट ढिला गरेकाले मुन सोफामा बस्दै गर्दा केही बेर निदाएको बताइएको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०७५  ०५:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC