site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
विवादपछि फेसबुकका कर्मचारीलाई आइफोन प्रयोग नगर्न जुकरबर्गको निर्देशन
Sarbottam CementSarbottam Cement

एजेन्सी । पछिल्लो समय एप्पलका मालिक टिम कुक र फेसबुकका कार्यकारी अधिकृत मार्क जुकरबर्कबीच सार्वजनिक रुपमै विवाद चलिरहेको छ । क्यामब्रिज एनालिटिकाको घटनालाई लिएर कुकले बारम्बार मिडियामा जुकरबर्गको आलोचना गरेपछि आक्रोशित हुँदै जुकरबर्गले फेसबुकका सबै कर्मचारीलाई आइफोन नचलाउन निर्देशन दिएको डेलीमेलले जनाएको छ । 

गत अप्रिलमा कुकले फेसबुकमाथि प्रयोगकर्ताका व्यक्तिगत जानकारी बेचेर विज्ञापन कमाइरहेको आरोप लगाएका थिए । यसरी जुकरबर्ग कानुनी विवादमा फसेका बेला पनि कुकले आफू जुकरबर्ग भएको भए त्यस्तो अवस्थामा कहिल्यै नहुने बताएका थिए । उनको सो भनाइप्रति जुकरबर्गले बारम्बार असन्तुष्टि जनाउँदै आएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

तर फेसबुक मात्र नभएर पछिल्लो समय एप्पलले पनि प्रयोगकर्ताका जानकारी लिक गराएको खबर बाहिर आएपछि जुकरबर्गले कुकलाई जवाफ दिने मौका पाएका हुन् । यस्तोमा एप्पलविरुद्ध एन्ड्रोइडको समर्थन गर्दै जुकरबर्गले फेसबुकका सबै कामदारलाई आइफोन नचलाउन निर्देशन दिएका हुन् । 

त्यसैगरी जुकरबर्गले एप्पलका उत्पादनको मूल्यतर्फ संकेत गर्दै आफ्नो कम्पनीले निशुल्क सेवा प्रदान गर्दै विश्वका सबै स्तरका मानिसहरुलाई आफ्ना इष्टमित्रसँग नजिक ल्याउने मौका दिलाएको पनि ठहर गर्ने गरेका छन् ।  यस्तोमा लामो समयदेखिका प्रतिस्पर्धी फेसबुक र एप्पलबीच दुश्मनी सुरु भएको बताइन्छ । त्यसैगरी यो घटनापछि अब टिम कुकले फेसबुकको सार्वजनिक गर्दैगर्दा सचेत हुनुपर्ने अवस्था आएको बताइएको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २, २०७५  ०५:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC