site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
 स्टारडम होइन, कथा बिक्न थाल्यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । ‘उपयुक्त चलचित्रमा राम्रो पटकथा, निर्देशन, अभिनय, सिनेमाटोग्राफी राम्रो हुनुपर्छ । राम्रो चलचित्र हुनलाई जुरीको मन जित्ने हुनुपर्छ भन्ने छैन, दर्शकको दिमाग र कल्पनामा पछिसम्म पनि रहने हुनुपर्छ । धेरै समयपछि पनि त्यो दर्शकको सम्झनामा रहन सक्नुपर्छ ।’  

विश्व चर्चित अभिनेत्री तथा निर्मात्री केट ब्लाञ्चेटको यो भनाइलाई आधार मान्ने हो भने चलचित्र समग्रमा एउटा पूर्ण प्याकेज हो । तर, उनले सुरुमै आफ्नो भनाइमा पटकथालाई उल्लेख गरेकी छन् । त्यसपछि राम्रो चलचित्रबारे उनको यो भनाइमा निर्देशन, अभिनय र सिनेमाटोग्राफी उल्लेख छ । 

उनको यो भनाइ विस्तारै पुष्टि पनि हुँदै गएको छ । बलिउडका भेट्रान अभिनेता सलमानको प्रतिक्षित चलचित्र ‘ट्युबलाइट’ चलेन । किङ खान (सारुख खान)को विग बजेटको चलचित्र ‘रावण’ले राम्रो समीक्षा पाएन । पछिल्लो समय बलिउडलाई नै नेतृत्व गरिरहेका आमिर खान र अभिनयका बादशाह अमिताभ बच्चनको चलचित्र ‘ठग्स अफ दिन्दुस्तान’ मन पराइएन । पहिलो दिन बक्स अफिसको रेकर्ड तोडेको यो चलचित्रको ब्यापारको ग्राफ दोस्रो दिनबाटै अनपेक्षित रुपमा ओरालो लाग्यो । 
बलिउडका यी स्टारका चलचित्रले स्टारडम, अब्बल अभिनय, भब्य सेट र खर्चिलो अनि भड्किलो प्रचारबाजीले मात्रै चलचित्र चल्दैन,  चलचित्र चल्नका लागि सशक्त कथा नै चाहिन्छ भन्ने पुष्टि गरिदिएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यही उदाहरण नेपाली चलचित्र उद्योगमा लागु हुन थालेको छ । स्टारडम भन्दा पनि कथा र पटकथा नै बलियो हुनुपर्छ भन्ने प्रमाणीत भइसकेको छ । 

कुनै समय पोष्टरमा राजेश हमालको तस्बिर मात्रै भए पनि चलचित्रले ५१ औं दिन मनाउँथे । करिष्मा मानन्धर र रेखा थापा चलचित्रमा छन् भनेपछि उनीहरुलाई हेर्न मात्रै भएपनि दशर्क हलसम्म पुग्थे । हलमा दर्शक भएपछि चलचित्र हिट । यसकै फाइदा उठाउँदै राजेश, करिष्मा, रेखा जस्ता कलाकारले आफ्नो स्टारडमकै कारण लामो समय नेपाली चलचित्रमा एकछत्र राज गरे । 

Global Ime bank

तर, समय फेरियो । दर्शक बुझ्ने भए । चलचित्रमा राम्रो कथा पनि खोज्न थाले । विस्तारै स्टारडम ओरालो लाग्यो । उदाहरण पनि राजेश, करिष्मा र रेखालाई लिन सकिन्छ । राजेशले ‘बागमती’ र ‘सकुन्तला’ मा पछिल्लो समय काम गरे । रेखाले ‘डायरी’, ‘पलाँस’ ‘मालिका’ जस्ता चलचित्रमा काम गरिन् । तर उनीहरुको स्टारडमले दर्शकलाई हलसम्म तान्न सकेन । करिष्माको पनि अवस्था उस्तै हो । भलै उनी अहिले अभिनयमा भन्दा पनि राजनीति र पढाइमै ब्यस्त छिन् । 

पछिल्लो पुस्तामा आइपुग्दा अनमोल केसी स्टारडम लिएर नेपाली चलचित्रमा भित्रिए । उनलाई पछ्याउँदै प्रदीप खड्का आइपुगे । नायिकामा साम्राज्ञी आइपुगिन् । केही चलचित्र चलेपछि उनीहरुको पारिश्रमिकले ठूलै बजार पिट्यो । २० लाख देखि ५० लाखसम्म लिएको र लिने समाचार आए । तर, ठिक त्यही बेला युवा पुस्तामा रुचाइएका भनिएका अनमोल र प्रदीपको स्टारडम पनि विकेन । अनमोलको ‘कृ’ ले न राम्रो समीक्षा पायो न उनलाई हेर्न पहिलाको जस्तो दर्शक हलसम्मै पुगे । अनमोलसँगै ‘प्रेम गीत’बाट उचालिएको प्रदीपको स्टारडमले पनि काम गरेन ‘रोज’सम्म आइपुग्दा । ‘रोज’ले पनि दर्शकलाई तान्न सकेन । 

आफ्नो पहिलो चलचित्र ‘ड्रिम्स’बाटै स्टारडम बटुलेकी साम्राज्ञी आरएल शाहको ‘कायरा’ पनि चलेन । साम्राज्ञी र आर्यनको टाइअप यो चलचित्रले बक्सअफिसमा राम्रै प्रभाव जमाउने अपेक्षा गरिएको थियो । 

स्टारडमले काम गर्न छाड्यो । कथा विक्न थाल्यो । यसको उदाहरणका रुपमा चलचित्र ‘लुट’, ‘कबड्डी’, ‘कालो पोथी’, ‘सेतो सूर्य’, ‘पशुपतिप्रसाद’, ‘जात्रा’ जस्ता चलचित्र चले । जहाँ स्टारडम हैन कथा बलियो छ । स्टार कलाकारले हैन चरित्र अभिनेताले काम गरेका छन् । जसले आफ्नो बिकाउ अनुहार नै कथा भन्छन् । ‘कालो पोथी’ कथा बिकेको सबैभन्दा बलियो नेपाली चलचित्र हो । यसमा लोकेशनबाटै हन्ट गरिएका स्थानीय दुई बालक खड्गराज नेपाली र शुकराज रोकाया मुख्य भूमिकामा छन् । ‘लुट’मा नयाँ अनुहार थिए सौगात मल्ल र दयाहाङ राई । 

चलचित्र ‘छक्का पञ्जा’ चल्यो । बक्स अफिसमा सबै रेकर्ड तोडिए । यसमा हास्य ब्यङग्यका ‘हु इज हु’ कलाकार पर्दामा फिचर्ड छन् । तर, ‘छक्का पञ्जा’का कथाकार तथा अभिनेता दीपकराज गिरी ‘छक्का पञ्जा’ र यसका पछिल्ला सिरिज अभिनेताको स्टारडमले नभइ बलियो कथाकै कारण दर्शकले मन पराएको बताउँदै भन्छन्,“ फण्डाले दुई दिन काम गर्छ । एक्टरले दुई दिन चल्छ । अर्को दिनदेखि भगवान महादेव नै आउनुभयो भने पनि चलचित्र चल्दैन ।” 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ३, २०७५  ११:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC