site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पारा ओलम्पियनलाई आजीवन भत्ता
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले तीन पारा ओलम्पियन खेलाडीलाई आजीवन मासिक भत्ता दिने भएको छ । राखेपले शनिबार पारा ओलम्पियन विक्रमबहादुर राना, लक्ष्मी कुँवर र मैया विशंखेलाई साउनदेखि कात्तिक महिनासम्मको मासिक ३ हजारका दरले जनही १२ हजार नगद राखेप सदस्य–सचिव केशवकुमार विष्टले हस्तानान्तरण गरे ।

एथलेटिक्सका विक्रमले लन्डन र ब्राजिल पारा ओलम्पिक, पौडीकी लक्ष्मी कुँवरले ब्राजिल पारा ओलम्पिक तथा एथलेटिक्सकी मैयाले लन्डन पारा ओलम्पिकमा सहभागिता जनाएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

गत असोजमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) को अध्यक्षतामा बसेको राखेपको ११० औं बोर्ड बैठकले पारा ओलम्पिकमा सहभागी खेलाडीलाई पनि गृष्मकालीन ओलम्पिकमा सहभागी खेलाडी सरह आजीवन मासिक भत्ता दिने निर्णय गरेका थिए ।

१९६४ एता गृष्माकालीन खेलकुदमा सहभागी ५९ खेलाडीलाई राखेपले मासिक ३ हजारका दरले साउनदेखि भत्ता उपलब्ध गराउन थालेको राखेपले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १, २०७५  १६:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC