site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले भ्याट फिर्ता तथा समायोजनको प्रावधान हटाएको विरोधमा मुलुकभरका कपडा उद्योगी आन्दोलनमा उत्रिएका छन् । पटक पटकको ध्यानाकर्षण पछि पनि सरकारले माग पुरा नगरे भन्दै उद्योगीले आआफ्ना उद्योग बन्द गरी आन्दोलनमा उत्रिएका हुन् । 

मुल्य अभिवृद्धि करका सम्बन्धमा पुरानै व्यवस्था कायम हुनुपर्ने माग गर्दै आएको नेपाल कपडा उद्योगल संघले शनिबार राजधानीमा पत्रकार सम्मेलन गरि मंसिर ७ गतेसम्म मुलुकभरका सबै कपडा उद्योग बन्द गरिने जानकारी दिएको हो । सरकारले बिकल्प विना नै भ्याट फिर्ता तथा समायोजनको प्रावधान हटाएकाले उद्योग संञ्चालन गर्न नसक्ने स्थिती आएको उद्योगीको भनाइ छ । संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले आफूहरुको माग सम्बोधन नभए एक हप्ताका लागि बन्द भएका कपडा उद्योगहरु सधैका लागि बन्द हुने चेतावनी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि संघले कात्तिक १५ गते देखि मुलुकभरका कपडा उद्योग बन्द गर्ने चेतावनी दिएको थियो । यसबीचमा सरकारले समस्या समाधानका लागि वार्तामा बोलाएपछि संघले तत्कालका लागि उद्योग बन्द गर्ने पूर्वघोषित कार्यक्रम स्थगित गरेको थियो । तर वार्ता सकारात्मक नभएपछि संघ उद्योग बन्द गरि आन्दोलनमा उत्रिएको हो ।  

विदेशी कपडासँग प्रतिष्पर्धा गर्नका लागि सरकारले नेपाली कपडा उद्योगलाई मुल्य अभिवृद्धि करको छुट दिँदै आएको थियो । कपडा उद्योगीहरु कर छुटको व्यवस्था नराख्दा विदेशी कपडासँग प्रतिपर्धा गर्न नसकिने र उद्योग व्यवसाय नै धरापमा पर्ने भएकाले आफूहरु उद्योग संञ्चालन गर्न सक्ने अवस्थामा नरहेको बताउँदै आएका छन् । कर छुट दिन नमिले अन्य विकल्पबाट उद्योगलाई सो बराबरको अनुदान उपलब्ध गराउनुपर्ने उनीहरुको माग छ । 

Global Ime bank

चालु आर्थिक बर्षको बजेट घोषणामा सरकारले करको सिद्धान्त विपरित रहेको भन्दै कपडा उद्योगीलाई दिँदै आएको कर छुटको व्यवस्था खारेज गरेको थियो । लगत्तै व्यवसायीले कर निर्धारण सम्बन्धी निर्णयलाई पुर्नविचार गर्न आग्रह गर्दै प्रतिवेदन बुझाएका थिए । उद्योगीका माग बारे छलफल गर्न सरकारले कार्यदल बनाएपनि केही उपलब्धि नभएपछि उद्योगी उद्योग नै बन्द गर्ने अवस्थामा पुगेका हुन् । 

कुल औद्योगिक उत्पादनको ७ प्रतिशत हिस्सा नेपालको कपडा उद्योगले लिएको छ । कुल निर्यात आयमा १५ प्रतिशत योगदान पुर्याएको कपडा उद्योगमा ६० हजार बढीले रोजगारी पाएरहेका छन् । मुलुकभर २ सय ५० वढी कपडा उद्योग छन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १, २०७५  १६:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC