site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
तीन लघुकथा
Sarbottam CementSarbottam Cement

(१) व्यापारी

एक व्यक्तिले जीवनभर कपडाको व्यापार ग¥यो र ऊ सफल पनि भयो । ऊ ७८ वर्षको भइसकेको थियो । उसका दुवै छोराले कारोबार राम्रैगरी सम्हालिरहेका थिए तर ऊ जहिले पनि पसल आएर सबै कुरामा हस्तक्षेप गरिरहन्थ्यो । उसलाई अझै नाफा कमाउने लालसा थियो ।

बुवाको व्यवहारबाट आजित भएपछि छोराहरूले पारिवारिक पण्डितलाई बोलाएर आग्रह गरे, “धेरै पैसा कमाउने लोभबाट बुवा बिरामीजस्तो हुनुभयो । उहाँलाई वर्षभरि तीर्थ घुमाउन लैजानुप¥यो तपाईंले । कमसेकम उहाँको ध्यान धनसम्पत्तिबाट हटेर पूजापाठमा त लाग्थ्यो ।”

Prabhu Bank
Agni Group
NIC Asia

पण्डित सहमत भयो । दुवै तीर्थयात्रामा हिँडे । एक वर्षसम्म उनीहरू बद्रनाथ, केदारनाथलगायत भारतका सबैजसो तीर्थस्थल घुमे । तर, यति धेरै धर्मपीठको यात्रा गर्दा पनि बूढोको मनबाट धनसम्पत्तिको लोभ हटेन । निराश भएर पण्डितले उसलाई वाराणसीको ठूलो घाटमा लिएर गयो ।

अचानक पण्डितले बूढोमा परिवर्तन देख्यो । उसको अनुहारमा खुशीको आभा देखियो । आँखा सूर्यजस्तै चम्किला भए । उसको शारीरिक भाषा एकदमै बदलियो । खुशी भएर उसले पण्डितलाई भन्यो, “तपाईंले मलाई पहिल्यै किन यो ठाउँमा ल्याउनुभएन ? अहिले बल्ल तपाईंले मेरो आँखा खोलिदिनुभयो । सारा जीवन मैले कपडाको व्यापारमा लगाएँ । आज बल्ल थाहा पाएँ कि म गलत रहेछु । मैले त काठको व्यापार पो गर्नुपर्ने रहेछ । हेर्नुस् त यहाँ काठको माग कति रहेछ । अहिलेसम्म मैले कति नाफा कमाउन सक्थें होला, सोच्नुस् त !”

Global Ime bank

पण्डित टाउकोमा हात लगाएर थचक्क भुइँमा बस्यो ।


(२) कानुन

चार साथीहरू मिलेर कपासको कारोबार गर्थे । उत्पादन भएको कपास उनीहरूले ठूलो गोदाममा राख्थे । तर, त्यहाँ मुसाहरूले उनीहरूलाई साह्रै तनाव दिइरहेका थिए । यसले उनीहरूलाई ठूलै आर्थिक क्षति भइरहेको थियो । वाक्क भएर उनीहरूले बिरालो पाले ।

बिरालो आएपछि मुसाको बिल्लिबाठ भयो । भएभरका मुसा सखाप भए । त्यसपछि बिरालो चारै साथीको प्रिय बन्यो ।

चारै साथीले एकदिन ठट्टामा सल्लाह गरे— बिरालोका चार वटै खुट्टा आपसमा बाँड्ने । त्यसपछि उनीहरूले आ–आफ्नो भागमा परेका खुट्टामा सुनको पाउजु लगाइदिए । बिरालोले पाउजुको आवाज निकाल्दै यताउता दगुर्न थाल्यो ।

एकदिन बिरालोको एउटा खुट्टामा चोट लाग्यो । ऊ खोच्याएर हिँड्न थाल्यो । जुन साथीको भागमा चोट लागेको खुट्टा परेको थियो, त्यसा उसले पट्टी बाँधिदियो । तर, बिरालो यताउता कुदिरहँदा पट्टी खुकुलो हुँदै गयो । खुकुलो हुँदै गाँठो पनि फुस्कियो र जमिनमा लत्रिन थाल्यो ।

एकदिन साँझ चारै साथीहरूले गोदाममा पूजा गरिरहेका थिए । त्यत्ति नै बेला बिरालोले माथिबाट हामफाल्यो । उसको खुट्टाको पट्टीले दियोमा छोयो र सल्किन लाग्यो । ऊ पोलेर छट्पटिँदै यताउता दौडिँदा आगोले कपास टिप्यो । एकैछिनमा कपासको रास दन्किन थाल्यो । हेर्दाहेर्दै गोदाम खरानी भयो ।

यो दुर्घटनाबाट विचलित साथीहरूले एक–अर्कालाई दोष दिँदै झगडा गर्न थाले । कुरा यहाँसम्म पुग्यो कि बिरालोको जुन खुट्टामा पट्टी बाँधिएको थियो, त्यो खुट्टाको मालिकले बाँकी तीन जनालाई क्षतिपूर्ति दिनुपर्छ । किनकि त्यही खुट्टाको पट्टीका कारण आगो फैलिएको थियो ।

झगडाले चर्को रूप लिन थालेपछि उनीहरू अदालत पुगे । न्यायाधीशले दुवै पक्षका कुरा सुनेर फैसला गरे, “यो साँचो हो कि बिरालोको घाइते खुट्टामा बाँधिएको पट्टीका कारण आगो लागेको हो । तर, बिरालोले यो आगो फैलाउन बाँकी तीन सद्धे खुट्टाले साथ दिएका छन् । यसमा अरु तीन वटा खुट्टाको दोष छ । त्यसैले यी तीन वटै खुट्टाका मालिकले घाइते खुट्टाका मालिकलाई क्षतिपूर्ति दिनुपर्छ ।”


(३) योजना

एउटा सिंहलाई जालमा फसाएर बन्धक बनाइयो । उसलाई तारले बारिएको एउटा ठूलो घेराभित्र लगेर छाडियो, जहाँ ऊजस्तै अरु थुप्रै सिंह कैद थिए ।

उसले देख्यो— अरु सबै सिंहहरू आफसमा झगडा गरिरहेका छन् । कोही आहाराका लागि, कोही आफ्नो क्षेत्रका लागि । कतिपय स–साना कुरामा पनि उनीहरू झगडा गरिरहेका थिए । कोही उँघिरहेका थिए, कोही बिनाकाम यताउता चक्कर लगाइरहेका थिए । त्यो ठूलो घेराबाट बाहिर निस्किन कोही सक्दैनथे ।

यी सबबाट बेखबर एउटा सिंह सबैभन्दा कुनातिर एक्लै शान्त बसिरहेको थियो । बडो ध्यान दिएर उसले आफू कैद घेरा र वरपर हेरिरहन्थ्यो । नवआगन्तुक सिंह ऊछेउ गएर सोध्यो, “तिमी किन अरुबाट छुट्टिएर एक्लै बसिरहेका छौ ?”

“म लामो समयदेखि यो ठूलो घेरा तोडेर भाग्दा आइपर्ने समस्याबारे सोचिरहेको छु । आजमात्रै म त्यसमा सफल भएको छु,” उसले नवआगन्तुकलाई भन्यो ।

अर्को दिन नवआगन्तुक सिंहले चाल पायो— त्यो सिंह त्यहाँ थिएन ।

(भारतीय लेखक सुनील हान्डाद्वारा संकलित पुस्तक ‘स्टोरिज फ्रम हियर एन्ड देयर’बाट साभार ।)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १, २०७५  ०८:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC