site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भारतमा किन परिवर्तन गरिँदैछ मुख्य सहरको नाम ? मोदीका लागि नाममा के छ ?
Ghorahi CementGhorahi Cement

काठमाडौं । छिमेकी भारतमा अहिले मुश्लिम नामलाई हिन्दू नाममा परिवर्तन गर्ने होड चलेको छ । भारतीय जनता पार्टी (भाजपा) को सरकारले अहिले ऐतिहासिक सहर, सडक र महत्वपूर्ण सार्वजनिक स्थलको नाम परिवर्तन गरिरहेको छ । 

भारत स्वतन्त्र भएपछि अहिलेसम्म करिब १०० वटा महत्वपूर्ण स्थानका नाम परिवर्तन गरेर तिनलाई हिन्दू नामसँग मिल्दोजुल्दो बनाइएको छ । जस्तो कि धेरै नाम चलेकामा बम्बईलाई मुम्बई, कलकत्तालाई कोलकाता, मद्रासलाई चेन्नई बनाइएको छ । यी नाम परिवर्तन केहीअघि भएपनि पछिल्लो समयमा भएका परिवर्तन विवादमा आएका छन् । यसअघि परिवर्तन गराइएका नाम  बृटिशहरुले अपभ्रंश गराएकालाई सच्याइएको र उपनिवेशको अर्थमा आएका नामलाई अस्वीकार गरिएकाले त्यति धेरै विवाद आएन । 

तर, अहिले नरेन्द्र मोदी नेतृत्वको सरकारले पछिल्लो समयमा नाम परिवर्तनको लहर चलाएपछि विवादपनि भइरहेको  छ ।  बृटिश युगको ख्यातिप्राप्त रेल स्टेशन मुगलसराइको नाम गएको जुलाईमा उत्तरप्रदेशका सो पार्टीका विचारकको नामबाट दिनदयाल उपाध्याय जङ्सन राखिएको छ । गएको महिना उत्तरप्रदेशकै शहर इलाहवादको नाम परिवर्तन गरेर प्रयागराज राख्ने निर्णय गरियो । 

Agni Group

उक्त स्थान हिन्दूहरुको प्रमुख तिर्थस्थल मानिन्छ । अहिले शहरको रुपमा रहेको त्यो स्थान तीन पवित्र नदीको त्रिवेणीमा पर्छ । जसको नाम ४३५ वर्षअघि मुश्लिम शासकले राखेका हुन् भन्ने भाजपाका नेताहरुको तर्क छ । यो मात्रै होइन फैजावाद जिल्लाको नाम अहिले अयोध्या राखिएको छ । जुन स्थानमा हिन्दूले भगवान मान्ने रामको जन्म भएको मानिन्छ । सन् १९९२ मा हिन्दूवादीहरुको एउटा समूहले त्यस स्थानमा प्राचीन मश्जिद ध्वस्त पारेका थिए । त्यसक्रममा भएको दंगामा देशभरी करिब २ हजार मानिसको ज्यान गएको थियो । 

अहिलेको मोदी सरकारले उत्तर प्रदेशको आग्रा जहाँ प्रसिद्ध ताजमहल रहेको छ त्यसलाई र गुजरातको अहमदावादलाई पनि हिन्दू नाम दिन प्रयास गरिरहेको छ । यो वर्षको सुरुमा भाजपाको शासन रहेको राजस्थानमा मुश्लिम जस्तो नाम भएका तीन वटा गाउँको नाम परिवर्तन गरिएको थियो । सत्तारुढ भाजपाले भारतमा हिन्दूहरुको गौरवपूर्ण अतीत रहेको व्याख्या गर्दै आएको छ । तर, त्यो गौरबका कुरा गर्दा इश्लामिक मान्यता र सम्पदाहरुलाई अप्ठेरो पर्ने अवस्था आएको भन्दै आलोचना पनि भइरहेको छ ।

मोदी सरकार आउनासाथै सन् २०१४मा दिल्लीको मध्यभागमा रहेको मुगल शासकको नामबाट राखिएको सडकको नाम औरगञ्जेबलाई पूर्वराष्ट्रपति एपीजे अब्दुल कलामको नाममा राखिएको थियो । 

Global Ime bank

अब्दुल कलाम भारतकोे मिलिटरी मिसाइल कार्यक्रमका लागि पनि प्रख्यात व्यक्ति हुन्  ।  भारतमा रहेका कूल ६ लाख ७७ हजार गाउँ मध्ये ७ हजार भन्दा बढीको राम वा कृष्णको नामबाट जोडिएका छन् । मुगल राजा अकबर भने एक त्यस्ता अपवाद हुन् जसको नामबाट मात्रै २३४ गाउँका नाम छन् । विश्वका अन्य स्थानमा यसरी नाम परिवर्तन नगरिएका भने होइनन् । कतिपयले भारतकै जस्तो कारणले पनि नाम बदल्ने गरेका छन् । तर, अहिले भारतमा गरिएको शैली चाहीँ विश्वकै सबैभन्दा ठूलो लोकतन्त्रमा सुहाएन भनेर आलोचना गरिएको छ । 

आलोचकहरुले इश्लामिक नाम परिवर्तन गर्नु भनेको मुश्लिमलाई सशक्तिकरण गर्न नचाहेको वा इतिहासमा उनीहरुको हिस्सेदारी अस्वीकार गरेको रुपमा व्याख्या गरेका छन् । 

भारतमा मे २०१९ मा हुने आम निर्वाचन नजिकिँदै जाँदा यसरी नाम परिवर्तनको होड चल्नु भनेको हिन्दू मतदातालाई आकर्षित गर्ने प्रयासको रुपमा धेरैले व्याख्या गरेका छन् । भारतको गृहमन्त्रालयका अधिकारीले गएको मार्चमा संसदमा दिएको जानकारीअनुसार विभिन्न राज्यका २७ स्थानको नाम परिवर्तनका लागि प्रस्ताव आएका छन् । त्यसमा विभिन्न गाउँ र रेलवे स्टेशनको नाम परिवर्तन गर्न प्रस्ताव गरिएको छ । धेरैजसो त्यस्तो प्रस्ताव भाजपाले शासन गरिरहेको राजस्थान र हरियाणाबाट भाजपाका नेता कार्यकर्ताले नै पठाएका छन् ।  

तर, नाम परिवर्तन गर्दैमा पार्टीले धेरै मत पाउँछ भन्ने चाहिं कुनै पनि ग्यारेन्टी छैन । नाम परिवर्तनका लागि भनेर त्यहाँ कुनै आन्दोलन पनि भएका छैनन् । 

“साँच्चैको भलाई गर्न नसकेको अवस्थामा केही न केही परिवर्तन भइरहेको छ भन्ने सन्देश दिन यसो गरिएको हुनुपर्छ,” समाजशास्त्री सञ्जय श्रीवास्तवले भनेका छन्, “यसले धेरै भोट दिलाउँछ जस्तो लाग्दैन । भाजपालाई अप्ठेरो पनि पार्न सक्छ ।”
इलाहवादको नाम प्रयागराज राखिएपछि भाजपाका कार्यकर्ताहरुले त्यहाँ विजयोत्सव मनाएका थिए । “अहिलेका शासकहरुले अरु केही पनि गर्न सक्दैनन् र नाम बदल्न मात्रै ध्यान दिन्छन्,” आलोचकहरुले यस्तै टिप्पणी गरिरहेका छन् । 
समाचारहरुमा भविश्यमा यस्तो कामले ठूलो अप्ठेरो पर्न सक्ने जनाइएको छ । सैयौंवर्ष अघिका शहरको नाम नै मुश्लिम भएका कारण सुन्न नसक्नुलाई  धेरैले असहिष्णु व्यवहारका  रुपमा हेरेको पाइएको छ । 

अहिले भाजपाका नेताहरुले अहमदावादको कर्णावती, भोपालको भोजपाल, औरंगावादको  समभाजीनगर, पटनाको पाटलीपुत्र, हैदरावादको भाग्यनगर, गोवाको गोभापुरी, केरलाको केरलम र नागाल्याण्डको नागान्ची  लगायतको नाम राख्न चाहेका छन् । यो सरकार हुन्जेल यो क्रमले निरन्तरता पाउने संकेत दिइएको छ । यदि यसो भयो भने पहिले नै असन्तोष व्यक्त भइरहेको अवस्थामा झन् असन्तोष बढ्नेछ । 

भारतमा कस्तो ठट्टापनि हुन थालेको छ भने अब सायद कुनै परिवारले पनि आफ्ना छोराछोरीको नाम राख्न सक्ने छैनन् । सायद भाजपालाई नै यसबारेमा पहिला सोध्नुपर्ने होला । अल्लाहवाद र फैजावादको नाम परिवर्तन गरेपछि भाजपाका नेताले सुल्तानपुरलाई कुशपुर वा कुशभवनपुर राख्नुपर्ने तर्क गरेका थिए । प्रस्तावित नाम भगवान रामका छोरासँग सम्बन्ध राख्छ । सुल्तानपुरको नाम परिवर्तन गर्ने सम्बन्धी प्रस्ताव उत्तरप्रदेशको विधानसभाले स्वीकृत गरेको छ र आगामी अधिवेशनमा त्यसबारेमा छलफल गरिने जनाइएको छ । भारत स्वतन्त्र भएपछि कुशभवनपुर दिवस सो स्थानमा हरेक वर्ष अगष्ट २६ का दिन मनाइने गरिएको छ । 

कुशभवनपुर नाम राख्नुपर्ने भनेर यसअघि नै स्थानीय नगरपालिकाले प्रस्ताव पारित गरिसकेको जनाइएको छ । उत्तप्रदेशको योगी आदित्यनाथको सरकारले चालेको पछिल्लो कदमको विपक्षीबाट मात्रै होइन त्यहाँ सत्तापक्षका कतिपय नेताले पनि विरोध गरिरहेका छन् । उत्तर प्रदेशका एकजना मन्त्री ओमप्रकाश राजभरले भाजपाको कदमको आलोचना गर्दैै भाजपाले ठाउँको नाम परिवर्तन गर्नका लागि सबैभन्दा पहिला आफनो पार्टीका नेताको नाम परिवर्तन गर्नुपर्ने जनाएका छन् ।
उनले भाजपाका राष्ट्रिय प्रवक्ता सहनावज हुसेन, संघीय मन्त्री मुख्तर अब्बास नाक्भी  र उत्तर प्रदेशका मन्त्री मोहसिन राजाको नाम फेर्नुपर्ने भन्दै व्यङ्ग गरेका छन् । 

समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले पनि  मुख्यमन्त्रीको आलोचना गर्दै भनेका छन्, “राजा हर्षबद्र्धनले प्रयागकुम्भ बनाएका हुन् । त्यसमा दानको ‘अफर’ गरिएको थियो । तर अहिलेका शासकले प्रयागराजमात्रै राखेर जस लिन खोजेका छन् ।” 

प्रमुख विपक्षी कांगे्रस (आइ) ले प्रयागराज शहरको नाम राखेर इतिहासलाई खेलौना बनाउन खोजिएको भन्दै आलोचना गरेको छ । उत्तरप्रदेश सरकारले आग्राको विमानस्थल, बरेली र कानपुरको नाम परिवर्तनका लागि केन्द्र सरकारलाई प्रस्ताव पठाइसकेको छ । आग्रा विमानस्थलको नाम जन संघका संस्थापक दिनदयाल उपाध्यायको नामबाट राख्न प्रस्ताव गरिएको छ ।  

भाजपाले  उत्तरप्रदेशमा विगतमा त्रुटिवस राखिएका नामलाई अहिले सच्याइएको बताउँदै आएको छ । सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले फिल्मी गीत ‘मेरे ख्वाबो कि शाहजादी, मैं हूँ अकबर अल्लाहवादी’ लाई पनि यो सरकारले सच्याउन बेर छैन भन्दै व्यङ्ग गरेका छन् । 

सन् २०१९ को कुम्भ मेलाभन्दा अघि नै इलाहवादलाई प्रयागराज भन्न थालिने जनाइएको छ । 

त्यहाँ इलाहवाद बैंक छ, इलाहवाद हाइकोर्ट पनि छ । तिनको नाम के होला भनेर पनि प्रश्न उठाइएको छ । यसैगरी काव्यहरुको नाम अकबर अल्लाहवादी, पुर्णम अल्लाहवादी र राज अल्लाहवादी के हुन्छन् भनेर प्रश्न पनि उठाइएको छ । अब योगीले काव्यका पुस्तकको नाम पनि परिवर्तन गरेर प्रयागराजी बनाउने हुन् कि भनेर थुप्रैले जिस्क्याइरहेका छन् । 

योगी आदित्यनाथले भने आफ्नो देशको इतिहास थाहा नपाउनेले मात्रै नाम परिवर्तनको आलोचना गरेको भन्दै प्रतिवाद गरेका छन् । कतिपयले भने  भाजपाका अध्यक्ष अमित शाहको नाम नै पर्सियन नाम भएकोले त्यो पनि परिवर्तन गर्न सुझाव दिएका छन् ।

इतिहासकार तथा प्राध्यापक इफ्रान हबिबले अमित शाह संस्कृत शब्द नभएकोले आफ्ना अध्यक्षकै नाम फेर्न सत्तारुढ भाजपालाई सुझाव दिएका छन् । शाह भन्ने शब्द संस्कृत नभइ फार्सी भएको उनको तर्क छ । उनले गुजरातको नाम पनि पर्सियन भएको र यसलाई पहिले गुर्जरात्रा भनिने गरिएको जनाएका छन् । अफगान मुश्लिमहरुले मुन्सी, मजुमदार जस्ता थर रहेको पनि उनले स्मरण गराएका छन् ।  शाह थर लेख्ने मुश्लिमहरु केही शताब्दी अघि उत्तर अफगानिस्तानबाट भारतमा आएको उनको दाबी छ । त्यो समयमा इरानीहरुले पनि आफ्नो थर शाह लेख्ने गर्दथे ।

उनले मुश्लिम भारत नआइकन शाहको भारतमा कुनै अस्तित्व नभएको बताएका छन् । इतिहासकारकै यो भनाइले भाजपाका अध्यक्ष स्वयम् भने अहिले अप्ठेरो महसुस गरिरहेका छन् । अर्कातर्फ मुश्लिम समुदायले भने आफूहरुलाई हेप्न खोजिएको रुपमा लिएको पाइएको छ । मोदी सरकारका यस्ता गतिविधिले आगामी चुनावमा कस्तो परिणाम ल्याउँछ त्यो भने चुनावपछि नै देखिनेछ । 
(समाचार एजेन्सीहरुको सहयोगमा)

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ३, २०७५  ०५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC