site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अन्ततः समाज कल्याण सर्ने, चन्दा उठाएर बनाएको भवन उपराष्ट्रपतिलाई
Sarbottam CementSarbottam Cement

काठमाडौं । लामो विवाद र रस्साकस्सीपछि लैनचौरमा रहेको समाज कल्याण परिषद् सर्ने भएको छ । ३ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले समाज कल्याण परिषद्ले हाल प्रयोग गर्दै आएको भवन र जग्गा उपराष्ट्रपति कार्यालयलाई उपलब्ध गराउने निर्णय गरेको थियो ।

नेपाल सरकारले गरेको निर्णय कार्यान्वयनका लागि सहरी विकास मन्त्रालयले बारम्बार ताकेता गरेपछि परिषद् ललितपुरमा रहेको केन्द्रीय बालकल्याण समितिको भवनमा सर्ने भएको हो ।

२९ रोपनी क्षेत्रफलमा चन्दा उठाएर परिषद्को संरचना तयार पारिएको र अन्य प्रयोजनका लागि नदिने भन्दै त्यहाँका कर्मचारी आन्दोलित भएका थिए । कर्मचारीको आन्दोलनका कारण झन्डै एक महिनादेखि सेवा प्रभावित थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, सरकारले तत्कालका लागि केन्द्रीय बालकल्याण समितिको चारतले भवन उपलब्ध गराउने र दुईवर्षभित्र आफ्नै भवन बनाइदिने भएपछि परिषद् सर्ने निष्कर्षमा पुगेको उपाध्यक्ष नीलमणि बरालले जानकारी दिए ।

व्यक्ति–व्यक्तिबाट चन्दा उठाएर भवन बनाएको र ५० कोठामा फैलिएको परिषद् सानो ठाउँमा नअट्ने भन्दै कर्मचारीले सर्न अटेर गरेका थिए ।

Global Ime bank

तर, आइतबार महिला, बालबालिका र जेष्ठ नागरिक मन्त्रीको कार्यकक्षमा गृहसचिव, प्रधानमन्त्री कार्यालयका सचिव, सहरी विकास सचिव, महिला बालबालिका मन्त्रालयका सचिव र परिषद्का पदाधिकारी सहितको बैठकमा तत्कालका लागि केन्द्रीय बालकल्याण समितिको भवनमा सर्ने र बाल कल्याण समितिलाई पुलचोकमा रहेको महिला विभागमा सार्ने निर्णय भएको बरालले जानकारी दिए ।

“परिषद् सार्न नहुने माग उठिराखेको थियो । कामकाजै प्रभावित हुनेगरी कर्मचारीहरू आन्दोलित पनि थिए तर अन्तिममा सरकारको निर्णय कार्यान्वयन नगरी नहुने तहमा पुग्यौँ । आइतबार महिला, बालबालिका र जेष्ठ नागरिक मन्त्रालयमा सहमति भए मुताविक एक महिनाभित्र परिषद् सर्नेछ,” बरालको भनाइ छ ।

किन सार्नुपर्‍यो उपराष्ट्रपति भवन ?

पछिल्लो समय गणतन्त्रका आभूषण मानिएका संस्था एकपछि अर्कोगरी बदनाम हुँदैछन् । राष्ट्रपति कार्यलयलाई ‘१८ करोडको गाडी र हेलिप्याड चाहिएको’ भन्दै आलोचना भइरहँदा उपराष्ट्रपति कार्यालय पनि अछुतो रहन सकेन । चन्दा उठाएर निर्माण भएको भवन उपराष्ट्रपतिको कार्यालय र आवास बनाउन लागिएको भन्दै आलोचना बढेको हो ।

तर, सहरी विकास मन्त्रालयले बहादुर भवनमा रहेको उपराष्ट्रपतिको कार्यालय भूकम्पले क्षति पुर्‍याएको र प्रवलीकरण (रेट्रोफिटिङ) गर्नुपर्ने भएकाले सर्नुपर्ने बाध्यता रहेको बताएको छ । 

“नेपाल सरकाले गरेको निर्णय कार्यान्वयन गर्ने दायित्व हाम्रो हो । त्यसअनुसार हामीले तीन–चारपटक पत्राचार गर्‍यौँ । तर, परिषद्ले उपयुक्त ठाउँ पाइएन भनेर जवाफ दिँदै आएको छ, पछिल्लोपटक हामीले ललितपुरको केन्द्रीय बालकल्याण समितिको भवन उपलब्ध गराउने गरी सर्न भनेका छौँ, परिषद्ले तयारी गर्दैछ,” मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीले भने ।

समाज कल्याणको भवन सरकारी जग्गामा बनेकाले सरकारले उपयुक्त ठाउँ व्यवस्थापन गरेर छाड्न भनेकाले आनाकानी गर्नुको अर्थ नरहेको दवाडीले बताए । परिषदले हाल भोगचलन गर्दै आएको २९ रोपनी जग्गा सरकारकै भएको उनको प्रष्टिकरण थियो । 

परिषद्ले प्रयोग गर्दै आएको जग्गा ‘सरकारी’ भए पनि ५० कोठाको भवन सामुहिक चन्दामा बनेको हो । भवन बनाउनकै लागि १० हजार जनाभन्दा बढीले रकम दान दिएको परिषद्को भनाइ छ । ३० वर्षअघि २०४५ सालमा तत्कालीन रानी ऐश्वर्याको अग्रसरतामा ३ करोड ३५ लाख लागतमा भवन तयार भएको थियो ।
समाज कल्याण परिषद् झन्डै ४८ हजार गैरसरकारी संस्था र २३० अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको नियमन, अनुगमन र सुपरिवेक्षण गर्दै आएको छ ।


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ३, २०७५  १७:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC