site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
टिमको लक्ष्य खेल जित्नुु थियो, जित्यौंः प्रशिक्षक श्रेष्ठ
Sarbottam CementSarbottam Cement

काठमाडौं । लामो समयको विश्रामपछि शनिबार बाट पुुन सूचारु भएको शहिद स्मार ए डिभिजन लिगको पहिलो खेल जितेको मनाङका प्रशिक्षकले टिमको लक्ष्य पूरा भएको बताएका छन् । “खेलमा पहिलो १०—१५ मिनेट निकै गाह्रो भयो । तर, पनि खेल जित्नु थियो, जित्यौं,” मनाङका प्रशिक्षक सुमन श्रेष्ठले भने । 

लिगमा लगातार जित निकाल्दै शीर्ष स्थानमा रहेको मनाङका प्रशिक्षकले न्युरोड टिम (एनआरटी) विरुद्धको खेल सोचे अनुरुप नभएको बताए । खेलपछि सञ्चारकर्मीसँग प्रशिक्षक श्रेष्ठले आफ्नो टिमले आजको खेलमा देखाएको प्रदर्शन टिमको स्तरअनुसारको नभएको बताए ।

“४ गोल गर्ने लक्ष्य थियो । तर, सुरुआतमै खेलाडी घाइते भएपछि टिमले घाटा व्यहोर्नु पर्यो । खेलको फिनिसिङ पनि राम्रो भएन,” मनाङका प्रशिक्षक श्रेष्ठले भने, “हाम्रो टिमका लागि मैदान नै मुख्य समस्या हो । अभ्यास गर्दा बालुवा अथवा टर्फमा  तर, आज घाँसे मैदानमा खेल्नुपर्दा एक्दमै गाह्रो भयो ।”

Prabhu Bank
Agni Group
NIC Asia

साविक विजेता मनाङका पहिलो रोजाइका खेलाडीलाई न्युरोड टिम (एनआरटी) का खेलाडीले खेलको सुरुमै लडाएपछि घाइते भएका मिड्फिल्डर प्रकास बुढाथोकी र सुजल श्रेष्ठ लामो समय मैदान बाहिर रहेने छन् ।

“प्रकाशको सोल्डर फ््याक्चर भएको छ । उनले अब २ महिना पूरा आराम गर्नुपर्ने डाक्टरको सल्लाह छ,” प्रकास बारे बोलिरहँदा मलिन अनुहार बनाएका प्रशिक्षक श्रेष्ठले भने “सुजललाई पनि डाक्टरले ६ हप्ता आराम गर्न भनेका छन्. । तर उनलाई छिटो निको भयो भने ३—४ हप्तामा खेल्न सक्छन् ।”

Global Ime bank

मनाङका पहिलो रोजाइका खेलाडी घाइते भएपछि टिम कमजोर भएपनि यसपछिको थ्री—स्टारसँगको खेल राम्रो खेल्ने प्रशिक्षकको विश्वास छ । उनले भने, “खेलाडीको रिप्लेसमेन्ट नभएपनि टिममा रहेका अन्य खेलाडीहरु फर्ममा आइसकेका छन् । थ्री स्टारसँगको खेल प्रतिस्पर्धात्मक हुनेछ ।”

समूहचरणको दोस्रो खेलमा मनाङसँग पराजित भएपछि न्युरोड टिम (एनआरटी) का प्रशिक्षकले आफ्नो टिमले गोल गर्न नसकेपनि मनाङसँगको खेलमा आफू सन्तुुष्ट रहेको बताएका छन् ।

“ युुवा कम अनुुभवी खेलाडी टिममा छन् । त्यसैले मनाङ जस्तो बलियो टिमसँगको नतिजामा म सन्तुष्ट छु,” एनआरटीका प्रशिक्षक महेश्वर मुल्मीले भने “तयारी गर्न मैदान छैन् ।  तयारी गर्न समय पनि कम अनि कसरी हुन्छ तयारी ।”

बाँकी खेलमा राम्रो नतिजा निकाल्ने बताएका उनले आफ्ना खेलाडीहरुले पूरा मैदानमा खेल्न नपाएकाले मैदानमा कुन पोजिसनमा कहाँ बस्नेसम्म थाहा नपाएको दुखेसो गरेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १, २०७५  १५:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC