site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सातौं ‘नेपाल लिटरेचर फेस्टिभल’ पुस ७ देखि
Sarbottam CementSarbottam Cement

काठमाडौं । बुकवर्म फाउन्डेसनले आयोजना गर्दै आएको साहित्य सम्मेलनको सातौं संस्करण पुस ७ देखि १० गतेसम्म पोखरामा हुने भएको छ । आईएमई ग्रुपले मुख्य प्रायोजन गर्ने ‘आईएमई नेपाल लिटरचेर फेस्टिभल’मा विभिन्न देशका ख्यातिप्राप्त लेखक, साहित्यकार आउँदैछन् । सम्मेलनबारे जानकारी दिन काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा सोमबार पत्रकार सम्मेलन आयोजना गरियो ।

कार्यक्रममा आईएमईका प्रबन्ध निर्देशक हेमराज ढकाल र आईएमई लिमिटेडका कार्यकारी प्रमुख सुमन पोखरेलले सम्मेलनमा जोडिन पाउँदा आफूहरू हर्षित रहेको बताए । सामाजिक उत्तरदायित्वका यस्ता कार्यक्रममा आफूहरूको सहभागिता अझ बढ्ने उनको भनाइ थियो ।

वरिष्ठ साहित्यकार खगेन्द्र संग्रौलाले सम्मेलन लेखकको उत्सवका रूपमा रहेको बताए । लेखकले पाठक भेट्ने र पाठकले आफ्नो मनपर्ने लेखक भेट्ने अवसर पनि सम्मेलन रहेको भन्दै संग्रौलाले सामाजिक सञ्जालले पुस्तक पढ्ने बानी कम गराइदिएको र यस्तो प्रवृत्तिबाट जोगाउने माध्यम भनेकै पुस्तक रहेको टिप्पणी गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

फेस्टिभलका निर्देशक अजित बरालले उमेरको हिसाबसँगै फेस्टिभलले आफ्नो उचाइमात्र नभई विश्वास पनि बढाएको बताए । नेपाली र अन्य भाषा र भूगोलका साहित्यलाई एउटै मञ्चमा ल्याएर मन्थन गर्ने, स्रष्टा र पाठकबीचको दूरी कम गर्ने र फरक विचारहरूलाई उत्तिकै सम्मानका साथ स्थान दिने जस्ता लोकतान्त्रिक अभ्यास मजबुत बनाउने काममा फेस्टिभल उत्प्रेरक बनेको उनको भनाइ थियो ।

सम्मेलनका कार्यकारी निर्देशक नीरज भारीले पोखराको पर्यटन क्षेत्रमा सहयोग गर्न पनि सम्मेलन पोखरामा आयोजना गर्न लागिएको धारणा राखे । पोखरालाई पर्यटनको हबका रूपमा विकास गर्न पनि सम्मेलनले सघाउने उनको भनाइ थियो ।

Global Ime bank

‘जहाँ शब्दहरू जीवन्त हुन्छन्’ भन्ने मन्त्रसहित सन् २०११ मा ललितपुरको झम्सिखेलबाट शुरू भएको यो साहित्य महोत्सवले सन् २०१७ मा सुन्दर शहर पोखरामा छैटौं संस्करण आयोजना गरेको थियो । शुरूवातका चार संस्करण काठमाडौं आयोजना गरिएका थिए । भूकम्प र नाकाबन्दीको प्रहारपछि पोखरा पुगेको थियो । त्यसयता पोखरामै सम्मेलन हुँदै आएको थियो । सम्मेलनलाई स्थानीय ‘र्‍यान्डम रिडर्स सोसाइटी’ले सघाउँदै आएको छ । पछिल्ला दुई संस्करण पोखराको पार्दीस्थित नेपाल पर्यटन बोर्ड परिसरमा भएका थिए । यसपटक फेवाताल किनारमा अवस्थित रत्न मन्दिरअगाडिको चौरमा हुने भएको छ ।

सम्मेनलमा बेलायती ग्राफिक नोभलिस्ट निकोला स्ट्रिटनसँग मास्टर वर्कसप तथा क्रिएटिङ हिरोइन्स प्रोजेक्टअन्तर्गतको प्रदर्शनी हुने आयोजकले जनाएको छ । 

सम्मेलनमा पाकिस्तानका मोहम्मद हनिफ, भारतकी नमिता गोखले, बेलायतकी डा. निकोला स्ट्रिटेन, क्यानडाकी मञ्जुश्री थापा, भारतका प्रज्ज्वल पराजुली, भारतका हरिश नाम्बियरलगायत सहभागी हुनेछन् । 

शनिबार ‘कर्टेन रेजर’

सन् २०१७ को छैटौं संस्करणदेखि सम्मेलन आरम्भको अनुभूति दिलाउन शुरु गरिएको ‘कर्टेन रेजर’ यसपटक मंसिर ८ गते शनिबार हुने भएको छ । ‘कर्टेन रेजर’मा काठमाडौंका साहित्यकार, लेखकका अतिरिक्त सञ्चारकर्मी, विभिन्न विधाका प्रतिष्ठित व्यक्तित्व, व्यावसायिक र व्यापारिक समूहका सदस्यलाई निमन्त्रणा गरी साहित्य र साहित्य महोत्सवबारे औपचारिक परिचय र झल्को दिइन्छ । यसपटकको ‘कर्टेन रेजर’मा प्रख्यात भारतीय लेखक गुरचरण दास सहभागी हुनेछन् । ‘इन्डिया अनबाउन्ड’, ‘द डिफिकल्टी अफ बिइङ गुड’, ‘इन्डिया ग्रोज एट नाइट’जस्ता चर्चित पुस्तकका लेखक दासको हालैमात्र ‘कामः द रिडल अफ डिजाएर’ आख्यान प्रकाशित छ । लेखक, टिप्पणीकारसँगै भारतीय आम बौद्धिकको छवि बनाएका दासले ‘कर्टेन रेजर’मा आफ्नो नयाँ पुस्तकमा केन्द्रित रहेर मुख्य मन्तव्य दिनेछन् ।

लेखक दासको मन्तव्यपछि अर्का पोखरेली गायक धर्मेन्द्र सेवानले आफ्ना बुवा बुद्धि परियारको असाध्यै चर्चित गीत ‘रेशम फिरिरी’सँगै आफ्ना नयाँ पुराना केही गीतमा ‘अनप्लग्ड’ प्रस्तुति दिनेछन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ३, २०७५  १८:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC